नयाँ शक्ति नेपालको प्रवासी संगठन कोरियामा अग्र स्थानमा


सोल, नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले मुख्य राजनीतिक दलका प्रवाशी संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि रहेको दाबी गरेको छ । नेपालमा जेठ ३० मा भएको पार्टी घोषणा सभासम्म कोरियाबाट करिब दुइ हजार जना सस्थापक पार्टी सदस्य भएको समाजले जनाएको छ । जसमध्य एक हजार दुइ सय अनलाइन मार्फत सदस्यता फर्म भरिएको थियो ।
समाजले कोरियामा रहेका मुख्य पाँच शहरहरुलाइ समेटेर छ वटा क्षेत्र र दुइ उपक्षेत्र बनाएको छ । क्षेत्र नम्बर एकमा किम्हे, बुसान क्षेत्र नम्बर दुइमा सोल, ओइजम्बु, पोछन क्षेत्र नम्बर तिनमा ख्वान्ग्जु ,मोक्पो, छन्जु, छिन्जुलाई समेटिएको छ । त्यस्तै क्षेत्र नम्बर चारमा इन्छन ,आन्सान ,किम्पो ,फाजु क्षेत्र नम्बर पाँचमा फेन्तेक ,छनान ,याङ्गिन लगायतका स्थान तोकिएको छ । छिन्छन, छङ्जु लगायत सुवन पूर्वी एरियालाई क्षेत्र नम्बर छ मा राखिएको छ ।
सबै क्षेत्रमा संगठानिक स्थिती बलियो रहेको जानकारी दिदै अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका संयोजक हेमन्त पुनले नेपाली रहेका प्रत्येक स्थानमा नयाँ शक्ति पुगेको र अन्य राजनीतिक दलहरुको सदस्यता संख्या भन्दा नयाँ शक्ति संग्ख्यात्मक ,गुणात्मक रुपमा बलियो रहेको दाबि गरे । अन्य राजनीतिक दलले सम्पूर्ण कोरियालाई पाँच क्षेत्रमा बिभाजन गरी संगठन विस्तार गरिरहेका छन भने नयाँ शक्तिको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाजले एक क्षेत्र र दुइ उपक्षेत्र थप गरेको छ । हाल सम्म क्षत्रीय भेला सम्पन्न गरि सकिएको र सेप्टेम्बर १६ मा राष्ट्रिय भेला गर्न लागेको प्रचार विभाग प्रमुख राजु श्रीले जानकारी दिए ।
राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा नयाँ शक्ति नेपालका संयोजक डा .बाबुराम भट्टराई कोरिया आउने समाजले जानकारी गराएको छ । दल आवध्द प्रवास संगठनमा भट्टराईको पहिलो सम्बोधन दक्षिण कोरियामा हुन लागेको छ । कुनैपनि यान्त्रिकबादमा नरहेर नेपाली परिवेशमा आधारित आर्थिक समृद्धिको र प्रत्यक्ष निर्बा्चित कार्यकारी राष्ट्रप्रमुखको राजनीतिक मुद्दालाई नयाँ शक्ति नेपालले राजनितीक सिद्धान्त अवलम्बन गरेकोले कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति आकर्षित भएको प्रचार बिभाग प्रमुख राजु श्रीले बताए । समाजले ३२ सदस्यीय सचिवालय गठन गरेको छ भने एक सय एक सदस्यीय केन्द्रिय परिषद पनि गठन गरेको छ । छ क्षेत्र र दुइ उपक्षेत्रमा इन्चार्ज र संयोजक सहित समितिहरु गठन गरिएको जनाएको छ ।
“अवको निकास आर्थिक विकास“ र “सम्भब छ संबृद्धि हाम्रै पालामा“ जस्ता अग्रगामी नारा सहित देश बिकास र संबृद्धिका लागि राजनीतिक स्थिरता, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख जस्ता राजनीतिक मुद्दाका कारण नयाँ शक्तिमा लागेको सचिवालय सदस्य तथा क्षेत्र नम्बर पाँचका संयोजक यज्ञ मुर्ति पोख्रेल बताए उनले भने युवाहरुलाई आर्थिक संबृद्धिको वाहक पनि बनाउने मिसन, भिजन र रणनीति नयाँ शक्तिसंग भएको हुनाले नयाँ शक्तिप्रति आकर्षित भएँ । कुनै न कुनै दल नजिक रहने व्यवसायी तथा एनआरएन पदाधिकारीहरुमा नयाँ शक्ति नजिक हालसम्म कोहि खुलेर देखिएका भने छैनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...