‘सपनाको देश कोरियामा’ विमोचन


सोलुखुम्बु समाज दक्षिण कोरियाका अध्यक्ष राजु राईद्धारा लेखिएको पुस्तक ‘सपनाको देश कोरियामा’ विमोचन भएको छ । कोरियाली नयाँ वर्ष सलनालको पहिलो दिन शनिबार समाजको २० औं स्थापना दिवस पारेर पुस्तक विमोचन भएको हो । सोही कार्यक्रममा समाजको स्मारिका पनि विमोचन भएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले संस्थाले २०औ स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गरेकोमा बधाई दिदै पुस्तक सपनाको देश कोरियामा संग्रह माथि चर्चा गर्दै आफू पनि २७÷२८ वर्ष अघि ठूलो सपना बोकेर कोरिया प्रवेश गरेको बताए । त्यही सपना पूरा गर्न गरेका हजारौं संघर्ष बारे आफुलाई पनि लेख्ने इच्छा जागेको बताए । त्यस्तै मधुवन साहित्यिक प्रतिष्ठान नेपालका अध्यक्ष कवि जीवन खत्री, आदिवासी जनजाति लेखक संघ कोरियाका संयोजक कवि पराजित पोमुले पुस्तक माथि चर्चा र सुझाव दिएका थिए ।
समाजको बार्षिक साधारणसभामा कोषाध्यक्ष प्रविन राईले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए भने सचिव वसन्त नाछिरिङ्ले वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी विधान संशोधन समितिका संयोजक युगेल तेन्डुप शेर्पाले उक्त बार्षिक साधारण सभा संसोधित विधान प्रस्तुत गर्दै संसोधित विधानका दफा, उपदफा माथी प्रस्ट पारेका थिए । साधारण सभाको बहुमतले संसोधित विधानलाई अनुमोदन गरेको थियो ।
सोलुखुम्बु समाजको स्मारिकामा संस्थाको सुरुवाती चरणदेखि अहिलेसम्म संस्थाले गर्दै आएका सामाजिक गतिबिधिहरु समेटिएका छन् । साथै सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सोलुखुम्बु जिल्ला भित्रका १ नगरपालिका र ७ गाँउपालिकामा रहेका धार्मिक, साँस्कृतिक ऐतिहाँसिक स्थलको लेख तथा रचनाहरुलाई समेत समेटिएको संस्थाको अध्यक्ष राजु राईले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...