प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा

प्रथम सिन्धुपाल्चोक भलिबल कपको सम्पूर्ण तैयारी पूरा भएको छ। प्रतियोगिता सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले सेप्टेम्बर २१ आजु युनिभर्सिटीको भलिवल खेल मैदानमा आयोजना गर्दैछ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाणपत्रप्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट लिफ्टर ले ५०,००० वोन साथमा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ सफल पार्नका लागि दक्षिण कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।