कोरियामा कुमारी
कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) आइतबार सम्पन्न भएको छ। १६ वटा मुलुकको सहभागिता रहेको २० औं माम्फ कार्यक्रममा तीन दिनसम्म सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृति प्रर्दशन गरेका थिए। माम्फको विशेष आकर्षण धामुन्ह्वा परेडमा यो पटक नेपालको तर्फबाट नेवारी समुदायको कुमारी रथ यात्रा , लाखे नाच र धिमे नाचलाई प्रस्तुत गरिएको थियो।
नेपालको तर्फबाट गरिएको औपचारिक कार्यक्रममा महामहिम राजदूत डा•शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ् को उपस्थिति रहेको थियो। हजारौ दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालको तर्फबाट गायिका मिलन नेवारको सांगीतिक प्रस्तुति रहेको थियो।






