Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

निर्वाचन समितिद्वारा पत्रकार महासंघ दक्षिण कोरियाको आठौँ अधिवेशनका लागि प्रक्रिया सुचारु

  नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनलाई लक्षित गर्दै शाखाको आगामी कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरिएको छ। अधिवेशन प्रयोजनार्थ गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाइएको जानकारी सार्वजनिक गरेको हो। नेपाल पत्रकार महासंघको केन्द्रीय विधान २०६० (पाँचौँ संशोधन २०७५) तथा शाखा निर्वाचन कार्यविधि २०७७ मा व्यवस्था भएअनुसार मिति २०२५ डिसेम्बर १४ मा सम्पन्न शाखा कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचन समिति गठन भएसँगै प्रक्रिया औपचारिकफुर्सदमा

दक्षिण कोरियामा नेपाली डायस्पोरा (UNDO) को NBB सम्मेलन सम्पन्न

डिसेम्बर २१ आइतवार दोङ्देमुन स्थित स्काइ पार्क होटलमा युनाइटेड नेपाली डायस्पोरा (UNDO) अन्तरगत कोरिया – नेपाली डायस्पोराको आयोजनामा नेपाल बियोन्ड बोर्डर्स (NBB) सम्मेलन सम्पन्न भएको छ। MIT फौन्डेशनको साझेदारीमा आयोजित सम्मेलनमा नेपाल र कोरियाबीच सरकारी र निजी क्षेत्रबाट दिगो रुपमा गर्न सकिने पर्यटन, कृषि, हरित उर्जा लगायत विभिन्न क्षेत्रमा लगानी सम्बन्धीको अवसर, चुनौति, लगानि जोखिम, राज्यको निती, राष्ट्रको प्रशासनिक कठिनता, लगायत विविध विषयमाथि छलफल तथा विमर्श भएको थियो। सम्मेलन विभिन्नफुर्सदमा

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन हुने भएको छ। महाधिवेशन २०२६ जनवरी ४ आइतवार हुने अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन्। साथै नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ। नेपाली राजनीतिमा उदाउँदै गरेको ‘जेन-जी’ (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने विश्वास दिलाएका छन्।फुर्सदमा

युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन

प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत आइतवार सम्पन्न अधिवेशनले युविन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वम्मत चयन गरेको छ । प्रवास नेपाली सम्पर्क विभाग राष्टृय स्वतन्त्र पार्टीको प्रवास संगठन हो। नयाँ समितिको उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्। सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सन्दिप बास्तोला, केशबफुर्सदमा

कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले कोरियामा रहेको दुइ समानान्तर एनआरएनएबीच एकता हुनसक्ने संकेत गरेका छन्। अक्टोबर २५ मा रिक्त पदमा पदपूर्ती गरिएको जानकारी गराउने कार्यक्रममा उक्त विषयमा उनले खुलेर कुरा राखेका थिए। साथै कार्यक्रममा संस्थामा भएको महासचिव विवाद बारे स्पष्टिकरण, आर्थिक पारदर्शिता र संस्थाले गरेको सामाजिक कार्यको पनि जानकारी गराइएको थियो। सल्लाहकार एवम कोरियामा रहेका संस्थाहरुको पनि NRN एकता बारे सुझावलाई सकारात्मक लिँदै उनले अर्का NRNAफुर्सदमा

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण

दक्षिण कोरियामा रहेका दुई राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता भएको छ। अक्टोबर १९ आइतवार दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा एकता घोषणा सभा आयोजना गरी नेकपा(माओवादी केन्द्र) को प्रवास संगठन र नेकपा एकीकृत समाजवादीका प्रवास संगठन एक भएका हुन् । अहिलेका लागि संगठनको नाम ‘ नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया’ नै रहने भएको छ। पछि पार्टी केन्द्रको थप बहस, छलफल र सर्कुलरबाट नाम टुङ्गो लगाउनेफुर्सदमा

पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै

पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका कार्यबाहक अध्यक्ष डम्बर बिक्रम मुखियाले जनाएका छन्। निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसीफुर्सदमा

नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज

कोरिया स्थित गुल्मी सम्पर्क समितिको आयोजनामा सम्पन्न नवौं रेसुङ्गा भलिबल कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी गुल्मी सम्पर्क समितिले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा अक्टोबर ५ सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा सुदुरपश्चिम समाजलाई फाईनलमा हराउँदै गुल्मीले नगद २५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुदुरपश्चिमफुर्सदमा

आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो

अमिर योन्जन ।  प्रथम आस्याङ फुटसल प्रतियोगिताको उपाधि सुवन नेपाली फुटबल क्लबले पेनाल्टी सुटअउटमा उपाधि जितेको छ । फाइनलमा पेनाल्टी गोलमा सुवनले आयोजक आस्याङ फुटबल क्लब ‘बी’ लाई ३-२ ले पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि अन्तिममा पेनाल्टी शुट आउटमा पुगेको थियो । पहिलो हाफमा आस्याङ एफसीले १-० को अग्रतामा खेल्दै निर्धारित समयको लगभग २ मिनेटसम्म अग्रता कायम गरेको थियो । उक्त समयमा सुवन एनएफसीले फलफुर्सदमा

नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला

सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो समयदेखि क्रियाशील रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली काँग्रेसप्रति आस्था र विश्वास राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको सुदृढीकरणका लागि यो महत्वपूर्ण अभियानमा सहभागी हुन समितिले विशेष अनुरोध गरेको छ। नेपाली काँग्रेसको राष्ट्रियता, लोकतन्त्रफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...