Advertisement
SKIP THIS

नेपाल मगर संघ जेजुदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन २०२५ सम्पन्न, झरना पुन मगर अध्यक्षमा निर्वाचित


जेजुदो, दक्षिण कोरिया। दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको एक महत्वपूर्ण संस्था नेपाल मगर संघ जेजुदो शाखाले आफ्नो ऐतिहासिक दोस्रो अधिवेशन २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
संघको एकता र सहकार्यको उदाहरण दिँदै, अधिवेशनले अध्यक्ष जस्तो गरिमामय पदमा झरना पुन मगरज्यूलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। मगर समुदायको हित र प्रवासमा रहेका नेपालीहरूको एकताका लागि क्रियाशील यस संस्थाको नयाँ नेतृत्वले थप उर्जाका साथ काम गर्ने विश्वास लिइएको छ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश बुढाथोकी, उपाध्यक्षमा तुल बहादुर मगर, सुरेन्द्र राना मगर र महिला उपाध्यक्षमा रजन मगर चयन भएका छन् । महा-सचिवमा रमेश राना मगरमा सचिवमा दिवश आले मगर र विनु अस्लामी मगर कोषाध्यक्षमा दिप्सा लामिछाने, सह-कोषाध्यक्षमा कुमार पुन मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भक्त वीर थापा मगर, डम्बर थापा मगर, विजय आले मगर, सारु मगर,रामु थापा मगर, बेगम घर्ती मगर, लिलम्बर गाहा मगर, शोम बहादुर थापा, पुर्ण बहादुर राना मगर , लक्ष्मी पुन मगर, सुष्मा मगर, मनु घर्ती मगर, ममता श्रीस, हिमाल राना मगर, दान बहादुर घर्ती मगर, सन्दिप थापा मगर, .बि. थापा मगर निर्वाचित भएका छन् ।

झरना पुन मगरको नेतृत्वमा नेपाल मगर संघ जेजुदो शाखाले थप सफलता हासिल गर्दै मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...