कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक
गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले कोरियामा रहेको दुइ समानान्तर एनआरएनएबीच एकता हुनसक्ने संकेत गरेका छन्। अक्टोबर २५ मा रिक्त पदमा पदपूर्ती गरिएको जानकारी गराउने कार्यक्रममा उक्त विषयमा उनले खुलेर कुरा राखेका थिए। साथै कार्यक्रममा संस्थामा भएको महासचिव विवाद बारे स्पष्टिकरण, आर्थिक पारदर्शिता र संस्थाले गरेको सामाजिक कार्यको पनि जानकारी गराइएको थियो।
सल्लाहकार एवम कोरियामा रहेका संस्थाहरुको पनि NRN एकता बारे सुझावलाई सकारात्मक लिँदै उनले अर्का NRNA अध्यक्ष पार्वती मोक्तानसँग एकल साथै समिती बनाएर एकताको छलफल अगाडी बढाउन सकिने बताएका थिए। यसैगरी उनले दुइ NRNA मिलेर अघि बढ्दै नेपाल चिनाउने साँस्कृतिक कार्यक्रम पनि एकसाथ गर्न सकिने विचार राखेका थिए। समाजमा संस्थाले गरेको राम्रो कामको मूल्याङ्कनभन्दा NRNA संस्था विवादिद संस्था हो , गलत हो भन्ने कन्सेप्ट रहेको उधृत गर्दै NRNA मिलेर जानुपर्ने नितान्त आवश्यक रहेकोमा जोड दिएका थिए।
संस्थामा आर्थिक घोटालाको प्रसंगमा उनले यो सबै झुट रहेको कुरा उल्लेख गर्दै हरेक हिसाब किताब हुँदा अध्यक्ष कोषाध्यक्ष र सह कोषाध्यक्षकोमा म्यासेज आउने र खर्चको विवरण तुरुन्त समितीमा जानकारी गराइने स्पष्ट पारेका थिए। आफ्नो संस्थामा पारदर्शिता रहेको उनले दोहोर्याए। संस्थाको रिक्त पद महासचिवमा नरेश शर्मा, सचिवमा अनन्त आचार्य यूवा संयोजकमा खगेन्द्र जोशि र सदस्यमा सञ्जीव जंग कार्कीलाई चयन गरिएको थियो।
निवर्तमान महासचिवको विवादमा आफूहरुले उनको योगदानलाई कदर गर्दै आगामी दिनमा बिगतका कुराहरु नकोट्याउने प्रस्ट पार्दै व्यक्ति भन्दा सस्था ठूलो भएकोले गल्ति गरेमा अध्यक्ष सल्लाहकार वा संरक्षक जो कोही कारबाहिको दायरामा आउने बताएका थिए। उनले सल्लहकारबाट सकारात्मक सल्लाहको अपेक्षा गर्दै निष्कृय सलाहकारहरुलाई मार्ग प्रशस्त गरिदिन पनि अनुरोध गरेका थिए।
कार्यक्रममा हेल्प डेस्क सञ्चालन अघि र पछिका सस्थाले गरेका कामहरु सार्वजनिक गरिएको थियो। केहि केसहरु अझै पनि चलिरहेको अवगत गराइएको थियो। कोरियामा नेपालीको संख्या बढेसँगै समस्याहरु पनि बढेको उनको तर्क थियो। कोरियामा ९९% नेपाली केहि न केहि समस्यामा रहेको बताउँदै त्यस्ता समस्याहरुको समाधान आफूहरुले गरेको साथै वकिलको सहायतामा कतिपयको उद्दर गरेको जानकारी गराएका थिए।
समाचार सम्प्रेषाणमा केहि मिडियाले विवादित कुरालाई झन विवाद बनाउन पार्ट १,२,३ गर्दै समाचार सम्प्रेषण गरेको प्रति दुख व्यक्त गर्दै समाजलाई हित हुने काममा मिडियाले भूमिका खेल्न आग्रह गरेका थिए।