कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न


मञ्जु गुरुङ ,,

” म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन पनि तिरेको छैन । यहाँ बस्यो भने मलाई पागल नै बनाउछ । म इलिगल भएपनि काम गर्छु । म पर्सी आउछु है म्याम । म इलिगल बसेर काम गर्दा साहुले पक्रेर नेपाल पठाई दिन्छ की । ”

यी माथिका भनाइ हुन दक्षिण कोरियामा २०२३ जनवरी ९ तरिख आत्माहत्या गरेकी निर्मला तामाइ०को । २०२२ डिसेम्बर ९ तारिख मसंग फोनमा यसरी नै कुरा गरीकी थिइन निर्मलाले । संजोग पनि कस्तो ठ्याक्कै एक महिनापछि उनले कोठामा झुण्डिएर आत्माहत्या गरेको समाचार सुन्न परयो । पर्सी आउछु है म्याम भनेकी निर्मला अन्नत कहिले नफर्कने गरी सबैबाट टाडा भईन ।

सिन्धुपाल्चोक मेलमची घर भएकी निर्मला इपिएस प्रणाली मार्फत विदेशी कामदारकोरुपमा कोरिया प्रवेश गरेकी थिइन् । २७ वर्षिय निर्मलाले कोरिया प्रवेश गरेको ७ महिनामा नै आफैले आफ्नो जीवनलाई अन्त गरिन । घरमा रहेकी ६ वर्षिय छोरी र शिक्षक श्रीमानको मायाले पनि उनलाई छेक्न सकेन । इन्छनको एक कम्पनीको कोठामा संगैको साथी कामबाट फर्कीदा साँझ ५।३० बजे तिर निर्मलालाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।

नेपालबाट आएर उनले झल्लाभुक्दोको छन्जु सहरमा काम गरेका थिए । संगै काम गर्ने साथीहरु विदेशी कामदार नै भएपनि नेपाली उनी एक्ली थिइन । सोही ठाउँमा काम गर्दै गर्दा गाहरो भएपछि उनी कम्पनी परिवर्तन गर्न चाहन्थिन । तर साहुले साइन दिन मानिरहेको थिएन । ( इपिएस प्रणाली अन्तरगत काम गरीरहेको कम्पनीबाट अर्को कम्पनीमा जान परे साहुको साईनपत्र अनिवार्य छ । नत्र गैरकानुनी हुने प्रावधान रहेको छ ) मसंग फोनमा कुरा भएको केही दिनपछि उनका अन्कल पर्ने अमृत तामाइ०ले फोन गरी निर्मला त डिप्रेसन हुन लाग्यो जस्तो छ , दिदी तपाईले गएर भेटिदिनुन भन्नु भएको थियो ।

मेरै आग्रहमा छन्जु शहरमै बस्ने नजिकैको सहयोगी नेपाली बहिनी सिम युनाले उनलाई भेटेकी थिइन् । युनाको अुनसरा कोरियन वान पाँच लाख रकम साहुलाई बुझाएर हस्ताक्षर सहितको पत्र लिई निर्मलालाई आफनै घरमा ल्याएका थिए । एक रात त्याँहा बसेपछि निर्मला आफन्तको जाने भनी इन्छन लागेका थिए । त्याँहा आएको बेला निर्मला एक्लै बस्न र पुरुषदेखि डराउने गरेको युनाले बताइन् ।

कोरियाली अध्यगमन विभागको सन २०२२ नोभेम्बरसम्मको तथ्यंक अनुसार कोरियामा हाल विभिन्न भिषामा नेपाली महिलाहरु ६ हजार ६ सय ४२ जना रहेका छन् । जसमध्ये २ हजार ९ सय २९ जना इपिएस मार्फत  ( इ ९ ) कामदार भिषामा रहेका छन् । तर गैरकानुनीरुपमा रहेको महिलाहरुको यकिन तथ्यकं नभएकाले यसको दोब्बर संख्यामा महिलाहरु कोरियामा कार्यरत रहेको अुनमान गर्न सकिन्छ ।

इपिएस मार्फत काम गर्न कोरिया आएका नेपाली महिलामा आत्माहत्या गर्ने सम्भवत निर्मला तामाइ० पहिलो हुन् । तर कोरियामा सन २०१३ जुन महिनामा कोरियनसंग विवाह गरी आएकी धादिइ०की गौरी तामाइ०ले पनि आत्माहत्या गरेको थियो ।

हुन त महिला भएकै कारण भोग्नु पर्ने हिंसा त छदैछ । प्रवासमा अझ विदेशी कामदारको रुपमा झेल्नुपर्ने अपमान र हिंसाको घट्नाहरु पनि छन् । कतै साहुजी त कतै सहकर्मी पुरुषबाट हुने मानसीक तथा यौनिक हिंसाका घट्नाहरु पनि सुनिने गर्छ । यस्ता हिंसाले नै मानसिक रोगी बनाउने र अन्तत आत्माहत्या गर्न बाध्य पार्ने गर्छ ।यस्तो बेला परिवारले पनि सहेरै भएपनि काम गर्नुपर्छ भन्ने दवाब दिए भने आत्माहत्याको एक कारण बन्न जान्छ । हुन त कोरियामा यस्तै विभिन्न समस्याबाट मानसिक रोगी बनेपछि सबैको सरसहयोगमा कति चेलीहरुलाई नेपाल पठाएको उदाहरणहरु पनि छ ।

तर इपिएस कामदारकोरुपमा कोरिया आएका महिलाहरु मध्ये आत्माहत्या गर्ने पहिलो महिला निर्मला बनिन् । के निर्मला मानसिक रोगको शिकार भएकी थिएन् ?  किन एक्लै बस्न डराउथिइन्  ?  किन पुरुषदेखि डराउन थालिन  ? यो प्रश्नले धेरै आशंक उब्जाउने गर्छ । काम गर्ने ठाउँमा पाएको तनाब कै कारण मानसिक रोगी बनिन त ?  काम गर्ने ठाउँमा उनले कस्तो तनाब झेल्नु परेको थियो होला ? उनले आत्माहत्या गर्नुको कारण के कम्पनीको साहु हुन , कि एक पुरुष ?  कि इपिएस प्रणाली ?

विदेश गएर अर्थ आर्जन गरी आफ्नो परिवार र सन्तानको भविष्य उज्जवल पार्ने सपनाको घाटी रेट्न किन बाध्य बनिन निर्मला । विदेशमा आत्माहत्य गर्न बाध्य पार्ने निर्मला जस्तो महिलाहरुलाई बचाउन कोरियामा रहेका नेपाली समाजको कस्तो दायित्व होला । यस्ता समस्यालाई न्युनिकरण गर्न नेपाल सरकार र कोरियामा रहेको नेपाली समुदाय अग्रसर हुन आवश्यक छ ।

निर्मलाले पहिलो कम्पनीबाट रकम बुझाएर साइन लिएपछि अर्को कम्पनीमा काम गर्न गएकी थिइन् । त्यो कम्पनीमा पुगेको ४ दिन जति भएको तर काम शुरु नगरेको अवस्थामा आत्माहत्या गरेको थियो । नेपालबाट परिवारको चाहना अनुसार उनको शबलाई नेपाल पठाउन लाग्ने प्लेन खर्चको लागि कोरियामा नेपाल तामाइ० घेदुइ० र सिन्धुपाल्चोक समाजको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो । निर्मलाको शबलाई नेपाल पठाई अन्त्येष्ठी गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...