लिलु डुम्रे

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा कम्पनीका साहुसँगै नेपाली कामदारले दशैं मनाए

सोल, नेपालीहरुको गैर आवाशीय बसाई संगै नेपाली सस्कृति र परम्परा अन्तराष्ट्रियकरण बन्न पुगेको छ । हिन्दु सस्कृतिलाई गैर हिन्दुहरुले पनि अनुसरण गर्न शुरु गरेका छन । गत साता दक्षिण कोरियामा कम्पनी साहु र नेपाली कामदारहरुले मनाएको दशैँ पर्वले उक्त बिषयलाई पुष्टि गरेको छ । गत साता नेपाली दूतावासले विजय दशमीको दिन टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्यो । एनआरएनको समन्वयमा विभिन्न सस्थाले अष्टमीमा टीका लगाउने कार्यक्रम राखे । सँगै किम्हे र फेन्थेक माइग्रेन्ट सेन्टरले पनि अष्टमीकै दिन टीका ग्रहण कार्यक्रम राखेका थिए । तर, यसरी आयोजना भएका कार्यक्रमले भन्दाफुर्सदमा


हुन्डाई कम्पनीका मजदुरले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारमा

सोल, विश्वको पाँचौ ठुलो कार निर्माता हुन्डाई कम्पनीका मजदुरहरुले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारहरुमा पनि परेको छ । तलव वृद्धिको माग राखि आन्दोलनमा रहेका मजदुरले काम रोकेपछि कार उत्पादनमा सुस्तता आएको छ । हुन्डाईद्वारा उत्पादित कारहरुका लागि पार्ट्सहरुको आपूर्ति गर्दै आएका साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुको ज्यालामा उल्लेख्य कमि आएको छ । हुन्डाईमा सेप्टेम्बर २६ देखि सुरु गरिएको आन्दोलनका कारण साना तथा मझौला कम्पनीहरुमा माग घटेपश्चात कामदारहरुको दैनिक कार्यअवधि पनि घटेको छ । मजदुरहरुले व्यवस्थापनसामु तलब वृद्धिको माग राखि काम रोकेका छन । मजदुरहरुले पहिलो दिन १२फुर्सदमा


कोरियाबाट अवैधानिक कामदारलाई फर्कन ३ महिना थप

सोल-दक्षिण कोरियाले अवैधानिक कामदारलाई २०१६ को अन्त्यसम्ममा फिर्ता हुन समय दिएको छ | अझै पनि थुप्रै अवैधानिक विदेशी कामदार रहेकाले उनीहरूलाई स्वदेश फर्कने मौका दिन पहिला तोकिएभन्दा तीन महिना समय थपिएको हो ।   कोरियाले गत अप्रिलदेखि अवैधानिक कामदारलाई घर फकाउने अभियान सुरु गरेको हो । अवैधानिक कामदार यसै वर्षको अन्त्यसम्म स्वदेश फिर्ता भएको अवस्थामा दण्ड जरिबाना मिनाहा गरिने सोलस्थित न्याय मन्त्रालयले जानकारी दिएको छ ।   विगत पाँच महिनामा २८ हजार अवैधानिक कामदार स्वदेश फर्किसकेको अध्यागमन विभागले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । आशाफुर्सदमा


कोरियामा अस्पतालको शैयाबाटै ओम कार्कीद्धारा सहयोगको अपिल

सउल मोटरसाइकल दुर्घटनामा परि उपचाररत एक युवाले सहयोगको अपिल गरेका छन । तिन महिना अगाडि इपिएस मार्फत रोजगारिको लागि कोरिया आएका दुधौलि–१ सिन्धुलिका २६ बर्षिय ओम बहादुर कार्किले अस्पतालबाटै सहयोगको याचना गरेका छन । कार्यक्षेत्र मोक्पो रहेका कार्की तिन साता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । कार्कीको दाँया खुट्टाको घुँडाभन्दा माथिल्लो भागमा ३ ठाँउमा हड्डि भाँचिएको छ । कार्की हाल मोक्फो किदोक अस्पताल (목포 키독뱅원) को ६१३ नम्बर रुममा उपचाररत छन ।ठक्कर दिने गाडी अहिलेसम्म फेला नपरेको र अहिलेसम्मको हस्पिटल खर्चमात्रै ७०फुर्सदमा


कोरियन फूटबल क्लबमा नेपाली युवाको उत्कृष्ठ प्रदर्शनी

सोल एकाडेमी स्तरको फुटबल प्रतियोगिताहरुमा एक नेपाली युवाले दक्षिण कोरियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिष डाँगीले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन । सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्दचौंनमा डाँगीले अभ्यास खेलहरु खेल्दै आएका छन । बिद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट गरिने प्रावधान छ । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई के लिग भनिन्छ । साताको छ दिन बिहान एक र साँझ दुइ घण्टा प्रशिक्षण हुने गरेको डाँगीले बताए प्रशिक्षण कोरियाका पुर्व खेलाडी र फिफामा अनुबन्धितफुर्सदमा


नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह

 सोल,  नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह गरेको छ । एचआरडी कोरियाले बार्षिक रुपमा गर्दै आएको समिक्षा छलफलका लागि यहाँ आएका बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनी र इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोटा वृद्धिको अनुरोध गरेका हुन् । एचआरडी कोरियाका बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंगको भेटमा अनलाइन भाषा परिक्षाका लागि प्रबिधिगत तयारी , कृषि कामदारहरुका समस्या , स्वास्थ्यमा खराबी देखिएर फर्कनुपरेका कामदारहरुको बारेमा साथै अवैधानिक नेपाली कामदारहरुको बिषयमा पनि वार्ता भएको बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले जानकारी गराए । नेपालीफुर्सदमा


सोनसिकलाई बार्षिक २० लाख वन सहयोग

  सोल नेपाली बिद्यार्थी समाज कोरिय (सोनसिक ) र पुसान नेशनल युनिभर्सिटी एमबिए विद्यार्थी काउन्सिलको विच पाँच बुदे एमओयुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार काउन्सिलले नेपाली बिद्यार्थीको हितमा कार्य गर्ने उल्लेख छ । हस्ताक्षरित एमओयु अनुसार काउन्सिलले बार्षिक २० लाख वन नेपाली बिद्यार्थी समाजलाई सहयोग उपलब्ध गराउने छ । सहमति पत्रमा नेपाली बिद्यार्थीहरुलाई रोजगारी दिलाउनको लागि एमबिए काउन्सिलले सहयोग गर्ने उल्लेख छ । नेपाली विद्यार्थी समाज निवर्तमान सभापति इन्दिरा तिवारी र पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलका सभापति जंग जिन युनले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमति पत्रमा सोनसिकफुर्सदमा


नयाँ शक्ति नेपालको प्रवासी संगठन कोरियामा अग्र स्थानमा

सोल, नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले मुख्य राजनीतिक दलका प्रवाशी संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि रहेको दाबी गरेको छ । नेपालमा जेठ ३० मा भएको पार्टी घोषणा सभासम्म कोरियाबाट करिब दुइ हजार जना सस्थापक पार्टी सदस्य भएको समाजले जनाएको छ । जसमध्य एक हजार दुइ सय अनलाइन मार्फत सदस्यता फर्म भरिएको थियो । समाजले कोरियामा रहेका मुख्य पाँच शहरहरुलाइ समेटेर छ वटा क्षेत्र र दुइ उपक्षेत्र बनाएको छ । क्षेत्र नम्बर एकमा किम्हे, बुसान क्षेत्र नम्बर दुइमा सोल, ओइजम्बु, पोछन क्षेत्र नम्बर तिनमाफुर्सदमा


कोरियाको विद्यार्थि समाज ‘सोनसिक’को नेतृत्वमा पुनह महिला निर्वाचित

नेपाली विधार्थी समाज दक्षिण कोरिया सोनसिकको 13औ अधिबेसनले आरजना श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। सनिबार र आइतबार बुसान नेशनल यूनिभार्सिटीमा भएको अधिबेशनले 13 सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो। सभापतिको लागि भएको तिन जनाको प्रतिस्पर्धामा विजेता आरजना श्रेष्ठले 85 मत प्राप्त गरि अन्यलाई पछि पारिन । प्रतिस्पर्धी सभापतिका अर्का प्रत्यासी तुलसी पौडेलले 67 मत प्राप्त गरे भने अर्का प्रत्यासी शौरभ भट्टराईले 62 मत प्राप्त गरे। सचिव पदको लागि भएको मतदानका लागि केशव थापाले सबै भन्दा बढ़ी 133 मत प्राप्त गरि सचिवका प्रतिष्पर्धि रमेश परियारलाई हराए। परियारले 80 मतफुर्सदमा


अवैधानिक बनाउन मन्त्री नै माध्यम

सोल , दक्षिण कोरियामा नेपाली युवालाई गैरकानुनी बनाउने कार्यमा कामचलाउ सरकारका एक मन्त्री माध्यम बन्ने गरेको खुलेको छ । धार्मिक कार्यक्रममा नेपालबाट शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकाल  मार्फत कोरिया आएका युवाहरु भाग्ने गरेका छन । क्रिस्चियन धर्म प्रवर्धनका लागि ढकालले पटक पटक नेपाली युवाहरु कोरिया भित्र्याएका छन । युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्ने धार्मिक कार्यक्रममा ढकालले नेपालबाट सांसदहरुको साथमा अन्य युवाहरु पनि ल्याउने गरेका छन् । पछिल्लो पटक २९ माघ देखि ४ फागुनसम्म भएको धार्मिक कार्यक्रममा सहभागी गराउन ढकालले दश सांसद सहित १७ जनालाई कोरिया ल्याएका थिए ।  अवैधानिक भई फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...