Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा

दक्षिण कोरियाको जातीय समुदायको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ तारिख आइतबार हुने भएकाे छ । महाधिवेशन दोङ्देमुन स्थित सेमाउल सभाहलमा दिउँसो १२ बजेदेखि हुने अध्यक्ष विशन राईले जानकारी गराएका छन्।   सन् २००८ मा स्थापना भएको महासंघ कोरियाको पुरानो संस्था मध्यमा पर्छ । अहिले कोरियामा रहेका १२ वटा जातीय समुदायको छाता संगठनको रूपमा हरेका महासंघले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।फुर्सदमा

नेपाल मगर संघ जेजुदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन २०२५ सम्पन्न, झरना पुन मगर अध्यक्षमा निर्वाचित

जेजुदो, दक्षिण कोरिया। दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको एक महत्वपूर्ण संस्था नेपाल मगर संघ जेजुदो शाखाले आफ्नो ऐतिहासिक दोस्रो अधिवेशन २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संघको एकता र सहकार्यको उदाहरण दिँदै, अधिवेशनले अध्यक्ष जस्तो गरिमामय पदमा झरना पुन मगरज्यूलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। मगर समुदायको हित र प्रवासमा रहेका नेपालीहरूको एकताका लागि क्रियाशील यस संस्थाकोफुर्सदमा

किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई

किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। हिजो सेप्टेम्बर १४ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा सम्पन्न महाधिवेशनले सन्तोष राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा छत्र राई , उपाध्यक्षमा लरेन्स राई, प्रदिप राई, प्रदिप सागर र सन्तोष राई चयन भएका छन्। महासचिवमा याम बाङ्देल राई, सचिवमा मुकेश राई र राम राई चयन भएका छन्। भने कोषाध्यक्षमा – मनिता राई र सह- कोषाधक्षमा दिपकफुर्सदमा

किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन हुने भएको छ। आगामि सेप्टेम्बर १४ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित MG सेमाउल सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। प्रवासमा रहेर आफ्नो धर्म कला संस्क्रिति आदिको संरक्षण एवम प्रवर्द्धनमा अग्रसर यस संस्थाले विभिन्न सामाजिक सेवा पनि गर्दै आइरहेको छ। कोरियामा यायोक्खा एक सक्रिय संस्थाको रुपमा परिचित छ। कोरियामा रहेका राईफुर्सदमा

चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले रजत जयन्तीको अवसरमा वृहत याक्थुङ भेटघाट एवम वनभोजको आयोजना गर्ने भएको छ। यस कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र, बुसान शाखा, जेजुदो शाखा, र छल्लादो शाखाको सयुक्त आयोजना रहने छ भने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको चुम्लुङ केन्द्रका अध्यक्ष विनोद सौदेनले जानकारी दिएका छन्। सेप्टेम्बर ६ र ७ मा छुङछङनाम्दोको थेआन्गुनमा हुन लागेको बृहत बनभोज कार्यक्रममा नेपाली राजदूतावासका राजदूत शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यता रहनेफुर्सदमा

तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत

अगस्ट २४/ सौल तमू धीं दक्षिण कोरियाको ११ औँ महाधिवेशनले तेज बहादुर गुरुङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। आज दोङ्देमून स्थित सेमाउल हलमा भएको अधिवेशनले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी नयाँ समितिको प्रथम उपाध्यक्षमा याद बहादुर गुरुङ र उपाध्यक्षमा सवनम गुरुङ ,सरोज गुरुङ , रेशमलाल गुरुङ र जमन सिंह गुरुङ लाई लाई चयन गरिएको छ । महासचिवको जिम्मेवारी सुनिल गुरुङलाई दिइएको छ भने , सचिवमा सन्तोष गुरुङफुर्सदमा

प्रवास नेपाली सम्पर्क विभाग कोरियाको अधिवेशनको मिति परिवर्तन

  राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशनको मिति परिवर्तन हुने भएको छ। प्राविधिक समस्याले गर्दा अधिवेशन स्थगित गर्न परेको विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएका छन्। अधिवेशन अगस्त १६ तारिख शनिबारको दिन तोङ्गदेमुन स्थित छोङ्गनो कुकमिन हवोगानमा हुने तय भएको थियो। अर्को सूचना प्रकाशित गरेर अधिवेशनको मिति जानकारी गराइने विभागका प्रमुख सुब्बाले फोनिज कोरियालाई अवगत गराएका छन्।

दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने

सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव२०२५ भव्य रूपमा मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियासहित १२ जातीय संस्था, फोनिज कोरिया र दुई साहित्यिक संस्थाको संयुक्त आयोजनामा यो कार्यक्रम हुनेछ। कार्यक्रम १० अगष्ट २०२५, आइतवार बिहान ११ बजे 서울특별시 종로구 종로 386, 10층, 서울 숭인병원 동묘앞역 3번 출구 मा हुनेछ। आयोजकले फोनिज कोरियालाई दिएको जानकारी अनुसार यो महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमाझफुर्सदमा

‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अञ्जिला प्रदर्शनबाट संकलन गरेको रकम अञ्जिला तुम्बापोलाई हस्तान्तरण गरेको छ। संस्थाले “अञ्जिला घर तथा फुटबल एकेडेमी” निर्माणका लागि संकलित रकम १६ लाख ६८, हजार ९ सय ४९ रुपैयाँ हस्तान्तरण गरेको छ। जुलाई २८ आ दिन किरात याक्थुङ चुम्लुङको सङ्घीय कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा संघीय अध्यक्ष प्रेम एक्तेन, महासचिव निरन्ती तुम्बापोको रहोवरमा चुम्लुङ कोरियाका कोषाध्यक्ष विरेन खेवा लिम्बूले स्वयम अञ्जिला तुम्बापोलाई चेक हस्तान्तरण गरेका थिए। किरातफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...