देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले वृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। अक्टोबर २६ आइतवारका दिन ह्वासङ विदेशी कल्याणकारी केन्द्रको हलमा कार्यक्रम आयोजना गरेको थियो। 
तिहारको झल्को दिएर नेपालको याद दिलाउने उक्त कार्यक्रममा नेपाली मौलिक परिकार सेलरोटी, विभिन्न अचार, तरकारी आदि मिष्ठान्न भोजन रहेको थियो। कार्यक्रममा सानी नानी केल्बिना खत्रीको नृत्यले सबैको मन जितेको थियो। यसैगरी ह्वासङ साँस्कृतिक टोलीले पनि आफ्नो प्रस्तुती दिएका थिए। सामूहिक देउसी भैलो खेलेर माहोल निकै तिहारमय बनेको थियो। अन्तमा द यात्री व्याण्डले आफ्नो नयाँ गीत सहित अन्य नेपाली चर्चित गीतहरु पस्केर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
संस्थाका अध्यक्ष सजना याक्सोको अध्यक्षता र संरक्षक खगेन्द्र खत्रीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। दिउँसो १२ बजेदेखि शुरु भएको कार्यक्रम बेलुकी ५ बजेसम्म चलेको थियो।
कार्यक्रममा ह्वासङ लगायत फेन्तेक छनान, सुवन, सौल लगायतका स्थानहरुबा ट नेपालीको बाक्लो उपस्थिति रहेको थियो।