सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न


गत शनिवार किरात राई यायोख्खा दक्षिण कोरियाको साहित्य विभागको आयोजनामा दोङदेमुन स्थित निक ट्राभल्सको सभा हलमा सुम्निमा पारुहाङ साहित्य साँझ -१ सम्पन्न भएको छ । कार्यक्रममा झण्डै तीन दर्जन बढी कविता गजल र मुक्तकहरू बाचिएका थिए। सुनिल दिप्त राई, सुष्मा रानाहँमा, विष्णु सन्यास, अजित उत्सव, जीवन खत्री, शकुन आँसु, मातृहाङ नेम्वाङ, विनेश राई ‘मिन्जाई’, बलिन्द्र योङ्हाङ, नरेन्द्र मलिमलाल लगायतले कविता सुनाएका थिए । हेयारी बोण्ड, आर एन अधिकारी, सञ्जय, दिपक स्पन्दन, अर्जुन साम्पाङ ,टिएस राई, बिराज येक्तेन, अर्जुन लिम्बु लगायतले गजल मुक्तकहरू सुनाए ।

कवि तथा समालोचक तथा याक्थुम चुम्लुङ लेखक संघका महासचिव, बलिन्द्र योङहाङ, अनेसास कोरियाका अध्यक्ष ह्यारी बोण्ड, नेपाली मुक्तक प्रतिष्ठान, कोरियाका अध्यक्ष आर एन अधिकारी, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष बिसन राई, आयोजक संस्थाका संरक्षक तथा संस्थापक सल्लाहकार शेसेहाङ राई र लोचन राई बाट कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए।

आफ्नो समदाय, पहिचानको अस्तित्वको लागि कलम चलाई रहेका कवि शकुन आँसु, कवि सुनिल दिप्त राई, कवि कथाकार दिलिप बान्तवा, कवि विनेश राई ‘मिन्जाई’, पत्रकार तथा लेखक बाला थुलुङ, तथा समाजसेवी न्यूहाङ चाम्सलाई सम्मानपत्र सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टाहरूलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका कवि तथा इतर अभियानका शिर्षविन्दु पराजित पोमुले कार्यक्रममा वाचन गरेका कविहरुको कविता माथि टिप्पणी समेत राखेका थिए । साहित्य बिभाग प्रमुख संयोजक सुष्मा रानाहँमाले कार्यक्रमबारे बोल्दै जातिय संस्था भए पनि आम नेपाली समुदायको कविहरुको उपस्तिथिले साहित्यिक कार्यक्रम गर्नुको उद्देश्य सफल भएको बताइन् । तीन घण्टा चलेको कार्यक्रमलाई कवि दिपा मेवाहाङ राईले सञ्चालन गरेकी थिईन । कार्यक्रममा सभापति किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पदम राईले यस्ता साहित्यिक कार्यक्रमहरु अन्य भागहरुमा फेरि आउने बताउदै कार्यक्रम समापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...