Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध


दक्षिण कोरियामा कार्यरत काभ्रेलीहरूको साझा संस्था, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन शनिबार (अक्टोबर ४, २०२५) सोलस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष सुमन चौलागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली राजदूतावास, सोलका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

बागमती प्रदेश सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष गौरव न्यौपाने, नेपाली सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष हर्क विष्टलगायत क्षेत्रीय संस्थाका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी थिए। नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईसहित विभिन्न जातीय संस्थाका प्रतिनिधि र काभ्रेलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

औपचारिक सत्रपछि बन्द सत्रमा संस्थाको प्रगति विवरण र भावी योजना सहितको प्रतिवेदन सहसचिव राजेन्द्र प्रधानले प्रस्तुत गरे। सह-कोषाध्यक्ष सन्दीप थिङले आर्थिक विवरण पेश गरे। सोही सत्रमा सातौँ अधिवेशनको विधान परिमार्जनसहित पारित गरियो।

नव निर्वाचित अध्यक्ष सुष्म थापा

संरक्षक गणेश तिमिल्सिनाको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको थियो। सर्वसम्मतिमा सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भयो।

नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: सुष्मा थापा
वरिष्ठ उपाध्यक्ष: हिमाल स्याङ्तान तामाङ
उपाध्यक्ष: नारायण घिमिरे, सुजन सापकोटा
महिला उपाध्यक्ष: सबिना तामाङ (सयरा तामाङ)
सचिव: राजेन्द्र प्रधान
सहसचिव: राजेन्द्र लोप्चन
कोषाध्यक्ष: सन्दीप थिङ
सह-कोषाध्यक्ष: निकिता थापा
सदस्य: सागर तामाङ, भीमसेन वाइवा, सुरज काफ्ले, सुमन पराजुली, दीपेश लामा, प्रितम लामा

नवनिर्वाचित अध्यक्ष सुष्मा थापाले काभ्रेलीहरूको एकता र सामाजिक हितका लागि संस्थालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाली शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...