ङिमा पाख्रिन

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटीको सम्झौता

  ङिमा पाख्रिन/न्युुजर्सी अमेरिकास्थित न्युजर्सी राज्यको जर्सी सिटी काउन्सिल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी अर्थात भगिनी सम्बन्ध कायम भएको छ । स्थानीय समयअनुसार जनवरी २४ मा आयोजित कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सहमति पत्रमा हस्ताक्षर गरे । दुई शहरबीच शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक तथा मानव साधनस्रोत, सुशासन, खेलकुद लगायतका क्षेत्रमा आदानप्रदान गर्नेसहितका आठ बुँदा सहमति पत्रमा रहेको छ। यो सँगै अन्य मुलुकका शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती नेपालको पहिलो गाउँपालिका बनेको दाबी छ । भगिनीफुर्सदमा


गुमनाम मुर्तिकार ‍

 ङिमा पाख्रिन / न्युयोर्क:  कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् । यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईको यलम्बरको पुर्ण कदको मुर्ति, तेह्रथुम जिल्लाको वसन्तपुरमा लालीगुराँसको स्तम्भ र लसुनेमा लसुन स्तम्भ, म्याङलुङमा बिरालोको शालिक आदि पर्दछन् । तरफुर्सदमा


अमेरिकाको टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न

ङिमा पाख्रिन / डल्लास्, टेक्सास् तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका मानिसहरु पनि उपस्थित रहे । ल्होछार कार्यक्रममा प्रस्तुत बिभिन्न साँस्कृतिक कार्यक्रम हेरेर भिड भित्र रमाईरहेका एक जोडी मेक्सिकन अमेरिकनसँग बुझ्दा उनीहरुसँगै काम गर्ने तामाङ साथीका कारण आएको बताए । पहिलो पटक देखिएको सेलो नाचको चालहरु उनीहरुको मौलिक नाचसँग मिल्न गएको बताउँदै उनीहरुले एकै स्वरमा भने, ‘नेपाली खानाको स्वाद पनि हाम्रै जस्तो लाग्यो’ । घिमीरे थरकाफुर्सदमा


नयाँ बर्षमा नलिना

अमेरिका, गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले फेसबुक च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् । करीब तीन दशकदेखि प्रफेश्नल्ली गायन क्षेत्रमा रहेकी नलिना प्राय: ब्यस्त हुन्छिन् । २०१७ भित्र कहिले उनी नेपालमा कन्सर्ट गर्न पुगिन्फुर्सदमा


‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा

उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ । अमेरिकामा सबै भन्दा पहिले दर्ता भएको तामाङ संगठन ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई उत्तर अमेरिकामा छारिएर रहेका तामाङ सँघ संगठनहरुको साझाछाता सँगठन बनाई यसको सामर्थ्यलाई अझ बलियो र गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावना पहिचान गर्न तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी महिनाको २६ र २७ मा न्युयोर्कमा एक भेला भएको थियो ।फुर्सदमा


तामाङ सोसाईटी अफ अमेरिकाद्वारा बधाई तथा शुभकामना

तामाङ सोसाईटी अफ अमेरिकाले आफ्ना दुई सदस्यलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको छ । सोसाईटीका सल्लाहकार बि आर (बाबु राम) लामा र निवर्तमान महासचिव पवन योञ्जनलाई गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव र सह-कोषाध्यक्षमा निर्वाचित भएकोमा खुशी एवं गौरव महसुस गर्दै बधाई ज्ञापन तथा उनीहरुका कार्यकाल पुर्ण सफल्ताको लागि शुभकामना दिएको हो । गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा सोसाईटीले उक्त बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सोसाईटीका महासचिव अमर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाकाफुर्सदमा


अमेरिकामा सफल्ताको सिँढी चढ्दै बिक्की पुलामी

न्युजर्सी / रङ्गमञ्चको दुनियाँमा नेपालमा राम्रो चर्चा कमाई सकेका खडग बहादुर पुलामी (बिक्की पुलामी) अमेरिकामा पनि सफल्ताको सिँढी उक्लँदै छन् । सात बर्ष अघि म्युजिक भिडियोमा अभिनय गरेर रङ्गमञ्चको दुनियाँमा प्रवेश गरेको पुलामीले दुई दर्जन बढी म्युजिक भिडियोमा शसक्त अभिनय गरेका छन् । अमेरिका आए यता उनले आधा दर्जन म्युजिक भिडियोमा काम गरी सकेका छन् । अमेरिकाको बिभिन्न स्थानमा छायाङ्कन गरिएको ‘सम्बन्ध हाम्रो’, ‘डाक्यो डाक्यो’, ‘भुल्यौ कि भुलेकी छैनौ’, ‘चुमचुम’, ‘नसोच तिमी’, ‘अचेल’ लगायत बोलको गीतको भिडियोमा उनको अभिनय हेर्न पाईन्छ । अभिनय यात्राकै क्रममा ‘जीन्दगी रक्स’ नामको चलचित्रमा समेतफुर्सदमा


विविध साँस्कृतिक कार्यक्रम सहित वरिष्ठ लोक गायक नारायण रायमाझीलाई न्युयोर्कमा सम्मान

न्युयोर्क,  वरिष्ठ लोक गायक तथा सँगीतकार नारायण रायमाझीको सम्मानमा न्युयोर्कमा ‘विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७’ आयोजना गरियो। कलाकार तथा खेलाडीहरुद्वारा आयोजित उक्त कार्यक्रम न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा यहिं जुलाई १५ तारिक शनिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, सिर्जना बिरही थापा, मीन केसी, बिमल डाँगी, उदय भट्टराई, न्हुच्छे डँगोल, मधुर गिरी, सरीता डाँगी, अमृत रमदम मधुर गिरी लगायतको बेजोड प्रस्तुती, लाईभ दोहोरी तथा लोकगीतका साथै अन्य विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु गरेका थिए । नृत्याङ्गाना अणु खड्का र निलिसा गौतमले प्रस्तुत गरेका नृत्यबाट पनि खचाखच हलफुर्सदमा


न्यूयोर्कमा तेस्रो पटक ट्राभेलिङ किम्फ, पाँच वृत्तचित्र प्रदर्शन

पाँच वटा फरक किसीमका मौलिक कथावस्तुमा आधारित वृत्तचित्र देखाउदै काठमाण्डौ माउन्टेन फिल्म फेष्टिबल, घुम्ती किम्फ न्यूयोर्कमा यही जुलाइ ८ तारीक सम्पन्न भयो । हिमाल एशोसिएन, नेपालको आयोजना र न्यूयोर्कमा प्रकाशन हुने एभरेष्ट टाइम्स् पत्रिकाको सह-आयोजनामा तेस्रो पटक न्युयोर्कमा घुम्ती किम्फको देखाईएको हो । सन् २०१५ मा घुम्ती किम्फको अन्तराष्ट्रिय संस्करण हङकङबाट शुरु गरिए यता न्युयोर्कमा पनि हरेक बर्ष सह-आयोजना गर्दै आएको एभरेष्ट टाईम्सले जनाएको छ । घुम्ती किम्फ मार्फत नेपाली जनजीवन तथा मौलिक कला संस्कृतिमा आधारित रहेर बनाईएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक सँस्थाका आङछिरिङ शेर्पाले बताए । उनका अनुसार यो पटकको घुम्ती किम्फ प्रदर्शनीबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु स्थित एक विद्यालयलाई सहयोग गरिने छ । बिगत बर्षहरुमा आयोजित घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चाँगेस्थान माध्यमिक विद्यालय केरुङ र सल्लेरीको सेर्गा वागाम प्राथमिक विद्यालयलाई सहयोग प्रदान गरिएको थियो । घुम्ती किम्फको तेस्रो संस्करणमा पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी‘, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेले ‘वियोण्ड द हृवाइटक्यान‘, ज्योति केशरसिंह ठकुरीको ‘भुषको लोग्ने‘, घनश्याम खतिवडाको ‘बाह्रखरी लौरो‘ र रघुवर नेपाल र शिवशरण कोइरालाकेा ‘मेला‘ प्रदर्शन भए । ‘इन सर्च अफ देउकी’मा विगतमा सुदुर पश्चिममा बिद्यामान देउकी प्रथा लगायत मन्दिरमा चढाइएका देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन भन्ने बिषयलाई उठान गरिएको छ । कानुनले देउकी प्रथालाई हटाए पनि समाजमा यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा यो वृत्तचित्रले देखाएको छ । दृष्टिविहिनको संघर्ष र आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ‘वियोण्ड द हृवाइट क्यान’मा समेटिएको छ । दृष्टिबिहीन भए पनि अरु सपांग जस्तै आफनो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले निकै मन छोएको सहभागीहरुले बताए । महिलाको पाठेघर खस्ने समस्यालाई ‘भुसको लोग्ने’ मार्फत ज्योती केशरसिंह ठकुरीले देखाएको छ । यसमा रोग लुकाएर बसेमा जटिल समस्या निम्तने तर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझाव दिएको छ । अपांगता भएर पनि एक शिक्षकले शिक्षाको ज्योति फैल्याउनका लागि गरेको योगदान र उनको क्षमताको बारेमा निर्मित वृत्तचित्र ‘बाह्रखरी लौरो’ले शिक्षाको ज्योति फैल्याउँनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिक्कै सक्षम र सफल हुन्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । त्यस्तै, जम्मा आठ मिनेटको ‘मेला’ वृत्तचित्रमा चाही बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलामा हुने पशुवलीको बारेमा कलात्मक तरीकाले देखाइएको छ । हजारौफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...