गायक उमेश मेवाहाङ राईले लिएर आए दशैँ तिहार गीत


गीतकार एस.पि कोइरलाको शब्द रचना रहेको गीत दशैँ तिहारमा दिप घतानीले संगीत भरेका छन् ,सन्जिब बराइलीको संगीत संयोजन रहेको गीतमा गायक उमेश मेवाहाङ्ग राईले स्वरवद्व गरेका गीत नेपाली चाड हिन्दुहरुको महान पर्वको शुभ अवसर पारेर गायकको आफ्नै यु ट्युब च्यानल उमेश मेवाहाङ राईबाट सार्वजनिक भएकोछ।

परदेशीहरु बाध्यताको लगाम लागिरहेको बेला बर्षेनी आउने नेपाली चाड पर्व दशैँ र तिहारको बेला यस्ता गीतहरुले त गाँउघर फनक्कै पुर्याईदिन्छ कल्पनामा परदेशीलाई !

दशैँको मुखमा यो गीतले रोमाञ्चक त बनाउने नै भयो कतिलाई चाड बाडमा घर परिवार देखी टाढा बस्नु परेको बेला भाव विह्वल समेत बनाईदिन्छ।

यस गीतको म्युजिक भिडियोको निर्देशन गायक स्वयमले गरेका छन भने अर्जुन राई,मिन आले,अनोद सुदन राई, प्रज्वल मेवाहाङ,अप्सरा चाम्लिङ र गायक स्वयम्लाई भिडियोमा देख्न सकिन्छ।

गायक उमेश मेवाहाङ राईको स्वरमा कोमलता छ
जस्तो सुकै गीत पनि गाउन थाले पछी उनि आफ्नोपनमा ढाल्न सक्छन, यो उनको खुबी हो , ” दशैँ तिहार आयो ” यो उनको पहिलो रेकर्डेड गीत भए पनि उनि परिपक्व गायक हुन् भन्ने कुरा यस गीतबाट प्रष्ट बुझिन्छ। गायक उमेश मेवाहाङ राई गीत संगीतको तिर्खा मनमा लिएर बैदेशिक रोजगारीको निम्ति दक्षिण कोरियामा पाँच बर्ष बिताएर फर्किएका थिए। उनले विदेशमा आर्थिक उपार्जन मात्र गरेनन् कोरियामा रहँदा सामाजिक संघ संस्थामा आवद्व रहेर NRNA कोरिया बुसानको अध्यक्ष समेत रहेका राईले कोरियामा हुने बिबिध साँगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति समेत दिएर नेपालीहरु माझ लोक प्रिय बनिसकेका थिए।

गीत संगीतको प्यासले उनलाई तानिरह्यो स्वदेश फर्केको केही समयमा नै उनले आफ्नो कला र गलाबाट प्रभावित पारेका दर्शक श्रोत सामु नयाँ सांगीतिक कोशेली ” दशैँ तिहार आयो ” गीत उपहार स्वरुप थमाएका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...