Advertisement
SKIP THIS

एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ। बिपिन गुरुङ नेतृत्वको एन आर एन एले आज बसेको समितीको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

संघको विधान धारा १३ उपधारा ७ अनुसार संरक्षक , उपधारा ६ बमोजिम वरिष्ठ सल्लाहकार र सल्लाहकार र धारा १८ को उपधारा २:३ बमोजिम संघको महिला उपाध्यक्ष र सदस्य पदपुर्ति गरिएको हो ।

संरक्षकमा डा• प्रकाश धमाला र लक्ष्मी लामा गुरुङ, वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा , गिरिराज कुवंर , डा•अग्नि राज कोइराला र सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्ति भएका छन्।

कार्यसमितिको रिक्त पदहरूमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन नियुक्ति गरिएको छ।

संघले प्रत्येक व्यक्तिको समाज, समुदाय र एनआरएनए अभियानप्रति पुर्‍याएको योगदान र सक्रियतालाई नजिकबाट मूल्याङ्कन गर्दै नियुक्ति गरेको अध्यक्ष बिपिन गुरुङले जानकारी दिएका छन्। नयाँ नियुक्तिहरूको अनुभव, दृष्टिकोण र मार्गदर्शनले संघको कार्यसञ्चालन अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र सशक्त बनाउने विश्वास गरिएको छ।

महासचिव अजय सोडारी का अनुसार, “हाम्रो संघले विगतमा योगदान पुर्‍याएका सबै व्यक्तिहरूको सक्रियता र नेतृत्व क्षमतालाई उच्च सम्मानका साथ मूल्याङ्कन गरी गरिमामय पदमा नियुक्ति गरेको हो। नयाँ नियुक्तिहरूले संघलाई आगामी कार्यकालमा नयाँ उचाइमा पुर्‍याउनेछन्।”

नयाँ नियुक्त पदाधिकारीहरूले आगामी कार्यकालमा संघका दीर्घकालीन योजना र कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्दै गैरआवासीय नेपाली समुदायको हितमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...