तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै

ह्वासङ नेपाली परिवारले “खुल्ला पूल प्रतियोगिता २०२५” आयोजना गर्ने भएको छ। फारान स्थित नेवारी खाजा घरको पूल हाउसमा जुन २२ का दिन प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टिमले १५ लाख वन, दोश्रो हुनेले ८ लाख वन ट्रफीमेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने तेश्रो स्थानमा रहने टिमले प्रति टिम २ लाख वन साथै मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागिता हुनको लागि जुन २१ सम्म समय तोकिएकोफुर्सदमा
गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै

गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ। कोरियाको सांस्कृतिक तथा पर्यटकीय सहर गुमी (구미시) मा मे २७ देखि मे ३१ तारिक सम्म प्रतियोगिता आयोजना हुदैछ । नेपालबाट ५ खेलाडि सँगै एक पदाधीकारीले नेपाललाई प्रतिनिधित्व गर्नेछन् । सहभागि हुन कोच उषाकुमारी चौधरिको नेतृत्वमा ज्याभलिन थ्रो की चन्द्रकला लामगादे, १,५०० मिटर रनीङकी फुलमाया राना, लङजम्पका सलिम खान, १००मिटर रनिङमा शिवराज पार्की साथै १५०० मि र ५००० मिटर रनिङमा मुकेश पाललेफुर्सदमा
‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई

ब्लु लायन एफसीले आयोजना गरेको मुक्कुमलुङ फुटसल टुर्नामेन्टको उपाधि आस्याङ एफ सीले चुमेको छ। यसैगरी हिमालय मुगुक एफ सीले उप विजेतामा चित्त बुझाउनु परेको छ। च्याम्पियन हुने टिमले ३५ लाख वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उप विजेताले २० लाख वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। सेमिफाइनलिस्ट दुइ टोलि सुवन NFC र आयोजक ब्लु लायन एफ सी यल्लोले ५/५ लाख वन प्राप्त गरेका छन्। यस टुर्नामेन्टकोफुर्सदमा
बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै

तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखा, दक्षिण कोरियाले सन् २०१८ देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुट्सल प्रतियोगिताको छैटौँ संस्करण मे ४, २०२५ मा हुने भएको छ। “नाना आङा धिम” महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुट्सल कपको रूपमा सञ्चालन हुनेछ। “भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश विश्वसामु पुर्याउने मुख्य उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका हुन ।फुर्सदमा
प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई

किरात याक्थुङ चुम्लुङ बुसानको सेवारो एफ सी द्वारा आयोजित प्रथम सेवारो कपको उपाधि आस्याङ एफ सीले सुरक्षित गरेको छ। उक्त फुटसल प्रतियोगितामा कियाचु छल्लादोको फूटबल क्लबले दोश्रो स्थानमा चित्त बुझाउनु परेको छ । मार्च २३ तारिख किम्हे स्थित छोउन फुटसल मैदानमा खेल आयोजना भएको थियो। ३२ टोली बिच भएको प्रतिस्पर्धामा आस्याङ एफ सी र के वाइ सी एफ सी छल्लादो फाइनल प्रवेश गरेका थिए। फाइनलमा आस्याङले ६-१ को जित दर्ताफुर्सदमा
एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने

गैर आवासिय नेपाली संघ एनआरएनएले प्रथम भलिवल कप अप्रील ६ मा गर्ने भएको छ। आजु युनिभर्सिटिको भलिवल कोर्टमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। साविक कै टिम दर्ता शुल्क ३ लाख ५० हजार वन रहने छ । टिम दर्ता मार्च २३ सम्म गरिसक्नु पर्नेछ्। प्रथम पुरस्कार ४० लाख वन र दोश्रो पुरस्कार २० लाख वन रहने सम्मेलनमा जनाइएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै अन्यफुर्सदमा
एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने

गैर आवासिय नेपाली संघ एनआरएनएले प्रथम भलिवल कप अप्रील ६ मा गर्ने भएको छ। आजु युनिभर्सिटिको भलिवल कोर्टमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। साविक कै टिम दर्ता शुल्क ३ लाख ५० हजार वन रहने छ । टिम दर्ता मार्च २३ सम्म गरिसक्नु पर्नेछ्। प्रथम पुरस्कार ४० लाख वन र दोश्रो पुरस्कार २० लाख वन रहने सम्मेलनमा जनाइएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै अन्यफुर्सदमा
मार्च २३ मा प्रथम सेवारो फुटसल प्रतियोगिता हुँदै

“स्वस्थ्य मनोरञ्जन , अनुशाशन र एकताका लागि खेलकुद ” भन्ने नाराका साथ प्रथम सेवारो फुटसल टुर्नामेन्ट आयोजना हुने भएको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सेवारो एफ सीले प्रतियोगिता आयोजना गर्न लागेको हो। छोउन फूटसल मैदानमा मार्च २३ तारिख खेल हुने आयोजकले जनाएको छ। अहिले टिम दर्ता प्रकृया रहेको र चाँडै टाइसिट प्रकाशित गरिने अध्यक्ष प्रताप इधिङ्गोले जानकारी गराएका छन्। प्रतियोगितामा प्रथम हुने टिमलाई ३० लाख वन र दोश्रो हुनेलाईफुर्सदमा
मार्च २ मा प्रीमियर हुने चलचित्र “अञ्जिला” को सम्पूर्ण तैयारी पूरा

नेपाली महिला राष्ट्रीय टोलीकी कप्तान अञ्जिला तुम्बापोको जीवन कथामा आधारित चलचित्र “अञ्जिला” को कोरियामा प्रीमियर शो हुने भएको छ। दोङ्देमून स्थित 종로 구민 회권 को हलमा मार्च २ तारिख आइतवार शो हुने आयोजक किरात याक्थुङ चुम्लुङले जानकारी गराएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तैयारी पूरा भएको कार्यबाहक अध्यक्ष मनोज मादेम्बाले अवगत गराएका छन्। चलचित्रमा अञ्जिला तुम्बापो, दयाहाङ राई, माओत्से गुरुङ, वुद्दि तामाङ आदिको अभिनय हेर्न सकिने छ। यस चलचित्रलाई नेपाल फूटबलफुर्सदमा
शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने

स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा आउँदो डिसेम्बर २९ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ख्यांगीदो ह्वासङ ओसानको (경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미) मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । विगतमा थुप्रै अन्य सामाजिक, साँस्कृतिक र खेलकूद कार्यक्रमको आयोजना गरिएको भएपनि यसपटक स्याङ्जा परिवारले पहिलो पटक “प्रथम डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता” आयोजना गरेको र उक्त प्रतियोगिताबाट भएको मुनाफाबाट अक्षय कोष स्थापना गरी गृहजिल्ला स्याङ्जाको सामुदायिक विद्यालयबाट प्रत्येक वर्षफुर्सदमा