मिलनकान्छा किराती

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

जिन्दगीको एउटा विस्मात अर्थात क्वाल खातिर

मिलनकान्छा किराती चाल्र्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो । शायद, बाल्यकालमा गाउँको स्कुलदेखि टाढासम्मको यात्रामा निस्कने अवसर नपाएर पनि होला, यस्तो महशुस हुन्थ्यो । धेरैपछि थाहा भयो, डेभिड कपरफिल्ड विश्व प्रख्यात उपन्यास रहेछ । यसका लेखक चाल्र्स डिकेन्स इङ्गल्याण्डका नागरिक रहेछन् ।फुर्सदमा


बागी बाटोहरु

इतिहासको आँगनबाट निस्किएको एउटा बाटो हात खोलेर उहिल्यैदेखि चुपचाप सुतिरहेछ ! बाटोका ढाँडमाथि अनेकौँ पाइलाहरु पैतालाका नक्सा छोड्छन् अनेकौँ गोडाहरु गल्ली र भित्तामा ढल्छन् अनेकौँ औलाहरु बाटामै काटिन्छन् छाती खोलेर उहिल्यैदेखि ऊ चुपचाप सुतिरहेछ ! नाङ्गा खुट्टाहरु घाईते कुर्कुच्चाहरु भुपू सपनाहरु वर्तमान समस्यहरु भविष्यका कल्पनाहरु हरेक रात, हरेक दिन हरेक विहान, हरेक साँझ अध्याँरो बोक्दै प्रकाश पोख्दै उर्जा भर्दै लाली छर्दै सबैसबै–हूलका हूलहरु हिड्थे–त्यही एउटै बाटोमा । भरियाहरु बटुवाहरु गाई–बाख्राहरु घाँस–दाउरेहरु गोठालेहरु जन्तीहरु मलामीहरु नेताहरु प्रोफेसरहरु विध्यार्थीहरु मजदूरहरु किसानहरु कविहरु सबैसबै–हूलका हूलहरु हिड्थे–त्यही एउटै बाटोमा । अचानक, एकदिन बाटोका विरुद्धफुर्सदमा


कालमासको रुख

एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । शताब्दीको उचाई काखमा धोद्रे रुखको टोड्कामा एउटा विचारको टुसा यसरी पलायो कि, पछि आएर कालान्तरमा कालमासको झ्याङ बन्यो ! कसै–कसैले नचिनेर यसलाई भटमास भने कालोमास पनि भने मस्याङ, मुङ्ग, बदाम, बोडी अनेक–अनेक नै भने एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । रुखको टोड्कामा यस्तो अनौठो अनाज, फलहरु देखिए एङ्गेल्सको ऐसेलु स्टार्लिनको स्ट्रावेरी लेनिनको लौका माओको मकै रुखभरि फलिरहेछ ! यि सबै–सबै राता रङ्गका थिए त्यसको सुदूर हारमा चाउएन लाइको चाउचाउको रुख थियो चेको चेरी लहरा छुट्टै मनमोहकफुर्सदमा


तिहारको तीन रङ्ग

गाउँको रङ्ग शहरको रङ्ग प्रवासको रङ्ग माटोको निधारमा आँशुसित मुछेर यसरी, तिहारको सप्तरङ्गी टीकाको तीन रङ्ग लगाईएछ ! गाउँको रङ्गभित्र जोर मादल, छिङ्छिङ् चुरा बजाउँदै घन्कन्छ, हलुका नशा चढेका चिसो बत्तासले मीठो लयमा झ्याउरे गीत गाउँछ ! बाँसुरी, देउसी, भैलो भट्टयाउँछ ! पाउजु, खैजडीका नाङ्गा खुट्टाहरु, आँगनमा गोलबद्ध हुन्छन् देउसी रे ! भन्छन् खुशीले बुरुक्क–बुरुक्क उफ्रदै अङ्गालो हालेर नाच्छन् ! नाङ्लोभरि सेलरोटी, फलफूलहरु दक्षिणा चामलमाथि दियो बालेर मीठो मुस्कान दैलो उघारेर निस्कन्छ ! रङ्गीबिरङ्गी फूलमालाहरु कम्मर मर्काएर नाच्छन् अफसोच, यि दृश्य हेर्ने आँखाहरुले गाउँ छाड्छन् शहरको बाटो समाउँछन् विदा हुन्छन्फुर्सदमा


वृद्ध मेशिनको जिन्दगी

अनुहार खिया परेको हात भाँचिएर झरेको खुट्टा हिलोमा गाडिएको आवाज घ्यार–घ्यार गरेको एउटा वृद्ध मेशिन अलि’लि चल्ने अलि’लि नचल्ने यस्तै हालतमा समय समात्न दौडिरहेछ । मेसिनको टपतिर टाउको टुप्पीतिर कपाल नभएझै हरियो इनामेल उप्किएको छ । कम्मरमा चुँडिन लागेको कन्भेयरको फिता बेयरिङ खसेर दाँत उछिट्टिएको छ । ख्यङ्गीदोको सोलनजिक ख्यउलमा माइनस बीस डिग्रीको ठिही यरममा अठत्तीस डिग्रीको गर्मी हरेक फेरिदो ऋतुको अनुपम उपहार लिएर बहत्तर बर्षे वृद्ध मेशिन कुरिरहेछ मृत्यूको आगमन धकेलिरहेछ खुरुमाभरि फोजाङ गरिएका खुशीमा नौंदेखि छ बजेसम्म बेचिएका दिनहरु ! आफ्नै छेउबाट जीवनसङ्गीनी अरुको हात समाएर गइन् !फुर्सदमा


वाम एकताको आन्तरिक र बाह्य चुनौती

विश्वको ध्यान यतिखेर नेपाल केन्द्रीत हुदैछ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्ष शुरु भएको छ । अनेक कोणबाट चर्चा , परिचर्चा र अड्कलबाजी भईरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, वृहत ध्रुबीकरण हुदै अन्ततः एकताको गन्तव्य तया गर्नुले राजनितिक बजार तातेको छ । यो एकता आफैमा स्वागतयोग्य छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नसके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा आईस्ब्रेक सावित हुनेछ । पार्टी एकता प्रकृया सैद्धान्तिक रुपमा जति सहज र सरल छ, त्यति नै साङ्गठनिक रुपमा यसका कठिनाई र जटिलताहरु छन्फुर्सदमा


म विद्रोही कमलु सदा

मेरो प्यारो तिलाठी, कोइलाडी मेरो स्वर्ग मुसहर वस्ती त्यहाँ, विभेदको बाढी उहिल्यै आएको हो र, सबै खेत बगायो जमीन छैन । अभावको आँधी उहिल्यै आएको हो र, महल उडायो घर छैन । फुदन सदाको साहसले सिञ्चिएकोे एउटा झुपडी दुःखका दस दुलोभित्र मुसा लुकामारी खेल्थे त्यसरी, मुसाले पनि हेप्थे मान्छेले त हेप्थे–हेप्थे ! बत्तासले पनि हेप्थे घामले पनि हेप्थे वादलले पनि हेप्थे वर्षातले पनि हेप्थे । शोषकको साम्राज्य थियो त्यसैले, झुपडीभित्र गएको हो गरीबीको पहिरो र त, जम्थ्यो अगेनामा आँशुको आहाल डुब्थे खुशीहरु चर्किन्थे भरोशाका भित्ताहरु भत्किन्थे आशाका पर्खालहरु किचिन्थे कलिलाफुर्सदमा


पोमुको काव्यत्मक जग–लेप्मुहाङको डुङ्गा

विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको  सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङको डुङ्गाबारे केही बोल्न मन हुटहुटिएको निकै अघिदेखि नै हो । यतिखेर बोल्ने संयोग इतर साहित्य मेलाको पुस्तक समीक्षा सन्दर्भले जुराएकोफुर्सदमा


भत्किएको गाउँ

कविता/ भत्किएको गाउँको दुःख टाल्ने ढलेका सपना र, लडेका आशा उचाल्ने तिमी समाजसेवी हुन सत्तैनौ साइला ! किन कि, समाजसेवी त रु.पाँचहजार अङ्कित प्रमाण–पत्रमा पो भेटेको छु ! त्यसै समाजसेवी भनेँ त्यसपछि, निःशब्द छु । तर, पहाडको वैशाखी बनेर तिमी उभिईरहेको बेला बतासले बच्चाहरुलाई झ्याउरे गाईरहेका थिए ! आहाल ढिकमा पिपलको पातले मेरो शब्द–शब्दमा हिर्काईरहेका थिए ! तसर्थ, मलाई सुन्न सकेनौ ! ठीकै भो साइला ! लज्जित हुनबाट बचेँ ! किन कि, जब गाउँबाट सहर पसेँ ! वरिष्ठ समाजसेवी रु.पाँचहजार अङ्कित प्रमाण–पत्रमा भेटेको हुँ ! त्यसैले, तिमी समाजसेवी हुन सक्तैनौफुर्सदमा


सेरोगेसी कविता र बिसे नगर्चीसँग–त्यो रात !

मध्यान्हदेखि सिमसिमे झरी रोकिएको छैन । बर्षातले कोरिया सोल भिजाईरहेछ । भित्तेघडीले आठ बजेको देखाउँछ । सोल, दोङ्देमुनको एक साँघुरो नेपाली रेष्टुराँ ! भित्तामा साहित्य साँझ लेखिएको व्यानर अघि नै झुण्ड्याईएको छ । दिनभरिको कामको थकान अनुहारभरि बोकेका अल्लारे यूवाहरु बाक्लिदै जान्छन् । केही जोडीहरु कुनामा गफिरहेका छन । केही मानिसहरु जलपान, नास्ता गरेर बाहिरिदैछन् । यत्तिकैमा बिसे नगर्चीको बयान दिने कवि, प्राज्ञ श्रवण मुकारुङ भित्रन्छन् । उनका साथमा देखा पर्छन, आख्यानकार–रत्नमणि नेपाल ! र, केही कोरियन कविहरु । विस्तारै माहौल साहित्यमय हुन थाल्छ । असारसँग जोडिएर सुरुआतमै केही भद्धाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...