Advertisement
SKIP THIS

कोरियामा कम्पनीका साहुसँगै नेपाली कामदारले दशैं मनाए


सोल,
नेपालीहरुको गैर आवाशीय बसाई संगै नेपाली सस्कृति र परम्परा अन्तराष्ट्रियकरण बन्न पुगेको छ । हिन्दु सस्कृतिलाई गैर हिन्दुहरुले पनि अनुसरण गर्न शुरु गरेका छन । गत साता दक्षिण कोरियामा कम्पनी साहु र नेपाली कामदारहरुले मनाएको दशैँ पर्वले उक्त बिषयलाई पुष्टि गरेको छ ।
गत साता नेपाली दूतावासले विजय दशमीको दिन टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्यो । एनआरएनको समन्वयमा विभिन्न सस्थाले अष्टमीमा टीका लगाउने कार्यक्रम राखे । सँगै किम्हे र फेन्थेक माइग्रेन्ट सेन्टरले पनि अष्टमीकै दिन टीका ग्रहण कार्यक्रम राखेका थिए । तर, यसरी आयोजना भएका कार्यक्रमले भन्दा अर्को कार्यक्रमले नेपाली कामदारलाई धेरै प्रभाव पार्यो । तीन नेपाली कार्यरत एक कम्पनीका साहुले नेपाली कामदारसँगै दसैं मनाएको भन्ने खबरले देश विदेशमा चर्चा पाएको छ । साहुले टीका लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ ।
भिडियोमा कम्पनी साहुले नेपाली कामदारलाई टीका लगाइदिएर आर्शीवाद पनि दिएका छन् । दसैंको शुभसाइत पारेर साहुले टीका लगाइदिएको कम्पनीमा कार्यरत काठमाडौँ फुटुंगका यदुकुमार गिरिले जानकारी दिए । सुयोछन् नजिक योन्छन्मा फुछु (कोरियन खानाको परिकार) उत्पादन गरिने कम्पनीमा कार्यरत नेपालीलाई खुसीसाथ दसैं मनाउने अवसर मिलाइदिएको हो । कम्पनी साहुले नेपालीको कामको प्रशंसा गर्दै आर्शीवाद दिए । साथै साहुले स्वास्थ्यको ख्याल गर्न समेत नेपालीलाई सुझाव दिएका छन् ।
एक पुरुष र दुई महिला कार्यरत नेपाली कार्यरत कम्पनी संचालकले दक्षिणा स्वरूप जनही ५०/५० हजार वन दक्षिणा पनि दिए । कोरियनले पनि मनाएको दसैंको भिडियो अहिले सामाजिक संजालमा ब्यापक हेरिएको छ । उक्त भिडियो फेसबुकका विभिन्न पेजमा गरि पाँच लाख बढीले हेरेका थिए यस्तै छुन्ग्फेंगमा कार्यरत तिन नेपाली रहेको एक कृषि फर्मका कम्पनी साहुका परिवारले दशैं बिशेष तरिकाले नेपालीसंगै मनाए । कोजाग्रत पुर्णिमाको दिन मनाइएको दशैँ कार्यक्रममा नेपाली र कोरियनहरुले एक आपसमा टिका लगाई आशिर्वाद पनि थापे । दुइ पुरुष र एक महिला कार्यरत सो फर्ममा पारिवारिक वातावरण रहेको पर्वतका प्रकाश काफ्लेले बताए ।
लगनशील भएर कार्य गर्दा कम्पनी साहु आफुहरुबाट प्रभावित भएको उनले बताए । काफ्लेका अनुसार नेपाली पर्वहरु उनीहरुले नेपालमा जस्तै गरि मनाउदै आइरहेका छन । कोरियन नागरिकहरुले पनि लगाएको दशैँ टिका र जमराको भिडियो फेसबुकमा हेर्नेहरुको संग्ख्या बढिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...