Advertisement
SKIP THIS

कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै


कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) यहि अक्टोबर २४, २५ र २६ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको २० औं माम्फमा हरेक वर्ष झैं यो पटक पनि नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकको सहभागिता रहने छ। तीन दिनसम्म चल्ने माम्फ कार्यक्रममा सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृतिको झल्को दिने प्रस्तुतीमार्फत विश्वसामु आफ्नो देशको परिचय दिनेछन्। माम्फको विशेष आकर्षण धामुन्ह्वा परेडमा यो पटक नेपालको तर्फबाट नेवारी समुदायको कुमारी रथ यात्रा , लाखे नाच र धिमे नाचलाई प्रस्तुत गरिने भएको छ। साथै, एशियाली संगीत कन्सर्टका लागि नेपालका चर्चित राष्ट्रिय कलाकार मिलन नेवार आउने भएकी छन्।

विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् भने स्थानीय कलाकारहरूको विविध प्रस्तुती रहने उक्त फेस्टिभलमा विभिन्न मुलुकलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिने छ।

हजारौं दर्शकहरुको उपस्थिति रहने यस कार्यक्रममा कोरियाको राष्ट्रिय टेलिभिजन एमबिसि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै विभिन्न ४ मुलुकका टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ। कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउदै आएको छ। माइग्रान्च कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती गीतसंगीत, हास्यव्यंग्य लगायतका रमाइलो कार्यक्रम रहने नेपाली टिमका सयोजक ख्यङनाम नेपाली समाजले जनाएको छ।

त्यसैगरी तीन दिनसम्म चल्ने धामुन्ह्वा छेहम बुथमा नेपाली पोशाक लगाउने, नेपाली बाजाहरुको प्रदर्शनी र बालबालिकाहरुको लागि कागजको नेपाली राष्ट्रिय फूल लालिगुराँस बनाउने योजना रहेको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...