तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले उल्सानका ३ अस्पताल सँग सम्झौता गरेको छ। दुइ पक्षबीच स्वास्थ्य उपचार सेवामा सम्झौता भएको हो। वूवा मेडिकल फाउण्डेसनद्वारा सञ्चालित उल्सानमा अवस्थित 반구동길 메리요양 병원, 달동길 메리 재활용양 병원 र 전병찬 신경외과의원 हस्पिटलका निर्देशक र एनसीसी अध्यक्ष हरी प्रसाद खनालले सम्झौता (MOU) पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट उल्सान, बुसान क्षेत्रमा रहेका नेपालीहरुले सहुलियत दरमा गुण स्तरिय स्वास्थ सेवा लिन सक्नेछन्। ति हस्पिटलहरुबाट विभिन्न प्रकारका स्वास्थ्यफुर्सदमा
मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग

स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने कापी, कलम लगायतका सामाग्री सहित १० मंसिरका दिन सोही विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक सुमिता गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सँगै विद्यार्थीको हौसला रफुर्सदमा
स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीणफुर्सदमा
बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग

कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो । सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहिफुर्सदमा
गर्मी सम्बन्धी गम्भीर रोग तीन गुणा बढे राजधानी सियोलमा

सियोलमा गर्मी सम्बन्धी रोगहरू तीन गुणा बढेका छन् । स्वास्थ्य अधीकारीका अनुसार यस गर्मीमा गम्भीर गर्मी सम्बन्धी रोगहरूको संख्या अघिल्लो बर्षको तुलनामा तीन गुणा वृद्धि भएको देखेको हो । सियोल मेट्रोपोलिटन फायर एण्ड डिजास्टर म्यानेजमेन्ट हेडक्वार्टरका अनुसार मे १५ र अगस्ट ३१ बीचमा ९११ आपतकालीन कलहरू मार्फत कुल १५८ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्षको तथ्याङ्क गत वर्ष रेकर्ड गरिएका ५० केसभन्दा झण्डै तीन गुणा बढी हो। ती बिरामीहरूफुर्सदमा
कोरियमा कोभिड-१९ परीक्षणको शुल्क लाग्ने

दक्षिण कोरियामा नि:शुल्क कोभिड-१९ परीक्षण समाप्त भएको छ । कोभिड-१९ लाई पनि मौसमी फ्लूको रूपमा वर्गीकरण गर्दै बिहिबार बाट सर्वसाधारणका लागि शुल्क लाग्ने स्वास्थ्य अधिकारीले जनाएको हो । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस परीक्षणहरू अझै उपलब्ध हुनेछन्, तर अब सबैका लागि निःशुल्क हुने छैन । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले कोभिड-१९ लाई क्लास २ बाट क्लास ४ घोषणा गरेको छ । यस संगै करिव ३ बर्ष सम्मा कोभिड-१९ लाई महमारीकोफुर्सदमा
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमाफुर्सदमा
दक्षिण कोरियाबाट क्यान्सर पिडित पूजालाई दुई लाख रुपैयाँ सहयोग

स्याङ्जा जिल्लाको फेदीखोला -२, निवासी क्यान्सर बिरामी पूजा अधिकारी कार्कीलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । भारतको दिल्लीमा रहेको डा.बि.आर. अम्बेडकर रोटरी क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी निजको आर्थिक अवस्था कमजोर रहेकोले कोरियामा कार्यरत रहेका भोज बहादुर थापाको विशेष पहलमा सङ्कलित रकम १९ लाख, ६९ हजार, १ सय ३९ कोरियन वोन अर्थात २ लाख, १ हजार, ५ सय रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो । हाल कोरियामा कार्यरत स्याङ्जा फेदीखोलाफुर्सदमा
रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ । गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ । यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ रफुर्सदमा
चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग

मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सीफुर्सदमा