Advertisement
SKIP THIS

कोरियाको सडकमा पैसा माग्दै नेपाली


सोल
एक हट्टा कट्ठा सक्षम जवान युवा विदेशको सडकमा हात फैलाउदै पैसा माग्दा राष्ट्रको छवि कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । यसरी नै आप्mनो देश नेपालको छविलाई लज्जाबोद्ध गराउदै दक्षिण कोरियाको व्यस्त सडकमा पैसा मागिरहेको अवस्थामा भेटिए तीन नेपाली युवाहरु ।

शुक्रबार कोरियाको राजधानी सउलको नाम्भु (उत्तर दक्षिण ) बस टर्मिनलमा नेपाली युवा हातमा केहीपत्र देखाउदै बाटुवा कोरियनहरुसंग पैस मागिरहेका एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुइ०ले भेटिन । नजिकै रहेको एक जनाले आपूm नेपालमा प्राध्यपक भएको र कोरिया पढन आउदा खर्च नभएकाले बाटोमा यसरी माग्नु परेको बताउदै तर्किदै भागेको लामाले बताइन ।

ती युवाले इन्टरनेशनल रिलिफ फ्रेण्डशिप फाउण्डेशन (आइ.आर.एफ.एफ नेपाल) नामक संस्थाको पत्र देखाउदै पैसा माग्दै हिडेका थिए । सोही संस्थाको लेटरप्याडमा सचिव प्रिया रत्नम हर्जनको हस्ताक्षर गरिएको “जो जससंग सम्बन्धीत छ ” भन्ने शिर्षकमा पत्र लेखिएको छ । पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयमसेवी विद्यार्थिहरुले गरिब बाबालिकाको लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख गरिएको छ । यो संस्थाले नेपालमा अनाथ तथा गरिब बालबालिको लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जानकारी पनि गराएको छ ।

यस घटना बारे दूतावासलाई सूचित गरिएको एनआरएन अध्यक्ष लामाले बताइन । लामाका अनुसार दूताबासले यस घटनाबारे थप अध्ययन गर्ने बताएका छन् । काम गर्न सकिने राष्ट्र कोरियामा पनि बाटोमा हिड्ने बटुवासंग व्यक्तिगत पैसा माग्दै हिडेको देख्दा दुःख लागेको उनले थपे । ती युवाबाट प्राप्त चन्दा दिइने व्यक्तिहरुको नामावली अनुसार एक जनाले पाँचहजार देखि पाँच लाख वन (रु.५० हजार) सम्म पैसा दिएका देखिएको छ ।

यसरी कोरियाको सडकमा पैसा माग्ने युवा उनीहरु पहिलो भने हैनन् । विगतमा पनि यस्तै युवाहरुलाई कोरियाको सडकमा केही नेपालीहरुले भेटेपछि नेपालको बेइच्जत ग¥यो भन्दै नेपाली राजदूताबासमा पुराएका धेरै उदाहरण छन् । सन २०१२ मा सुवन शहरको एक विश्वविद्यालयको अगाडी बाटोमा गरिब बालबालिकाहरुको तस्वीर देखाउदै यसैगरी पैसा मागिरहेको भेटेपछि स्थानिय नेपाली व्यवसायी बुद्धी गुरुङ र कहरमान राईले पक्रेर मोटरमा राखी तत्काल सउल स्थित राजदूताबासमा पुराएका थिए । तत्कालिन राजदूत कमानसिंह लामाले सोधपुछ गरी अब यस्तो नर्गनु, फेरी यसरी भेटिए प्रहरीलाई जिम्मा दिने डर देखाएर पठाइ दिएको व्यवसायी गुरुङको अनुभव छ ।

यसरीनै पटक पटक गरी करिब ९ जनाजति यस्ता युवाहरुलाई सडकमा भेटिएपछि दूताबास पुराएको सउलका अर्का व्यवसायी पुरु जोशी बताउछन् । तर दूताबास र कोरियन प्रहरीले पनि उनीहरुलाई केहीगर्न नसकेको गुनासो छ उनीसंग । सन २००७ सालदेखि नै कोरियाको सडकमा यसरी नेपालीहरु माग्दै गरेको भेटिएको जोशीको अनुभव छ । कोरियाको क्रिष्चन विश्वविद्यालय सनमुनबाट विद्यार्थि भिषा मिलाई युवाहरु कोरिया प्रवेश गर्ने गरेको जोशीको भनाइ छ । ती पैसा माग्ने युवाहरुसंग बुझदा नेपालका पूर्व मन्त्री एक नाथ ढकाल संलग्न भएको बाल्र्ड पिस नामक क्रिष्चीयन संस्थाबाट युवा युवतीलाई भिषा बनाई कोरिया पठाएर सडकमा यसरी नै पैसा माग्न लगाउने गरेको पाइएको जोशीले बताए । यसरी उठाएका पैसाहरु संस्थालाई बुझाउने र कमिसनकोरुपमा आपूmले केही पाउने गरेको यस्ता कार्यमा संलग्न युवाहरुले बताएको जोशीले सुनाए ।

बाटोमा पैसा मागिरहेको दृश्यलाई कैद गरी फेसबुक मार्फत सार्वजनिक गर्दै कोरियामा यसका विरुद्धमा अभियान नै संचालन गरेपछि केही कम भएको महशुस गरेका थिए । तर फेरी यस्ता गतिविधी शुरु हुनथालेको पाइएको छ । कोरियामा स्थानिय मिडियाबाट पनि यसका विरुद्धमा समाचार र लेखहरु प्रकाशन र प्रसारण गरी नेपालीहरु विरुद्धमा उत्रेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...