मञ्जु गुरुइ०
कोरियामा मार्च १ तारिखको एतिहासिक महत्व
 
  			मञ्जु गुरुइ० दक्षिण कोरियामा मार्च १ तारिख सार्वजनिक विदा दिइन्छ । तर धेरै विदेशीहरुलाई थाहा छैन यो दिन किन विदा दिइन्छ । कोरियनहरुले यो दिनलाई पनि स्वातन्त्र दिवसको रुपमा मान्ने गर्छन । तर अगष्ठ १५ तारिख जापानबाट मुक्ती भएको दिनलाई पनि स्वातन्त्र दिवसकै रुपमा मान्ने भएकाले धेरैजना स्पष्ट छैनन् । त्यसैले यो दिवसको ऐतिहासीक महत्वलाई प्रष्टाउने प्रयास गरेको छु । यो दिनलाई कोरियन भाषामा सामइल छल भन्ने गरिन्छ । अर्थात साम भनेको ३ र इल भनेको १ छल भनेको दिवस भन्ने बुझिन्छ । मार्चको पहिलो दिन वा ३ महिनाको १फुर्सदमा
कोरियमा तिजको सान्दर्भिकता
 
  			मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ रहेका छन् भने कतिजना दर्शक बनेर अप्रत्यक्ष सहभागि भइ नै रहेका छन् । यसपाली कोरोना महामारीका कारण विगतमा जस्तो सामूहिक जमघटको ठूलठूलो चहल पहल नभएपनि घर घरमा तीज सलबलाई रहेको छ । सामाजिक संजालमा महिलाहरु रातै पहिरण र गहनाले रंगीन थालेको छ । प्रदेशमा बस्ने नेपाली पनि के कम । जति नै व्यस्त भएपनि आफ्नो संस्कार र संस्कृतीबाट कहाँ टाढा हुन सकिन्छ र । विश्वभरी छरिएर रहेका नेपालीफुर्सदमा
कोरियनसंग विहे गर्नु नेपाली महिलाको अपराध हो.. ?
 
  			मञ्जु गुरुङ मर्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस । विषेशत यो दिवस महिलाहरुको श्रम अधिकार बारे चर्चा गर्दै शुरुवात भएको थियो । तर पछिल्लो समय महिलाहरुको नैसर्गिक , आर्थिक , सामाजिक र राजनीतिक अधिकार जस्ता विविध मुद्यालाई उठान गर्ने अवसरकोरुपमा विस्तार हुदै छ । अन्तर्राष्ट्रिय स्तरमा मार्च १ तारिखदेखि नै साता व्यापीरुपमा महिलाका अधिकारबारे चर्चा गर्दै महिलामाथि हुने विविध हिंसाको उजागार गर्ने अवसरको रुपमा यो दिवस मनाउदै आएको छ । यसै सन्दर्भमा दक्षिण कोरियामा कोरियन नागरिकसंग विवाह गरेकी नेपाली महिलाहरु बारे चर्चा गर्ने प्रयास गरेको छु । कोरियन नागरिकसंग विभिन्नफुर्सदमा
कोरियाको सडकमा पैसा माग्दै नेपाली
 
  			सोल एक हट्टा कट्ठा सक्षम जवान युवा विदेशको सडकमा हात फैलाउदै पैसा माग्दा राष्ट्रको छवि कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । यसरी नै आप्mनो देश नेपालको छविलाई लज्जाबोद्ध गराउदै दक्षिण कोरियाको व्यस्त सडकमा पैसा मागिरहेको अवस्थामा भेटिए तीन नेपाली युवाहरु । शुक्रबार कोरियाको राजधानी सउलको नाम्भु (उत्तर दक्षिण ) बस टर्मिनलमा नेपाली युवा हातमा केहीपत्र देखाउदै बाटुवा कोरियनहरुसंग पैस मागिरहेका एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुइ०ले भेटिन । नजिकै रहेको एक जनाले आपूm नेपालमा प्राध्यपक भएको र कोरिया पढन आउदा खर्च नभएकाले बाटोमा यसरी माग्नु परेको बताउदै तर्किदैफुर्सदमा
एनसीसी कोरिया १६ औ अधिवेशनको संघारमा , अध्यक्षमा दुई दावेदारको टक्कर
 
  			सोल दक्षिण कोरियाको सबैभन्दा पुरानो तथा विभिन्न संघ संस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति (एनसीसी) को १६ औ अधिवेशन संघारमा छ । यही जुलाई ३० मा अधिबेशनको मिती तोकिएको छ । अधिवेशन आउन पाँच दिन बाँकी हुदा सम्पूर्ण तयारी पुरा भएको कार्यसमितिले जनाएको छ । हालसम्म १ हजार ४ सय ७१ जनाले आवेदन बुझाएको महासचिव राजु तामाङले बताए । यही जुलाईको १६ तारिखसम्म आवेदन दिने अन्तिम मिति तोकिएको थियो । अधिवेशनको लागि केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। जसमा राजुफुर्सदमा
कोरियामा राजदूत सिंहले मंगलबार ओहदा बुझाउदै इपिएस कोटा बढाउन अनुरोध गरे
 
  			सोल दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार कोरियाली राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएको दूताबासले जनाएको छ । दूताबासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरे अनुसार राजदूत सिंहले इपिएस कामदार बृद्धी गर्न राष्ट्रपति मुनलाई विषेश अनुरोध गरे । उहाँले कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यवाद सहित विषेश गरी उर्जा क्षेत्रमा कोरियन लगानी भित्राउन आग्रह गरे । राजदूत सिंहले आपसी सहयोगमा दुई देशको मैत्रिपुर्ण सम्बन्धलाई अझ बृद्धी गर्न उत्साहित रहेको भन्दै राष्ट्रपतिलाईफुर्सदमा
कोरियामा दूताबास आइतबार पनि खुल्ने भएपछि नेपालीहरु खुशी
 
  			सोल दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुको मागलाई पुरा गर्दै सउल नेपाली राजदूताबास आइतबार साप्ताहिक विदाको दिन पनि खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नव नियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले सो घोषण गरे । कोरिया आउनसाथ नेपालीहरुबाट आइतबार दूतावास खोल्न आग्रह आएकाले कामदारकोे सुविधालाई ध्यानमा राखी सो दिन दूतावास खोल्ने निर्णय गरेको राजदुत सिंहले बताए । परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशनको आवश्यक्ता नपर्ने, दूताबासलाई कसरी चलाउने आप्mनै जिम्मामा भएकाले अन्य कर्मचारीसंग सल्लाह गरी सोे निर्णय गरिएको राजदूत सिंह थपे । आइतबारको साटो शुक्रबार विदा गरिने भएकाले अबफुर्सदमा
कोरियामा मजदुरको तलब बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुग्यो
 
  			सोल दक्षिण कोरियामा मजदुरको तलब बृद्धी भएको छ । केही दिन देखि लगातार बस्दै आएको न्युनतम ज्याला निर्धारण समितीको शनिबार बसेको ११ औ बैठकले निर्धारण गरे अनुसार सन २०१८ को लागि मजदुरको पारिश्रमीक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धी भएको छ । अर्थात एक हजार ६० वन बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमीक ६ हजार ४ सय ७० वन रहेको थियो । ज्याला निर्धारण समितीमा रहेका जम्मा २७ सदस्यहरु मध्ये १५ जनाले पक्षमा र १२ जनाले विपक्षमा मत जाहेर गरेका थिएफुर्सदमा
कोरियामा सम्पन्न एसियन पारा तोक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जनाले कास्य जितिन
 
  			सोल दक्षिण कोरियाको छुङछुङ शहरमा शनिबार सम्पन्न तेस्रो एसियन पारा तोक्वान्दो च्याम्पियनसिशमा नेपाली चेली रञ्जना धामीले काँस्य पदक जितेकी छन् । धामीले ४९ केजी तौल समूह अन्तरगत के ५५ विधामा काँस्य जितेको टोली व्यवास्थपक दिपक विष्टले जानकारी गराए । धामी सेमी फाइनलमा मंगोलियन खेलाडी खुरेलवटर इन्ख्तुयासंग १४ ६ अंकले पराजीत भएपछि कास्यमै चित्त बुझाउनु परेको थियो । सोही तौल समूहका गोल्ड मेडल विजेता उनै मंगोलियन खेलाडीले बेष्ट फाइटरको उमाधी समेत हात पारेका थिए । नेपालबाट सहभागी तीन खेलाडीमध्ये पुरुष तर्फ ७५ केही तौल अन्तरगत के ४२ विधामा रोहित ह्याइ० राईफुर्सदमा
कोरियामा नेपालीको आफ्नै गुम्बा
 
  			सोल, विश्वमा छरिएका नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ , त्यहा नेपाली कला संस्कृती र धर्मको जग पनि बस्दै गएका छन् । विदेशमै परिवार सहित बर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्यु जस्ता धार्मिक संस्कार अनुसरन गर्न असहज स्थिती उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौ पुग्छन त्यहा मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालै सउल नेपाली गुम्बाको स्थापना गरेको छ । डेढ दशक भन्दा बढी कोरियामा बस्दै आएका बौद्ध लामा गुरु कुन्साइ० दोर्जे लामाकोफुर्सदमा
 
     
     
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	