Advertisement
SKIP THIS

NRNA कोरियाद्वारा सञ्चालन गरिने श्रमिक – विद्यार्थी हेल्प डेस्क कार्यालयको उद्घाटन


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरुका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आइतबार भौतिक र भर्चुअलरुपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा हेल्प डेक्सको उद्घाटन गरेका हुन् । विपिन गुरुङ नेतृत्वको एन आर एन एले हेल्प डेस्कलाई सञ्चालनमा ल्याएका हुन्।

सरकारले गर्नु पर्ने काम एनआरएनएले गरेको भन्दै मन्त्री भण्डारीले प्रशंशा व्यक्त गरे । एनआरएनएसँग मिलेर काम गर्न सरकार सदैव तयार रहेको उनको भनाइ थियो । उनले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सृजनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रष्ट पारे । सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरुपता र सहज बनाउनका लागि ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधान गर्नका लागि पाइलट प्रोजेक्ट चाँडै सुरुहुने समेत बताए ।

कार्यक्रमका गैर आवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आइसीसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए ।
‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई बिषेश र फराकिलो ढंगले काम गर्न लागि रहेका छौं । यसको परिणाम अवको केह दिनमै तपाईंहरुले देखिहाल्नुहुने छ,’ उनले भने । फरक प्रसंगमा अध्यक्ष श्रेष्ठले एनआरएनए भित्रको विभाजन, अन्यौल्ता र केहि कानुनी कुराहरु अब सम्मानित शर्वोच्च अदालतले चाडै टुङगाउने आशा व्यक्त गरे ।

एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्व सदस्य विनोद कुँवर, कोरियास्थित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, पत्रकार, विद्यार्थी, श्रमिक लगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो ।

दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्युनिकरण गर्न यो हेल्प डेस्कको सुरुवात गरिएको अध्यक्ष विपिन कुमार गुरुङले बताए । हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ ।

अनौपचारिक रुपमा सुरुवात भएको केहि दिन अगाडि बाटनै हेल्प डेक्समा दुई दर्जन भन्दा बढि श्रमिक विद्यार्थीका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानको लागि निरन्तर प्रयास भएको तथा केहि समस्या समाधान भएको पनि बताइएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जित कुँवरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव अजय सोडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • गोरखा परिवार दक्षिण कोरियाको नयाँ नेतृत्वमा देवी गौतम
  • NRNA कोरियाद्वारा सञ्चालन गरिने श्रमिक – विद्यार्थी हेल्प डेस्क कार्यालयको उद्घाटन
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...