कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित

कोरियामा पहिलो पटक गायक सुजन चापागाईको प्रस्तुति हुने भएको छ। छुसकको अवसरमा उनले आफ्नो व्यण्ड सहित प्रस्तुति दिनेछन्। पाँचथर सेवा समाजले अक्टोबर ५ तारिख कार्यक्रम गर्ने भएको छ। समाजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुजन चापागाईलाई व्याण्ड सहित कोरिया उतार्ने निश्चित भएको उल्लेख गरेका छन्। साथै अध्यक्ष रमेश लावतीले कलाकारहरुको भिसा प्राप्त भएको पनि अवगत गराएका छन्।
सुजन चापागाईं प्रेममुखी र रोमान्टिक गीतहरू मार्फत युवा वर्गमा विशेष रुचाइएका कलाकार हुन्। उनको स्वर र प्रस्तुति शैलीले विशेष प्रभाव पारेको छ, जसले उनलाई नेपाली संगीत क्षेत्रमा एउटा विशिष्ट स्थान दिलाएको छ । उनका तीनपाते, गाला पुक्क, फुलथुङ्गे रानी, घुमिघुमि, मखमली जस्ता दर्जनौँ गीतहरु लोकप्रीय छन्। सुजन चापागाईँको साथ साथै गायक नोगेन लिम्बू गायिका श्रेया राईको पनि प्रस्तुति हुने आयोजकले जनाएको छ।
लाइभ कन्सर्ट गाङ्नाम स्थित सुविधा सम्पन्न हलमा हुने निश्चित भएको छ। कार्यक्रम हल जानको लागि बसको व्यवस्था रहेको आयोजकले जनाएको छ। हल जानको लागि सौल मेट्रो लाइन नम्बर २ को गाङ्नाम स्टेशन १२ नं गेटबाट हिँडेरै जान सकिनेछ।
विभिन्न संस्थाले छुसकमा सांगितिक कार्यक्रम गर्ने भनिएतापनि आजसम्म पाँचथरले मात्र पोस्टर सार्वजनिक गरेको छ। भोजपुर परिवारको वनभोज कार्यक्रममा पोस्टर सार्वजनिक गरेको थियो। पूर्वी नेपाल समाजको समन्वय एवम नेपाली सम्पर्क समिती को सहजिकरणमा पाँचथर सेवा समाजले आयोजना गर्न लागेको हो।
नेपाल स्थित कोरियन दूतावासले भिसा प्रक्रियामा कडाई गरेका कारण अधिकांश कलाकारहरुको भिसा लाग्न नसकेको बुझिएको छ।