किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई

किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। हिजो सेप्टेम्बर १४ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा सम्पन्न महाधिवेशनले सन्तोष राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा छत्र राई , उपाध्यक्षमा लरेन्स राई, प्रदिप राई, प्रदिप सागर र सन्तोष राई चयन भएका छन्। महासचिवमा याम बाङ्देल राई, सचिवमा मुकेश राई र राम राई चयन भएका छन्। भने कोषाध्यक्षमा – मनिता राई र सह- कोषाधक्षमा दिपक राई यसैगरी सदस्यमा भीम बान्तावा राई, र छत्र राई सर्वसम्मत चुनिएका छन्।
नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अधिवेशनमा विभिन्न सञ्चारकर्मी लगायत संस्थालाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान पनि गरिएको थियो।