Advertisement
SKIP THIS

नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट


नेपाली ई-स्पोर्ट्स इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ । हिजो  अर्थात् सन् २०२५ जुन २२ आइतबार सम्पन्न PMSL (PUBG Mobile Super League) प्रतियोगितामा  चाईनिज टिम  अल्फा  गेमिङ विजेता हुदाँ नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै HORRA Esports  दोस्रो र पाकिस्तानी 4T SPORTS ले तेस्रो स्थान हासिल गरेको छ । अल्फा गेमिङ,  होरा स्पोर्टस्  र फोटी स्पोर्टस्  अगामी जुलाईमा साउदी अरबमा हुने प्रतिष्ठित PMGC (PUBG Mobile Global Championship) मा छनोट हुन सफल भएको छ ।  HORRA Esports  को यो सफलताले नेपाललाई विश्व ई-स्पोर्ट्सको मानचित्रमा गौरवशाली उपस्थिति दिलाएको छ ।

PMSL प्रतियोगितामा HORRA Esport को यात्रा साँच्चिकै प्रेरणादायक रह्यो । उनीहरूले हरेक खेलमा धैर्यता, रणनैतिक सुझबुझ र उत्कृष्ट टिमवर्कको प्रदर्शन गरे । तीव्र प्रतिस्पर्धाका बाबजुद,  HORRA Esport ले आफ्नो स्थान सुरक्षित राख्न सफल भयो र अन्ततः दोस्रो स्थान प्राप्त गर्यो । यो उपलब्धिले नेपाली गेमिङ समुदायमा ठूलो उत्साह छाएको छ ।

दोस्रो स्थान हासिल गरेबापत उपविजेता HORRA Esport ले २२ हजार ३ सय ५० अमेरिकी डलर अर्थात करिब २९ लाख ६४ हजार रूपैया नगद पुरस्कार जितेको छ । यो पुरस्कारले टिमका सदस्यहरूलाई थप प्रोत्साहनका सगैं उनीहरूको भविष्यको लागि आर्थिक रूपमा पनि सहयोग पुग्नेछ । साथै  उनीहरूले विश्वभरका लाखौं गेमरहरूमाझ आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

नेपालमा ई-स्पोर्ट्सको विकासमा DRS GAMING  को भूमिका अतुलनीय छ । लामो समयदेखि DRS GAMING ले नेपाली ई-स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिँदै आएको छ । DRS Gaming ले ईन्डोनेसियाको जकार्तामा सन् २०२३ मा जनवरी ६ देखि ८ सम्म आयोजना भएको PMGC (PUBG Mobile Global Championship) मा दोस्रो स्थान हासिल  अमेरिकी डलर २,९२,००० अर्थात करिब ३ करोड ८६ लाख रूपैंया राशी प्राप्त गर्न सफल  भएको थियो ।  DRS GAMING को यो सफलता नेपालमा ई-स्पोर्ट्सको लागि एउटा बलियो आधार बनिरहेको छ ।

HORRA Esport को यो सफलताले DRS GAMING को विरासतलाई थप उचाइमा पुर्याएको छ  । यसले नेपाली ई-स्पोर्ट्सको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । अब नेपाली गेमरहरूले विश्व मञ्चमा आफूलाई प्रमाणित गर्न सक्ने क्षमता राख्छन् भन्ने कुरा HORRA Esport ले प्रमाणित गरिदिएको छ ।

HORRA Esport को PMGC मा छनोटले नेपाली ई-स्पोर्ट्सका लागि नयाँ सम्भावनाका ढोकाहरू खोलेको छ। यसले युवा गेमरहरूलाई ई-स्पोर्ट्सलाई करियरको रूपमा अपनाउन प्रेरित गर्नेछ। सरकार, निजी क्षेत्र र गेमिङ समुदायको संयुक्त प्रयासले नेपालमा ई-स्पोर्ट्सलाई थप व्यावसायिक र सुदृढ बनाउन सकिन्छ । अब सबैको ध्यान HORRA Esport को PMGC मा हुने प्रदर्शनमा केन्द्रित हुनेछ, जहाँ उनीहरूले विश्वभरका उत्कृष्ट टिमहरूसँग प्रतिस्पर्धा गर्नेछन् र नेपालको नाम अझ उच्च पार्ने प्रयास गर्नेछन् । समस्त नेपाली गेमिङ समुदाय HORRA Esport को सफलताको लागि शुभकामना व्यक्त गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा श्रमिक तथा विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने
  • कोरियामा वुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...