के एन क्रीएसनको पहिलो पस्तुती “बेच्न मिल्ने भए ..”
![](https://www.fonijkorea.net/wp-content/uploads/2022/09/35B55E7D-BCA2-482D-B80B-F651B1F4CEC3-800x450.jpeg)
चर्चित गायक राजेश पायल राइ को आवाजमा “बेच्न मिल्ने भए” बोल को गित अफिसियल म्युजिक भिडियो सहित आज के एन क्रीएसन युट्युब च्यानलबाट सार्बजनिक भएको छ। इलामेली कवि तथा गितकार खोम गुरुङ को शब्द रचाना निर्मल दियालीको संगित साथै चन्दु गोर्खालीको एरेन्ज रहेको यस गितको म्युजिक भिडियो निर्देशन पनि निर्मल दियालीले नै गरेका छन। भिडीयो मा राहुल विश्वकर्मा , निरु तामाङ सुनिल राई र शुशिला को अभिनय रहेको छ भने सुरज खनाल ले यस गितलाइ छायांकन गरेका हुन। एकदमै प्रेमिल भाव समेटिएको यस गित ले दार्शनिक श्रोताहरुको माया धेरै पाउने आशा देखिएको छ।
गीतको लिङ्क तल राखिएको छ