फोनिज कोरिया संवाददाता
राजदूत रनिइ०कप फूटबल टुर्नामेन्टको टिम दर्ता गर्ने म्याद थपियो

सउल दक्षिण कोरिया स्थित नेपाली राजदुताबासले संचालन गर्दै आएको राजदूत मैत्रिपूर्ण रनिइ० कप फूटबल प्रतियोगिताको टिम दर्ता गराउने म्याद थप गरिएको दूतावासले जनाएको छ । अक्टोबर ७ तारिख विहीबारसम्म टिम दर्ता गराउने अन्तिम म्याद राखिए पनि आज अर्थात ६ तारिख सूचना जारी गरी आगामी अक्टोबर २० तारिखसम्म टिम दर्ता गराउन सकिने सूचित गरेको छ । विभिन्न संघसंस्थाको अनुरोधमा टिम दर्ता गराउने म्याद थपिएको दूताबासले जानकारी गराएको छ । अक्टोबर २१ तारिख दिउसो ४ बजे दूताबासमै प्रतियोगिताको टाईसिट सार्वजनिक गरिने भएकोले सम्बन्धीत सबैलाई उपस्थितीको लागि दूताबासले आग्रह गरेको छ । टिमफुर्सदमा
नेपाली संघिय समाज कोरियाको संरक्षक र सल्लाहकार मनोनित
सउल संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघिय समाज द. कोरियाको आइतबार (अक्टोबर २ तारिख) बसेको पहिलो बैठकले दोइ०देमुन स्थित पुजा रेष्टुष्रेन्टका संचालक व्यवसायी भक्तगुरुइ० (सोनाम) र अमृत राईलाई मनोनित गरेका छन् । गत सेप्टेम्बर १७ तारिक सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठकले ६ जना सल्लाकारहरु र केही विभाग प्रमुखहरु चयन गरेका छन् । मनोनित संरक्षक र सल्लाहकार तथा बिभाग प्रमुखहरुको नामवाली निम्न अनुसार रहेको छ । १. भक्त गुरुङ (सोनाम) -संरक्षक २. अमृत राई – संरक्षक ३. टीका राई – संस्थापक सल्लाहकार ४. निबर्तमान अध्यक्ष, देवराजफुर्सदमा
किम्हेमा अक्टोबर ९ मा दशैं मनाईने
सोल-किम्हे माईग्रेन्ट हाउसले किम्हेमा दशैं भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । हरेक बर्ष दशैं मनाउदैं आएको किम्हे माईग्रेन्टले यसपाली पनि अक्टोबर ९ मा मनाउने तयारी गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा किम्हे वरपरका स्थानिय कलाकारहरुको प्रस्तुति रहनुको साथैं बिभिन्न समुदायको नृत्यहरु प्रस्तुत गरिनेछ ।टिकाजमरा कार्यक्रमका साथमा नेपाली परिकारको स्वाद पनि लिन पाईने जानकारी आयोजकले दिएको छ। किम्हे माईग्रेन्ट हाउसले आयोजना गर्ने उत्त कार्यक्रमको ब्यवस्थापन ईन्जे युनिभर्सिटी नेपाली परिवारले गर्ने भएको छ। विस्तृत जानकारीको लागि मिति: २०१६ अक्टोरबर ९ आईतबार स्थान: Inje University,,किम्हे समय: दिउसो १२ बजे देखीफुर्सदमा
कोरियाबाट फर्किदा गायक प्रमोदको सुट्केश विमानस्थलमा फोडियो
काठमाण्डौ दक्षिण कोरियामा कन्सर्ट सकेर नेपाल फकर्नेक्रममा त्रिभुवन विमानस्थलबाट बाहिर निस्कीदा आफ्नो सुटकेसको ताला फोडिएको गायक प्रमोद खरेलले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै गायक खरेलले बहुमुल्य सामान नभएकोले होला सामन भने केही पनि नहराएको बताएका छन् । उनले फेसबुकमा एउटा तडकारो प्रश्न भन्दै लेखेका छन गत हप्ता अमेरिकाबाट फर्कदा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टमको लक तोडिएको पाइयो। त्यसको ठिक १० दिनपछि कोरियाबाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेशबाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन । शायदफुर्सदमा
कोरियामा नेपाली दूतावासले संविधान दिवस मनाए
सउल दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले आइतबार संविधान तथा राष्ट्रिय दिवस मनाएका छन् । सउल स्थित दूताबासले आफ्नै प्रांगनमा आयोजना गरेको कार्यक्रममा झण्डोत्तलन गरी नेपालको राष्ट्रिय झण्डा फराउदै केक काटेर संविधान तथा राष्ट्रिय दिवस मनाए । सोही अवसरमा दूतावासले अग्रिम आवहान गरिएका कविता प्रतियोगिताको छनौटमा परेका कविता वाचन गरिएको थियो । छनौटमा परेका २० वटा कविता मध्ये ११ कविता कार्यक्रममा वाचन गरिएको थियो । प्रतियोगितामा जीवन खत्री प्रथम, सुरेश सम्वाहाम्फे द्धितीय र प्रमोद गौतमले तृतीय स्थान हासिल गरेका थिए । विजयीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो । कविता प्रतियोगितामा दूतावासबाटफुर्सदमा
कोरियामा रहेका संखुवासभालीहरुको नेतृत्वमा भूपालमान
सउल दक्षिण कोरिमा रहेको संखुवासभाबासीहरूको साझा संस्था संखुवासभा सम्पर्क परिवारको शुक्रबार सउलमा सम्पन्न दोस्रो अधिवेशनले भुपालमान बस्नेतको अध्यक्षतामा सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष श्री गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा १३ सदसिय नव कार्यसमिती चयन गरिएको हो । नव कार्यसमितीका पदाधिकारीहरुको नामवली निम्नअनुसार रहेको छ । अध्यक्ष – भुपालमान बस्नेत उपाध्यक्ष – याम बहादुर गुरुङ , तिर्थ कुलुङ, जीवन राना मगर सचिव – श्याम कुमार श्रेष्ठ सह सचिब – टेक लिम्बू कोषाध्यक्ष – अर्जुन निरौला सदस्यहरू मणिराज निरौला चन्द्र किरण घिमिरे मदन राई उत्तम बस्नेत इन्द्र कुमारफुर्सदमा
किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक
सउल किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचू किम्हे क्षेत्रीय समिती अध्यक्ष चित्र आङ्देम्बेले तृतीय पुरस्कार र पूर्वाञ्चल सरोकार समाज काजी नेपाप , किरात राई यायोक्खा पूर्व अध्यक्षफुर्सदमा
प्रधानमन्त्रीसंग जनजाति मन्त्रालय बनाउन माग

काठमाडौं-आदिवासी जनजाति अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति मन्त्रालय गठन गर्न माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाति दिवस सरकार आफैंले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् । आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल लगायतको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो । सिंहदरवारमा भएको भेटमा आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजातिका ११ मुद्दा र तत्काल कार्यान्वयन गर्नु पर्ने १० मुद्दा गरी २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । आदिबासी जनजाति दिवस सरकारलेफुर्सदमा
कोरियामा चुम्लुङले पूर्व मन्त्रीलाई स्वागत गर्ने

सोल-किरांत याक्थुङ चुम्लुङ कोरियाले पूर्व शान्ती तथा पुननिर्माण मन्त्री रकम चेम्जोङलाई स्वागत तथा सम्मान गर्ने भएको छ | चुम्लुङले आउदो छुसकका बेला एक कार्यक्रम आयोजना गरि चेम्जोङ स्वागत र सम्मान गर्न लागेको हो | पूर्व मन्त्री चेम्जोङ पार्टीको कोरिया संगठनको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका छन् | चुम्लुङले स्वागत तथा सम्मान कार्यक्रमको नारा ‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने राखेको छ | यसै अवसरमा चर्चित गायक नेपाली तारा ‘दिपक लिम्बू ‘को पनि उपस्थिती र वहाँको सोलो पर्फर्मेन्स हुने जनाइएको छ | उक्त दिन शुभकामना अादान प्रदानफुर्सदमा
कोरियामा सबैभन्दा बढी राशी पुरस्कार रहेको गुनसान नेपाली कपको टाइसिट सार्वजनिक

फोनिज कोरिया संवाददाता पछिल्लो समय कोरियामा खेलकुद गतिविधी बढ्दो छ । लाखौ पुरस्कार राशीको फूटबल र भलिबल प्रतियोगताहरुको आयोजना गरीन थालेका छन् । यसैक्रममा हालसम्मको सबैभन्दा बढी राशी प्रथम पुरस्कार ३० लाख वन राखिएको गुनसान नेपाली कपले कोरियाका नेपाली समुदायमाझ निकै कौतुहलता निम्ताएको छ । आगामी सेम्टेम्बर १४ तारिख छुसकमा आयोजना गरिने गुनसान नेपाली कम फूटबल टुर्नामेन्टको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । गुनसान नेपाली समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सो फूटबल खेल प्रतियोगितामा छिमेकी देश जापानबाट पनि खेलाडी सहभागी हुन आउने आयोजकले जनाएको छ । कोरियामा रहेकोफुर्सदमा