Advertisement
SKIP THIS

अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]


नेपाली लोक तथा दोहोरी विधा अन्तर्गत गीत लेखन र आवाजमा शानदार डेब्यु गर्दै दलेन्द्र गुरुङले “आरुपाटे मन परिछ्यौ र मैले दिल साटे” बोलको गीत बजारमा ल्याएका छन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यन्त व्यस्त गायिका शान्ति श्री परियार र स्वयं दलेन्द्र गुरुङले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् ।

“आरुपाटे” गीतको बोलमार्फत गाउँको चिनारी, भौगोलिक अवस्थितिको जानकारी र मात्रै नभएर युवायुवती वीचको प्रेमालाप र आफ्नै गाउँठाउँ छाडेर परदेश नगईकन परिश्रमी हातहरुले गाउँप्रति प्रेम, र मोह देखाउँदै सिंगार्नुपर्छ भन्ने सुखद अभिव्यक्तिलाई बढो आकर्षक ढङ्गले प्रस्तुत गरिएको यस गीतले आम गीत संगीत पारखीको पक्कै मन जित्ने अपेक्षा लिइएको छ ।

मालाश्री स्टुडियोमा रेकर्डिङ, म्यूजिक/म्यूजिक एरेन्जमा झलक संगीतम, रेकर्डिस्ट गोविन्द पराजुली, MUA विमला तामाङ, प्रोडक्सन म्यानेजर लक्ष्मण खरेल, सिनेमाटोग्राफी नवराज उप्रेती, सम्पादन नवीन घर्ती मगर, पोष्ट प्रोडक्सन एडभेन्चर इन्टरटेन्मेन्ट रहेको छ भने मिक्स/मास्टरको खडक बाजुरली सम्हालेका छन् ।

स्याङ्जा जिल्ला अन्तर्गत वालिङ नगरपालिका वडा नंं. ५ पित्लेक, आरुपाटा, पाँडेथोकका विभिन्न मनोरम दृश्य समावेश गरिएको यस गीतको म्यूजिक भिडियोमा स्वयं दलेन्द्र गुरुङ र जुना विश्वकर्मा लगायत वालिङ कला केन्द्रका कलाकारहरुको अभिनय देख्न सकिन्छ भने म्यूजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । गीत JHALAK SANGEETAM यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • गोरखा परिवार दक्षिण कोरियाको नयाँ नेतृत्वमा देवी गौतम
  • NRNA कोरियाद्वारा सञ्चालन गरिने श्रमिक – विद्यार्थी हेल्प डेस्क कार्यालयको उद्घाटन
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...