Advertisement
SKIP THIS

सोनसिकलाई बार्षिक २० लाख वन सहयोग


 
सोल
नेपाली बिद्यार्थी समाज कोरिय (सोनसिक ) र पुसान नेशनल युनिभर्सिटी एमबिए विद्यार्थी काउन्सिलको विच पाँच बुदे एमओयुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार काउन्सिलले नेपाली बिद्यार्थीको हितमा कार्य गर्ने उल्लेख छ । हस्ताक्षरित एमओयु अनुसार काउन्सिलले बार्षिक २० लाख वन नेपाली बिद्यार्थी समाजलाई सहयोग उपलब्ध गराउने छ ।
सहमति पत्रमा नेपाली बिद्यार्थीहरुलाई रोजगारी दिलाउनको लागि एमबिए काउन्सिलले सहयोग गर्ने उल्लेख छ । नेपाली विद्यार्थी समाज निवर्तमान सभापति इन्दिरा तिवारी र पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलका सभापति जंग जिन युनले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमति पत्रमा सोनसिक र पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलले एक अर्काका शैक्षिक कार्यक्रमलाई सहयोग पुर्याउने उल्लेख गरिएको छ । त्यस्तै नेपाली बिद्यार्थी समाजलाई कोरियाली समाजमा परिचित गराउन काउन्सिलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि सम्झौताको अर्को बुदामा समाबेश गरिएको छ ।
अध्ययन सकेर स्वेदश फर्केका बिद्यार्थीहरुलाई सोनसिकको माध्यमबाट पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलले समन्वय गरि राख्ने पनि सहमति भएको छ । सोल स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत किरण शाक्यको उपस्थितिमा एमओयुमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत किरण शाक्यले सोनसिकका शैक्षिक तथा सिर्जनात्मक कार्यको प्रशंशा गरे । सोनसिकको निवर्तमान सभापति इन्दिरा तिवारीले आफ्नो एक बर्षे कार्यकालमा एमओयु हस्ताक्षरलाई उल्लेखनीय कार्यभएको भन्दै सन्तुष्टि व्यक्त गरिन ।
पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलका सभापति जंग जिन युनले नेपाली बिद्यार्थी समाजसंगको सहकार्य निरन्तर हुने बताए । स्वदेशी र बिदेशी गरि करिब पाँच हजार बिद्यार्थीले पुसान नेशनल युनिभर्सिटीमा अध्ययन गरिरहेका छन । पुसान नेशनल युनिभर्सिटीको रात्री कक्षामा एमबिए अध्ययनरत कोरियन ठुला ब्यापारी र उद्योगीहरुले पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिल गठन गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...