सुर्य रुम्बाको तामाङ गीत ‘फ्याफुल्ला बौद्धला लादा’ युटुबमा


बिगत लामो समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुर्य रुम्बाले पहिलोपटक तामाङ गीत सिंगल ट्र्याक बजारमा ल्याएका छन् । गायक रुम्बाले स्टुडियो भिडियो सहित “फ्याफुल्ला बौद्धला लादा ” नामक बोलको तामाङ गीत जनवरी २७ का दिन आफ्नै अफिसियल युट्युब च्यानल “रुम्बा टिभी” मार्फत सार्बजानिक गरेका हुन ।

पप आधुनिक बिधालाई मुख्य बिधा बनाएर सांगीतिक क्षेत्रमा सक्रिय रुम्बा आफ्नै मातृभाषा तामाङ गीत संगीतमा पनि निरन्तर लाग्ने बताएका छन् । स्थायी घर मकवानपुरको हेटौडा उपमहानगरपालिका -१३ पदमपोखरी भएका गायक रुम्बाले पहिलो पटक २०६६ सालमा ८ वटा गीत समावेश गरेर “नाम” नामक एल्बम बजारमा ल्याएका थिए ।

त्यसैगरी २०७२ सालमा ६ वटा गीतहरु समावेश गरेर “लक” नामक एल्बम बजारमा ल्याएका थिए । ६ वटा गीतमध्ये एउटा गीत भने भूकम्प पीडितहरुलाई हौसला प्रदान गर्नका लागि बनाएको थियो । ललितकला क्याम्पसबाट संगीतमा स्नातक गरेका गायक रुम्बाले विभिन्न नेपाली चलचित्रहरुमा पनि संगीत गरिसकेका छन् । हालसम्म रुम्बाले २५ वटा गीतमा स्वर भर्नुका साथै ३० भन्दा बढिमा संगीत भरिसकेका छन् । हाल बजारमा ल्याएको तामाङ गीतमा स्वरसँगै शब्द संगीत पनि रुम्बा आफ्नै हो ।

गीतको उत्सब सुब्बा लामाले एरेन्ज गर्नुका साथै आरबी लामाले मिक्सिङ गरेका हुन् । त्यसैगरी रेकर्डिङ कोरियाको बबल्गम स्टुडियोमा गर्नुका साथै स्टुडियो भिडियो गजेन्द्र बुढामगरले खिचेका हुन् । भिडियोलाई विशाल राज राईले सम्पादन गरेका छन् । गायक रुम्बा ५ वर्ष देखि कोरियामा छन् ।

भिडियो हेर्नुहोस् 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...