सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने

किरात राई यायोक्खा दक्षिण कोरियाको साहित्य विभागद्वारा “सुम्निमा पारुहाङ साहित्य साँझ ” कार्यक्रम हुने भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित साहित्यिक कार्यक्रम जनवरी २१ का दिन दिउँसो ३ बजेदेखि हुने सूचना तथा सञ्चार प्रमुख अर्जुन साम्पाङ राईले जानकारी गराएका छन्।
पहिलो पटक गर्न लागिएको उक्त कार्यक्रम दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभा हलमा हुने निश्चित भएको छ। कोरियामा रहेका नेपाली साहित्य प्रेमीहरुले सिर्जना सहित सहभागी जनाउन सक्ने अध्यक्ष पदम राईले जानकारी दिएका छन्। यस कार्यक्रम सम्बन्धि थप जानकारीका लागि साहित्य विभाग प्रमूख कवि सुष्मा रानाहँमा र जनसम्पर्क विभाग प्रमुख कवि दिपा मेवाहङलाई सम्पर्क गर्न सकिनेछ।