Advertisement
SKIP THIS

एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न


सोल, दक्षिण कोरिया, जियोन्डुङ्सा गुम्बाद्वारा आयोजित २० औं आप्रवासी सांस्कृतिक महोत्सव “एशिया एक मित्र” यस वर्ष पनि जुन १५ आईबार भव्यताका साथ सम्पन्न भएको छ ।

अति सुन्दर र रमणीय स्थल गिम्पो गाङह्वा टापुमा अवस्थित ज्योनदोङसा गुम्बाले सांस्कृतिक आदानप्रदान, सञ्चार प्रवर्द्धन, र आप्रवासी तथा स्थानीय समुदायबीच एकताको भावना जगाउने मुख्य उद्देश्यका साथ आयोजित यो महोत्सव एसियाली संस्कृतिको एउटा अनुपम संगम साबित भयो ।

यस पटकको महोत्सवमा विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरूले आफ्नो परम्परा र कला झल्काउने मनमोहक प्रस्तुतिहरू दिएका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । नेपाली समुदायले आफ्नो परम्परागत सङ्गीत र नृत्य प्रस्तुत गर्दा दर्शकहरूले नाँचसगैं  तालीको गडगडाहटले साथ दिएका थिए । यो प्रस्तुतिले नेपाली संस्कृतिको जीवन्तता र मौलिकतालाई सुन्दर ढंगले प्रस्तुत गर्‍यो ।

उक्त महोत्सवको शोभा बढाउन कोरियाली परम्परागत सङ्गीत र नृत्यहरूले विशेष भूमिका खेलेका थिए । त्यस्तै, भियतनामी परम्परागत प्रस्तुतिहरूले भियतनामको समृद्ध संस्कृति र परम्परालाई दर्शकमाझ चिनायो । म्यानमार, मङ्गोलिया र श्रीलंकाका परम्परागत नृत्य तथा सङ्गीतले पनि सबैको मन जित्न सफल भए ।

विभिन्न देशको परम्परागत प्रस्तुतिहरूका साथै आधुनिक नृत्य विधामा के-पप डान्स र हिप-हप डान्सले युवा दर्शकहरूलाई आकर्षित गरेको थियो । यसले महोत्सवमा परम्परा र आधुनिकताको सुन्दर फ्युजन देखाउँदै सबै उमेर समूहका दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्‍यो । यसका साथै फिलिपिन्सको परम्परागत नृत्यले पनि महोत्सवमा थप विविधता थपेको थियो, जसले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा ल्यायो ।

जियोन्डुङ्सा गुम्बाले आयोजना गरेको यस महोत्सवले आप्रवासी समुदायलाई आफ्नो कला र संस्कृति प्रदर्शन गर्ने एक उत्कृष्ट मञ्च प्रदान गरेको छ । यसले कोरियाली समाजमा आप्रवासीहरूको योगदान र उनीहरूको सांस्कृतिक विविधतालाई स्वीकार गर्दै स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । “एशिया एक मित्र” को नारालाई सार्थक बनाउँदै यस महोत्सवले साँच्चिकै एकता, भ्रातृत्व, र सद्भावको सन्देश फैलाउन सफल भएको छ । यो महोत्सव सांस्कृतिक सहिष्णुता र आप्रवासीहरूको सम्मानका लागि एउटा प्रेरणादायक उदाहरण बनेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...