तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विजयादशमीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

अनेसासको आयोजनामा गत आईतबार दशैं विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रवासी स्रष्टाहरूले दशैं विशेष रचनाका साथै आफ्ना मौलिक रचनाहरू वाचन गरेका थिए । दशैं विशेष रचना वाचन कार्यक्रममा सर्वज्ञ वाग्ले, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, बिमला ढुंगाना, तीर्थ अधिकारी, निजानन्द मल्ल, तारा अधिकारी, सरिता अर्याल, शकुन्तला ज्ञावली, तीर्थ पाण्डे, लालगोपाल सुबेदी, प्रमोद सारंग, राजन महर्जन लगायतले दशैं विशेष रचना वाचन तथा शुभकामना व्यक्त गरेका थिए । वरिष्ठफुर्सदमा

अनेसास कविता महोत्सव भव्य रुपले सम्पन्न

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव- २०२२ का लागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचन गरेका थिए । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट र पवन विक्रम परियार विजयी भएका छन् । २४ सेप्टेम्वर शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ जुमका माध्यममा सम्म्पन्न भएको सो कार्यक्रममा सहभागी प्रतियोगीले कविता वाचनफुर्सदमा

कोरियामा बृहत् साहित्य मेला भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरले यो वर्ष पनि दक्षिण कोरियाको राजधानी सोलमा काव्यसुधाको १५३औं शृङ्खला “बृहत् साहित्य मेला” भव्य रूपले सम्पन्न गरेको छ । कोरियामा चर्चित कवि खोम गुरुङ, विजयता भण्डारी, मातृहाङ नेम्बाङले हृदयस्पर्शी कविता वाचन गरेका थिए । त्यस्तै प्रसिद्ध गजलकार कृष्ण भण्डारी, कृष्ण रिजाल, रेशम अधिकारीले उत्कृष्ट गजल सुनाएका थिए । कार्यक्रममा मुक्तककार रुशन सुवेदी, प्रचण्ड सापकोटा र समीप खेम पुनले सुन्दर मुक्तक प्रस्तुत गरेका थिए । यसरी कविता, गजलफुर्सदमा

गजल शिरोमणि मोतीराम भट्टको जन्मजयन्ती भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरले प्रत्येक वर्षझैँ यो वर्ष पनि गजल शिरोमणि मोतीराम भट्टको १५७औं जन्मजयन्ती गजल वाचनका साथ भव्य रूपले सम्पन्न गरेको छ । भट्टको सम्झनामा चार उत्कृष्ट गजलकारका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा गजलकारहरू विनोद परिवर्तित, गोपीकृष्ण लामिछाने, लक्ष्मी रेग्मी खनाल र विजय अधिकारीले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए । च्याप्टरका अध्यक्ष ह्यारी बोन्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजफुर्सदमा

काव्य-सुधा’ अन्तर्गतको गजल मुशायरा भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरको नियमित रचना वाचन कार्यक्रम ‘काव्य-सुधा’ अन्तर्गतको १५१ औं शृङ्खलास्वरुप ‘गजल मुशायरा’ भव्य रूपले सम्पन्न भएको छ । पाँच उत्कृष्ट गजलकारहरूका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । लामो समयपछि भौतिक रूपले सम्पन्न सो मुशायरामा आर.एन. अधिकारी, निर्दोष शिव, डीआर सूर्य, सुमन तिमलसिना र धीरेन्द्र स्पन्दनले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए । करिब ३ घण्टा लगातार सम्पन्न सो कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष ह्यारी बोण्डले गरेका थिए भनेफुर्सदमा

‘यादको सन्दुक’ सउलमा विमोचन

दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ दक्षिण कोरियामा विमोचन गरेको छ । आइतबार सउलमा इतर अभियानले आयोजित कार्यक्रममा विमोचन गरेको हो । नेपालमा २ हप्ताअघि विमोचन गरिएको कृति हङकङ साहित्यिक साँझ श्रृंखलामा पनि गतहप्ता विमोचन गरिएको थियो । यसअघि राष्ट्रिय दैनिक र अनलाइनमा कविता, कथा, गीत लेख्दै आइरहेको कवि दिपाले पहिलो साहित्यिक कोसेली ‘यादको सन्दुक’ ल्याएकी छिन् । विमोचनको दोस्रो भागमा कृति माथिको संवार्तामा मुख्य वक्ता पराजित पोमु, वक्ताहरुमाफुर्सदमा

अनेसास कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा ह्यारी बोन्ड

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न भएको छ । कोरियामा साहित्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने संस्था अनेसासको पुरानो कार्यसमितिको समयावधि सकिएसँगै यस च्याप्टरले भर्चुअल माध्यमद्वारा मिति २०७९ असार १२ गते सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न अधिवेशनमा अनेसास एसिया क्षेत्रिय कमिटीका संयोजक कृष गुल्मेली बाबूले प्रमुख अतिथिको भूमिका निभाएका थिए । त्यस्तै भूतपूर्व अध्यक्ष कमलप्रसाद अर्याल, कोरियामा सक्रिय साहित्यकारफुर्सदमा

फरक

पसिना बग्दै झर्छ पैताला तिर उता हुँदा अलिकति निधारमा पसिना आउँदा पनि थचक्क बसिन्थ्यो चौतारीमा पुछिन्थ्यो झुम्के रुमालले यता त झरिरहन्छ पसिना म मेसिन, काम गरि रहन्छु । गाउँमा घाम आए पछि ज्यानमा ज्यान आउँथ्यो यहाँ घाम आए पछि अलिकति बाँकी रहेको ज्यान पनि मरेर जान्छ । घाम उही हो हावा उस्तै हो । भञ्ज्याङ डाँडामा उक्लिए पछि हावाको एक झोक्का छोएर जान्थ्यो सुमसुम्याउँदै मेरो जवानीलाई कम्पनीमा फ्यान छन् ठूलाफुर्सदमा

दिपा मेवाहाङको कविता संग्रह “यादको सन्दुक” विमोचित

काठमाडौं | दिपा मेवाहाङ राईको कवित संग्रह “यादको सन्दुक” विमोचन भएको छ । सोमवार (असार ६ गते) काठमाडौं थापागाउँ स्थित मन्डाला थिएटरमा विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो । मन्डाला थिएटरको नाटक घरमा भएको उक्त कार्यक्रममा विमर्शकर्ताको रुपमा विप्लप प्रतीक, बिना थिङ तामाङ, पसुपति राई र अर्पण उत्कर्षको उपस्थिति रहेका थिए । सर्जक चारैजनाले संयुक्त रुपमा यादको सन्दुकको विमोचन गरेका हुन । कार्यकममा बोल्दै विमर्शकर्ताहरुले कवि दिपाले प्रवासमा रहेरपनिफुर्सदमा

कथाकार दिलिप वान्तवा राईको पुस्तक ‘ताल्चा’को विमोचन

दक्षिण कोरियाको व्यस्त दैनिकीमा पनि श्रृजनात्मक कार्य गर्ने युवाहरुको कमि छैन । चित्रकला, साहित्य र गायन क्षेत्रमा यहाँका युवाहरुले राम्रै गरि रहेका छन् । भोजपुरका कवि तथा कथाकार दिलिप वान्तावा राईले पनि आफ्नो व्यस्त दैनिकीबाट केही समय निकाल्दै कथाहरु लेखेका छन् । उनको कथासंग्रह ताल्चा आइतबार विमोचन भएको छ । पुस्तक विमोचन आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया शाखाले भर्चुअल माध्यमबाट गरेको हो । कार्यक्रमलाई साहित्यकारहरु उपेन्द्र सुब्बा, बिना थिङफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...