Advertisement
SKIP THIS

कोरियामा सबैभन्दा बढी राशी पुरस्कार रहेको गुनसान नेपाली कपको टाइसिट सार्वजनिक


फोनिज कोरिया संवाददाता

पछिल्लो समय कोरियामा खेलकुद गतिविधी बढ्दो छ । लाखौ पुरस्कार राशीको फूटबल र भलिबल प्रतियोगताहरुको आयोजना गरीन थालेका छन् । यसैक्रममा हालसम्मको सबैभन्दा बढी राशी प्रथम पुरस्कार ३० लाख वन राखिएको गुनसान नेपाली कपले कोरियाका नेपाली समुदायमाझ निकै कौतुहलता निम्ताएको छ ।

आगामी सेम्टेम्बर १४ तारिख छुसकमा आयोजना गरिने गुनसान नेपाली कम फूटबल टुर्नामेन्टको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । गुनसान नेपाली समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सो फूटबल खेल प्रतियोगितामा छिमेकी देश जापानबाट पनि खेलाडी सहभागी हुन आउने आयोजकले जनाएको छ ।

कोरियामा रहेको विभिन्न संघ संस्थाका टिम लगायत जापान एफसी गलायत २२ टिमले खेल खेल्नेछन् । सहभागी टिम धेरै भएपनि खेल  G1 , G2,  G3  गरी तीन वटा खेलमैदानमा खेलिने छ । खेला विहान ७ बजेबाट शुरु गरी साझ ६ बजे सक्काउने आयोजकले समयतालिका तोकेका छन् ।

खेललाई अनुसाशित बनाउन निर्धारित समयभित्र खेलाडी खेलमैदानमा पसी सक्नुपर्ने , ढिला भए १० मिनट पर्खदा पनि नआए स्वत प्रतियोगिताबाट बाहिरीने आयोजकले जनाएको छ ।

झल्लाबुक्दोको गुन्सान नेपाली समाजले ओसिक्दो माइग्रेन्ट सेन्टरसंग मिलेर सो फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । गुन्सानमा रहेका नेपालीहरुवीच एकता कायम गर्ने उद्देश्यले गठित गुन्सान नेपाली समाजले विभिन्न अवसरमा मनोरञ्नात्मक कार्यक्र गर्दै आएता पनि यसपाली पहिलो पटक फूटबल प्रतियोगिता गर्न लागेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...