आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो

अमिर योन्जन । प्रथम आस्याङ फुटसल प्रतियोगिताको उपाधि सुवन नेपाली फुटबल क्लबले पेनाल्टी सुटअउटमा उपाधि जितेको छ । फाइनलमा पेनाल्टी गोलमा सुवनले आयोजक आस्याङ फुटबल क्लब ‘बी’ लाई ३-२ ले पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि अन्तिममा पेनाल्टी शुट आउटमा पुगेको थियो ।
पहिलो हाफमा आस्याङ एफसीले १-० को अग्रतामा खेल्दै निर्धारित समयको लगभग २ मिनेटसम्म अग्रता कायम गरेको थियो । उक्त समयमा सुवन एनएफसीले फल गर्दा आस्याङ एफसीले फ्री किक पाएको थियो । फल भएको बललाई आस्याङ एफसीको खेलाडीले चार सेकेन्डसम्म होल्ड गरेपछि फल उल्टिएको थियो । सुवन एनएफसीले उक्त फ्री किक पाएको बललाई गोलमा परिणत गर्यो । र खेललाई १-१ को बराबरीमा सकियो । पेनाल्टीमा आस्याङ एफसीका खेलाडीको पहिलो सुटलाई सुवनको गोलरक्षक रूपक नेपालीले बचाउन सफल भयो । अन्तिममा सुवनले आस्याङलाई ३(१)- (१)२ गोल गरेको थियो । अन्ततः आयोजक टिमले घरेलु मैदानमा उपविजेतामा चित्त बुझाउनु पर्यो ।
आस्याङ फुटबल क्लब ख्याङ्गिदो ह्वासङ फरानको आयोजनामा भएको पहिलो आस्याङ फुटसल प्रतियोगिता २०२५ भव्य रूपमा सम्पन्न भयो । प्रतियोगितामा कोरियाभरिका महिला २ टिम र पुरुष ४२ टिम सहभागी थियो ।
विजेता टिम सुवन एनएफसीले नगद ३५ लाख कोरियन वन (नेपाली रु. ३ लाख पचास हजार) पुरस्कार प्राप्त गर्यो । साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता आस्याङ एफसीले नगद २० लाख कोरियन वन (नेपाली रु. २ लाख) पुरस्कार प्राप्त गर्यो । साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी आस्याङ एफसीका खेलाडी लुकास गोले घोषित भए । उत्कृष्ट गोलरक्षकमा सुवन एनएफसीका गोलरक्षक रूपक नेपाली र प्रतियोगिताभर ९ गोल गरी सुवन एनएफसीका खेलाडी निर्जल बोहरा धेरै गोलकर्ता घोषित भयो । उनीहरूले जनही नगद १/१ लाख वन, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । फुटसल प्रतियोगिताको उपविजेताको नगद पुरस्कार फरानमा रहेको लालीगुराँस रेस्टुराँको सञ्चालक तथा व्यवसायी खगेन्द्र खत्रीले सहयोग गरेको थियो ।
प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ (NRNA) का अध्यक्ष पार्वती मोक्तानले पुरस्कार वितरणपछि मन्तव्यको क्रममा हप्तामा ५/६ दिनको कामपछि छुट्टीको समयमा यसरी खेल खेल्नु, प्रतियोगिताहरू सञ्चालन गर्नु स्वास्थ्यको लागि फाइदाको कुरा बताइन् । उनले फुर्सदको समयमा कोठामा एक्लै अनेक सोचेर बस्नु भन्दा यसरी खेल र कार्यक्रमहरूमा पुग्दा साथीहरू भेट्ने, सोच्ने दिमाग ताजा हुने र शरीर स्वस्थ हुने बताइन् ।
पुरस्कार वितरण कार्यक्रमको सभापति आस्याङ एफसीका अध्यक्ष सुवास लामा, प्रमुख अतिथिमा गैर आवासीय नेपाली सङ्घ (NRNA) का अध्यक्ष पार्वती मोक्तान, विशेष अतिथिमा नेपाल तामाङ घेदुङका अध्यक्ष राजकुमार स्याङतान, नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जन, लालीगुराँस रेस्टुराँको सञ्चालक तथा व्यवसायी खगेन्द्र खत्री, ह्वासङ खेलकुद सङ्घका अध्यक्षलगायतका उपस्थित थियो । आयोजक आस्याङ एफसीले कार्यक्रममा संस्थामा बसेर काम गरेका व्यक्ति, पत्रकार र समाजसेवीहरूलाईसमाजसेवीहरूलाई प्रमाणपत्रले सम्मानसमेत गरेको थियो ।