Advertisement
SKIP THIS

कोरियाको विद्यार्थि समाज ‘सोनसिक’को नेतृत्वमा पुनह महिला निर्वाचित


नेपाली विधार्थी समाज दक्षिण कोरिया सोनसिकको 13औ अधिबेसनले आरजना श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। सनिबार र आइतबार बुसान नेशनल यूनिभार्सिटीमा भएको अधिबेशनले 13 सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो।
सभापतिको लागि भएको तिन जनाको प्रतिस्पर्धामा विजेता आरजना श्रेष्ठले 85 मत प्राप्त गरि अन्यलाई पछि पारिन । प्रतिस्पर्धी सभापतिका अर्का प्रत्यासी तुलसी पौडेलले 67 मत प्राप्त गरे भने अर्का प्रत्यासी शौरभ भट्टराईले 62 मत प्राप्त गरे।
सचिव पदको लागि भएको मतदानका लागि केशव थापाले सबै भन्दा बढ़ी 133 मत प्राप्त गरि सचिवका प्रतिष्पर्धि रमेश परियारलाई हराए। परियारले 80 मत प्राप्त गरे। सभापति र सचिव बाहेक अन्य पदमा सर्व सहमतिमा पदाधिकारी चयन गरिएको छ।
बिधान अनुसार चयन चार क्षेत्रका लागि उपाध्यक्षमा निर्मल प्रसाद भट्ट,सुजीता कार्की,जीवन कुमार बन,देबेश झा सर्वसहमतिमा चयन गरिएको छ। अधिबेशनले सह सचिवमा प्रक्क्षित निरौलालाई चयन गरेको छ। 13 औ अधिबेशनले कोषाध्यक्षमा सकिन श्रेष्ठलाई चयन गरेको छ। सदस्यहरुमा मिलन गौतम,भीष्म पण्डित, राजेश्वर ज्ञवाली, भुवन पौडेल र बिजय रायमाझी सर्व सहमतिमा चयन भएका छन।
सभापतिमा बिजयी श्रेष्ठले कोरियामा प्राप्त प्रावधिक ज्ञानलाई नेपालमा प्रयोग गर्नका लागि आफ्नो तर्फबाट सक्रीय भूमिका निर्वाह गर्ने बताईन। फार्मेसी बिज्ञानमा पिएचडी रत श्रेष्ठ योङ्गनाम विश्वविद्यालय अध्ययन गर्दैछिन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...