नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित

कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित भएको छ। कोरियाका लागि वितरक किरात याक्थुङ चुम्लुङ छल्लादोले एक विज्ञति जारी गर्दै उक्त विषयमा जानकारी गराएको हो।
बाँसुरी फिल्मस प्रा लीले शोक वक्तव्य मार्फत जेनजी आन्दोलनको विषम परिस्थितिमा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ। वक्तव्यमा चलचित्र कहिले प्रदर्शन गरिने उल्लेख गरिएको छैन्।
कोरियाका वितरकले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामि मिति तय भएपछि दर्शकलाई जानकारी गराउने भएको छ। यहिँ सेप्टेम्बर २१ देखि चलचित्र कोरियाभर प्रदर्शन हुने मिति तय भएको थियो।