तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज

कोरिया स्थित गुल्मी सम्पर्क समितिको आयोजनामा सम्पन्न नवौं रेसुङ्गा भलिबल कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी गुल्मी सम्पर्क समितिले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा अक्टोबर ५ सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा सुदुरपश्चिम समाजलाई फाईनलमा हराउँदै गुल्मीले नगद २५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुदुरपश्चिमफुर्सदमा
काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध

दक्षिण कोरियामा कार्यरत काभ्रेलीहरूको साझा संस्था, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन शनिबार (अक्टोबर ४, २०२५) सोलस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष सुमन चौलागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली राजदूतावास, सोलका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बागमती प्रदेश सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष गौरव न्यौपाने, नेपाली सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष हर्क विष्टलगायत क्षेत्रीय संस्थाका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी थिए। नेपाल आदिवासी जनजाति महासंघफुर्सदमा
कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (Stock Broker No. 55) ले दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरुका लागि “नेपाली सेयर बजार सम्बन्धी सामान्य छलफल तथा सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अक्टोबर ४ देखि ९, २०२५ सम्म विभिन्न सहरहरूमा आयोजना गरिने कम्पनीले जानकारी दिएको छ। कार्यक्रम तालिका : • सौल : अक्टोबर ५ र ६, २०२५, पूजा रेष्टुरेन्ट, दोइदमुन • सुोन सिटी : अक्टोबर ७, २०२५, भेटघाट रेष्टुरेन्टको सभाफुर्सदमा
अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने

नेपकोर इन्टरटेनमेन्टले अक्टोबर ५ तारिख साँझ गर्ने नवाज अन्सारीको टिकट अर्ली बर्ड अनलाइनमा सोल्ड आउट भएको छ। तर कार्यक्रमको टिकट जिमनी अनलाईनमा भने अझै उअलब्ध रहेको छ। आयोजकले अनलाइन बूक गर्नेहरुलाई सहुलियत दर ३० हजार वनमा टिकट बिक्रि गरिरहेको छ भने कार्यक्रमको दिन डोर सेल भने ४० हजार वन रहेको छ। पछिल्लो समय यूवापुस्ता माझ रुचाइएका गायक अन्सारी विशेषतः र्याप हिपहप विधाका हुन्। उनको बबाल, ढाका टोपि मैलो, काजु लगायतकाफुर्सदमा
कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित

कोरियामा पहिलो पटक गायक सुजन चापागाईको प्रस्तुति हुने भएको छ। छुसकको अवसरमा उनले आफ्नो व्यण्ड सहित प्रस्तुति दिनेछन्। पाँचथर सेवा समाजले अक्टोबर ५ तारिख कार्यक्रम गर्ने भएको छ। समाजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुजन चापागाईलाई व्याण्ड सहित कोरिया उतार्ने निश्चित भएको उल्लेख गरेका छन्। साथै अध्यक्ष रमेश लावतीले कलाकारहरुको भिसा प्राप्त भएको पनि अवगत गराएका छन्। सुजन चापागाईं प्रेममुखी र रोमान्टिक गीतहरू मार्फत युवा वर्गमा विशेष रुचाइएका कलाकारफुर्सदमा
NRNA कोरियाको अध्यक्षमा पार्वती मोक्तान भारी मतान्तरले विजयी

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएका छन्। दक्षिण कोरियाको एन आर एन ए ले दोश्रोपटक महिला नेतृत्व पाएको हो। उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन्। आज बिहान १०:३० बजेदेखि ५ बजेसम्म अनलाइन भोटिङ गरिएको थियो। ९९१ जनाले निर्वाचनमा आफ्नो मत दिएका थिए। मोक्तानले ५७२ मत र भट्टराईले ४१९ मत प्राप्त गरेका छन्। कुल मतदातको ६९.९९ % मत खसेको थियो।फुर्सदमा
नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट

नेपाली ई-स्पोर्ट्स इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ । हिजो अर्थात् सन् २०२५ जुन २२ आइतबार सम्पन्न PMSL (PUBG Mobile Super League) प्रतियोगितामा चाईनिज टिम अल्फा गेमिङ विजेता हुदाँ नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै HORRA Esports दोस्रो र पाकिस्तानी 4T SPORTS ले तेस्रो स्थान हासिल गरेको छ । अल्फा गेमिङ, होरा स्पोर्टस् र फोटी स्पोर्टस् अगामी जुलाईमा साउदी अरबमा हुने प्रतिष्ठित PMGC (PUBG Mobile Global Championship) मा छनोट हुन सफलफुर्सदमा
एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न

सोल, दक्षिण कोरिया, जियोन्डुङ्सा गुम्बाद्वारा आयोजित २० औं आप्रवासी सांस्कृतिक महोत्सव “एशिया एक मित्र” यस वर्ष पनि जुन १५ आईबार भव्यताका साथ सम्पन्न भएको छ । अति सुन्दर र रमणीय स्थल गिम्पो गाङह्वा टापुमा अवस्थित ज्योनदोङसा गुम्बाले सांस्कृतिक आदानप्रदान, सञ्चार प्रवर्द्धन, र आप्रवासी तथा स्थानीय समुदायबीच एकताको भावना जगाउने मुख्य उद्देश्यका साथ आयोजित यो महोत्सव एसियाली संस्कृतिको एउटा अनुपम संगम साबित भयो । यस पटकको महोत्सवमा विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरूलेफुर्सदमा
दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day

हरेक वर्ष जुन ६ मा दक्षिण कोरियाले 현충일 (ह्योनछुङ्इल) अर्थात् शहीद स्मृति दिवस मनाउँछ । यो दिन राष्ट्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर शहीद तथा सैनिकहरूको सम्मान र सम्झनामा समर्पित छ। यो सार्वजनिक बिदा हो, जहाँ दक्षिण कोरियालीहरूले देशको रक्षाका लागि गरिएका सर्वोच्च बलिदानहरूलाई स्मरण गर्छन् । शहीद स्मृति दिवसको मुख्य समारोह राजधानी सियोलमा रहेको राष्ट्रिय चिहान (Seoul National Cemetery) मा आयोजना गरिन्छ। यस समारोहमा राष्ट्रपति, सरकारी अधिकारीहरू, सैनिकफुर्सदमा
दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था

दक्षिण कोरिया हाल एक अभूतपूर्व राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ। तत्कालीन राष्ट्रपति युन सुक योलको नाटकीय महाभियोग रत्यसपछिको आकस्मिक निर्वाचनले राष्ट्रलाई गहिरो संकटमा धकेलेको छ । यो निर्वाचन केवल नयाँ नेता चुन्नु मात्र नभई, देशको लोकतन्त्र, अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमाथि जनमतको फैसला हो । यसले दक्षिण कोरियाली लोकतन्त्रको लचिलोपन र जनताको सक्रिय सहभागितालाईउजागर गर्दछ, जसले संकटको समयमा पनि आफ्नो राजनीतिक प्रणालीलाई आकार दिन खोजेको देखिन्छ। यसपटकको निर्वाचनको दाउपेच निकै उच्च छ।फुर्सदमा