बाआमा !


मेरा बा आफै बिन्दास थिए । छन् । गाउँघरका गफ बुन्छन् । गाउँलेलाई सुनाउँछन् । मस्तराम । मान्छेको गफमा गफिन्छन् । बाँकी एक थान खुँखार कम्युनिष्ट हुन् । उनलाई माओ, लेलिन, माक्स वा चे जस्ता नेता कुन चराको नाम हो थाहा छैन । तै पनि जब्बर कम्युनिष्ट हुन् । उनी गाउँकै कमरेडका गफ सुन्छन् र गफ लाउँछन् ।
अरु जे मिले पनि नमिले पनि हामी झन्डै सर्बहारा भन्न सकिदो हो । हामी दाजुभाइ र दिदीबहिनीको डफ्फालाई बाआमाले दुःख जेलो गरेर पालेकै हुन् । कसरी पाले होलान् म अहिले सोचेर गम खान्छु ।
हामी बिरामी भए !
आमा बालाई भन्दि हुन् पाराङ दा तिक ताजी । ‘ज्याना हुँबा आरे । चाबा आरे ।’ (माइलोलाई के भो । राम्ररी सुतेको पनि छैन । खाएको पनि छैन । )
बा भन्दा हुन् ‘बढ्ताबा कोला चुस्सान हो ।'( बढ्ने मान्छे यस्तै हो ।)
एक दिन पछि आमा भन्दिहुन् ‘कोला दा ज्यावा आतानी । तिलो हो च्या आतो ?’ (छोरालाई सन्चो भएन हेर्नु पर्दैन ?)
लु लु ।
बा साना निता झारफुक पनि गरि टोपल्छन् । त्यसैले जोखाना हेर्छन् । कपिको पानामा आफूले जानेको देबीदेउता र भूतपिचास सबैको नाम लेख्छन् । थालमा पानी हाल्छन् । थालै भरि लेखेको कपि सानो सानो टुक्रा पारेर बिचमा बटुको घोप्ट्याउँछन् । अनि बटुको माथि काचो धागोमा घ्यू दलेर बाल्छन् ।
एक छिनमा पानीमा फोका भकभकाउँछ । जुन देउता वा भूत तिर पानी भक्काउँछ । बालाई पक्का हुन्छ । छोराछोरीलाई त्यही भूतदेउता लाग्यो भन्ने । उनी आफैले सकेको मन्छाउँछन् । पन्छाउँछन् । देबिदेवताको नाम भन्छन् । तीनलाई भाकल गर्छन् । पाठी ल्याउँला । कुखरा ल्याउँला । सन्तानलाई तिम्रो पाइतालामा ढोग्न पुर्याउँला । ठीक गराई देउ । बा तीनलाई बिन्ति गर्छन् । आमा छेउमै बसेर हामीलाई हेर्दी हुन् । बा मन्त्र फलाक्दा हुन् । आमा सन्तानलाई राम्रो हुनेमा विश्वास गर्दि हुन् ।
दुनियाँ कताबाट कता पुग्यो हाम्रा बालाई बाल मतलब । उनी आफ्नै दुनियाँमा छन् । अलिकति विज्ञान जान्नेले सिधै भन्न सक्छ काँचो धागोले गर्दा बटुकोमा भएको चिसो हावा तातेर पानीको फोका उठाको हो । हाम्रा बालाई बालमतलव ।
दुई चार दिनमा ठीक हुँदो हो । हामीलाई बोकेर बाआमा देउताका थानमा पुग्दा हुन् । ज्या है गाउँका पाका कम्युनिष्ठका जिन्दगी यस्तै हुँदो हो । दुई चार दिनमा ठीक भएन भने बा भन्दा माथिल्लो तहका धामीझाँक्री आउँदा हुन् । कुखुरा निमठिदो हो । दोबाटोमा बेसार ध्यू दलेको तार्मो फालिदो हो । त्यति गर्दा पनि भएन भने बल्ल चरिकोट लगिदो हो ।
सदरमुकाम चरिकाट पुग्नु हाम्रा लागि एक दिन पैदल हिड्नु थियो । विरामी छोरा बोकेर जाँदा झन समय लाग्ने भैहाल्यो । त्यसैले दुई या तीन दिनको काम थियो । खर्च पनि चाहियो । पैसा सर्वहारासँग हुने कुरै भएन । बाख्रो, कुखरा बेचेर वा ऋण खोजेर जान्थे होलान् । यो सबै कुराको मेलोमेसो मिलाउन कम्तिमा दुई हप्ता लाग्दो हो । विरामी भएका हामी आँखा भित्रै पसेको हुँदो हो । स्वर धसेको हुँदो हो ।
डाक्टर हुँदो हो कि अहेब हुँदा हुन् । तिनी हामीलाई देखेर छक्क पर्दा हुन् । कति महिना भएको हात्ति छापे चप्पल पटकाउँदै हिडेको सर्वहारा आयो अस्पताल । बा सुर्ति पिउनु पिउँथे । दुई हात उतैबाट बुङबुङ गनाउँदो हो । हामीलाई चरिकोटकाले देखेर सोच्दो हो कुन ग्रहबाट झुल्के यी वन मान्छे ?
………………………………….
सबै बाअामाका दुःख अनेक होलान् ।
छोरा भरखर ६ महिनामा लाग्दैछ । तल्लो तिरका दुई वटा दात छ । मास्थिरका चारवटा । मलाई देख्दा त्यही दाँत देखाएर हास्छ । दुई हातको भरमा घिस्रिएर यता उता गर्छ । खेल्न मन लाग्दा खेल्छ । मन नलाग्दा सुति दिन्छ । कुनै पनि शब्द प्रष्ट बोल्दैन । हाहाहुँहँु गरि रहन्छ । हामी ठान्छौ त्यो हामीले जानेको शब्द जस्तै भन्दै छ । कहिले कही आआ भने जस्तो गर्छ हामी ठान्छौं आमा भन्न लागेको छ । आपा आपा भने जस्तो गर्छ हामी ठान्छौं आप्पै भन्यो ।
धेरै समय उसलाई चित्त बुझेन भने रुन्छ । रुवाई प्रष्ट छ अरु त के हुनु ?
साथीभाइ सबै भन्छन् तेरो छोरा सन्तोकी छ । हो जस्तो पनि मस्त खान्छ । वरिपरि वामे सरेर हिड्छ । सुत्छ । दिसा गर्न मन लागे गर्छ । पिसाप मन लागे गर्छ । दैनिकी उस्तै छ । निस्किएको दाँत देखाएर फिस्स हाँस्छ । कहिले कही स्वरै निकालेर पनि हाँस्छ । हामी मख्ख छौं । यस्तै होला बच्चाले बनाउने व्यस्तता ।
एक दिन ऊ रुन्छ । हामी दुध खुवाउँछौं । ऊ दुध खादैन रुन्छ । झन रुन्छ । बोली नआउनेको ईशारा होला । मलाई दुख्यो भनेको होला । आमाले हात टाउकोमा राख्दा अलि कम भए जस्तो गर्छ । पहिलो पटक हामीलाई साह्रै असजिलो भएको समय हो । पहिलो पटकको बाआमा । जान्ने बुझ्ने कोही छैन । विदेशको ठाउँ । के भएको हो । गाउँमा भए धामीझाँक्री खोजिदो हो । आजकाल त सबै वडामा स्वस्थ्यचौकी छ । त्यतै लगिदो हो ।
हामीसँग चीनबाट उत्पादन भएको बेबी केयरको सामान छ । ज्वरो नाप्ने थर्मोमिटर पनि छ । यसो थिच्यो लाईट बल्छ । त्यही आधारमा उसले शरीरको ज्वारो नाप्छ । हाम्रो जमनामा स्कुल पढ्दा देखेको थर्मोमिटर । ताप पढाउँदा कसरी पारो माथी जान्छ भन्ने देखाउन ल्याएका थिए एनकी सरले ।
उनी प्रेत्येक वाक्यमा एनकी भन्थे । तराईका सरका स्टाईल । हामी पहाडका मान्छेलाई त्यही सरको नाम भयो । एनकी सर । तीनै सरले देखाका हुन थर्मोमिटर । के काम लाग्छ ? ज्वरो नाप्न मिल्छ । अरे मान्छेको पनि शरीरमा तापक्रम हुन्छ । अनि नाप्न मिल्छ । पहिलो पटक थाहा भएको हो । धेरै भयो भने सन्चो हुँदैन । त्यो पनि त्यही समय सिकेको हो ।
हाम्रो जमनाको थर्मोमिटर हेर्न सिप चाहिने । दुई तिरबाट हेर्यो पारो देखिदैन । कता हो कता । घुमाउँदै हेरे देखिदो रहेछ । एउटा लाइनमा सेतो घेरा तलमाथि गरिबस्छ त्यही पो रहेछ पारो । थर्मोमिटरमा स्केलको जस्तो लाईन हुन्थ्यो । कति डिग्रीसेल्सीयस, क्याल्भिन, फोरेनहाइट हेर्न मिल्ने रहेछ । एनके सरले पारो देख्यौं भन्थे । म कति पटक राम्ररी नदेखि नै हो सर भन्दिन्थे ।
अहिले चाइनाले बनाको ज्वरो नाप्ने मेसिन सजिलो छ । शरीरमा लाइट परे डिजिटल अक्षरमा देखाउँछ । हामीले छोरोको ज्वरो नाप्यो । एक सय तीन फोरनहाइट छ । बच्चाको ३८ डिग्रीसेल्सीयस वा एक सय फोरनहाइटसम्मको तापक्रम सामान्य हो रे । त्यस भन्दा बढि देखाए के गर्ने ? गुगलमा सर्च हान्यौ । तुरुन्तै डक्टरलाई देखाउनु ।
रातको समय छ । कता लैजाने ? हामीले रेगुलर देखाउने अस्पताल अलि टाढा छ । आफूसँग सवारी साधान पनि छैन । ट्याक्सीमा कता कता डुलाउने । साथीभाइलाई पनि फोन गरियो । सल्लाह सुझाब मागियो । चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्दिनु । साथीहरुले सल्लाह दिए । के हुन्छ ज्वरो कम हुन्छ ?
कोरोनाले दुनियाँ बिपदमा छ । छोरोलाई ज्वरो आएको छ । डरले थुरथुर छौं । कतै हामीलाई लागेर सिमटम नै नदेखाएर छोरालाई सर्यो कि ? हामीलाई ज्वरो छैन । होइन होला ।
रातको १२ बजे तिर रुदै रुदै छोरो सुत्यो । भोलिपल्ट विहान ज्वरो कम भएछ । हामीले नजिकैको अस्पताल लग्यो ।
डक्टरले सोधे बाआमालाई ज्वरो छ ?
छैन ।
एक हप्ता अघि तिर थियो ?
थिएन ।
ल यो औषधी लगेर खुवाउनु । ठीक भएन भने फेरी आउनु । डराउनु पर्दैन ।
अस्पतालमा बच्चा बिरामीका लाईन छन् । उसले तीन मिनेट पनि एउटा विरामी बच्चालाई हेर्दैन । हामी उसैको भरमा छौं । बच्चाले राम्ररी खाना खान्छ । खेल्छ भने नडराउनु । औषधी खुवाउनु ।
औषधी खुवाउँदा ज्वरो घट्यो । खेल्यो । अलि अलि खाने कुरा खायो । ठीक भएछ भन्ने लाग्यो । राति फेरी ज्वरो बढ्यो । नापेको एक सय तीन डिग्री देखाउँछ ।
राति अबेर हुँदा पनि सुत्न मानेन । कहिले आमा तिर हेरको छ रोएको छ । कहिले मलाई हेरेको छ रोएको छ । आँखाबाट आशुका ढिक्का झरेका छन् । सन्तानका रुवाईले बाआमालाई रुवाउने रहेछ । उसले भनेको होला । तिमीहरु बाआमा हौ । राम्रो ठाउँमा लगेर उपचार गराउनु पर्दैन ? बोली नआएको बच्चाको भाषा नै रुनु हास्नु त रहेछ । बाआमाले बुझ्नु पर्ने रहेछ रुवाईको अर्थ । मलाई दुख्यो । अलि ठीक हुने औषधी दे । छोरोले रुदै यही भनेको होला ।
भोलिपल्ट नजिकको ठूलो अस्पताल गइयो । कोरियाली सरकारको कोरोना विरुद्धको कडा नीति । रेगुलर चेक नै गर्ने नीति छैन । चेक गराउन कोरोना टेस्ट गरेर भोलीपल्ट आउनु रे । छोरालाई तत्काल चेकअप गर्नु छ कताको भोली । आजै गर्ने हो भने पनि इर्मेजेन्सीमा जानु अरे । त्यसमा पनि एक जना मात्रै बस्न मिल्ने । नत्र हुँदैन रे । नीति नै यस्तो भए पछि के गर्ने ? थुक्क जिन्दगी । झन्डै डेढ घन्टा ट्याक्सी चढेर पुगेको ठूलो अस्पतालको पनि ताल आएन । अब विकल्प अर्को सानो बच्चाहरुको क्लिनिक जाने । उसले पनि हिजोकै डाक्टरले जस्तो यसो हेर्यो । प्रश्न उही सोध्यो । हामीले उत्तर त्यही दियौं । उसले हिजोको डक्टरले दिएको औषधी हेर्यो । यो भन्दा यो ठीक छ । खुवाउनुस् केही हुँदैन ।
पहिलो बच्चा हो ?
हो ।
नडराउनुस् सामान्य भाइरल हो ।
कसरी नडराउनु बेलुकी १ सय ३ फोरनहाइट थियो ज्वरो ।
यो औषधी खुवाउनु ठीक भएन भने फलोअप आउनु ।
बेलुकी ज्वरो त्यति हिजोको जस्तो धेरै भएन । अब कम हुन्छ । भोलीपल्ट विहानै यताउता हिड्यो । बामे सर्यो । ज्वरो नापेको ३८ डिग्रीसेल्सीयसमा झरेछ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...