तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कर बुझाउने अन्तिम मिति

ठूलो घरमा अचेल अन्धा मान्छेहरु हिसाब गरीरहेछन् रे टाउकाहरुको। पहाड माथि हलो जोतेर अन्न उब्जाउने त्यो माने दमाईले आफ्नो आङ ढाक्न सकेको छैन छिमेकीको छोरो विद्यालय जाँदा मनमा ढुङ्गा ठडाएर उस्ले आफ्नो छोरोलाई हलो जोत्न सिकाई रहेछ भोलिको दिन आधीपेट पनि नभरेला भन्ने चिन्ताले। सकुन हजुर आमा अरबमा छोरो मरेको समाचार कसैले उल्टो सुनाई दिएकोले झुपडिमा दुई माउ कुखुरी चार बचेरा चल्ला छोप्दै छोरोको पैतलाको पदचाप कुरिरहेछ। जनयुद्धमा बन्दुकले निलेकाफुर्सदमा

ओ! प्रीय राष्ट्रियता!

समयको ज्वारभाटाले छाती पोलेपछि आनन्दपूर्वक बाँच्न छोडेको छु अचेल, हरेक स्वप्नहरु दूर भन्दा दूर भागिरहेका छन्। गिदि दौडन खोज्छ सडकहरुमा, ओ! प्रीय राष्ट्रियता तिमी चाहिँ गुराँसको फुलमा झुन्डेको शितको वुँद भएर बसिरहेका छौ । चन्द्र र सूर्य कहिले झुल्केन यो पाटे बस्तिमा जसरी राष्ट्रिय झण्डामा झुल्किन्छन्, आनन्दको धून कहिले बजेन यो सुदूर गाउँमा जसरी बज्छ राष्ट्रिय गीतमा, वैशको सौर्न्दर्य लिएर फुलेन गुराँस यो अभेग भीर पहरामा जसरी शिरमा सिउरेर हिड्छनफुर्सदमा

घोप्टो आकाश मुनी उतानो धर्ती माथिको रङ्गमञ्चमा अभिनय गरिरहेको (म) न नायक हूँ न कलाकार न गायक हूँ न रचनाकार न कवीकार न गजलकार बस्! समयको हुण्डरी भित्र घुलमिल भई घाटको दूरी घटाई रहेछु। (कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।)

बाटो र पाइला

हिडदै जादा- दुई बाटोहरु जोडिएर एउटै बनेको मुलबाटोमा तिमी र मेरो भेट भएथ्यो । तिमि मुस्कुरायोउ बताश तिम्रो `रपुन्जेल´ कपाललाई छोएर मेरो मन हुँदै – सुस्तरिसुस्तरि बहिदियो र चुम्बकीय आकर्षण झै यो मौन चेहेरा तिमिजस्तै खुब मुस्कुरायो ! केही पाइलाहरु हामीले सँगसँगै हिडेपछि दोबाटोले हामीलाई छुट्टयायो । तिमी र म दुई बाटोहरु भएर हिड्यौ ! हिड्नु जिन्दगी हो र हिड्न बाँकि बाटोहरुले फेरि हामीलाई भेटाउनेछ भन्ने लागिरहन्थ्यो । आज हिड्दाहिड्दै-फुर्सदमा

“मध्यरातको जून र सागरको गडगडावट”

हिजो,राती मैले समुन्द्र तड्बन्धन नजिक अनौठो दृश्य देखेर र नजिक तिर गएँ। सागर चिच्याइरहेको थियो, उफ्री उफ्री गड्गडैरहेको थियो । म ठिङ्ग उभिएँ जो देखेर सागरले मलाई भन्यो ए , मानब ! यो धर्तिमा म कती स्वच्छ भई बहनु खोज्दा पनि सबै मान्छेहरुले मेरो शरीरमा फोहोर फाली दिन्छ डुङ्गा, डल्फिनहरु मेरो छाती माथि,परेड खेल्छन् थाकेर मध्यरातमा निदाइरहेको बेला जून आई मलाई सम्भोग गर्छ, फोर प्ले गरी चरम उत्कर्षमा पुर्याइ दिन्छफुर्सदमा

कोरियाको अस्पतालमा अन्तिम बिदाइका हात हल्लाउदा ..

काम गर्दा गर्दै ‘बसन्ती’को आधा दर्जन फोन आएछ । कामको हतारो सगै मेसिनको चर्को आवाजले गर्दा फोन आएको मेसो पाइन । निर्जिब मेसिनहरुका बिचमा बसे पछि फोन त के दुई चार रेक्टरको पराकम्पनहरु गए पनि पत्तो पाइन्न ।शौचालय जाने समय मिलाएर कल ब्याक गरे ।कोरियन भाषा सगै टुटेफुटेका केही अङ्ग्रेजी मिसाउदै ‘बसन्ती’ रुन लागी । रुवाइ मिसिएको बोलिमा के भन्न खोजेको हो खासै भेउ पाइन । दिउसै सोजु लाग्यो किफुर्सदमा

फर्किदै छु जन्मघर

बाँकी रगत र आँशुहरु अबदेखी यिनै खोलाहरुमा बग्ने ईशारा गर्दै, बाँकी मुस्कान र सपनाहरु अबदेखी यिनै फूलपातहरुमा बाँंच्ने आशा गर्दै- यो पर्यटक जिन्दगी फर्की जाँदैछु ! बाँकी धुन र आलापहरु ठूलो पहाड, नदि, जंगल र समुन्द्रद्वारा बोलिरहने बाचा गर्दै, बाँकी श्वास र परेलाहरु यिनै छितिजको आँखामा पवनबाट झिम्क्याई रहने प्रण गर्दै यो घुमन्ते जिन्दगी फर्की जाँदैछु !! ~ नाँच्दाखेरी कतिचोटी साथीसंङ्गिको खुट्टा कुल्चिएर हिड्दाखेरी आफैलाई हुर्काउने हिमाललाई टेकेर फूल्दाखेरी गमलाफुर्सदमा

नरोजेका बाटाहरू

सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आˆनो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शान्त पार्नुपर्ने आवश्यकता नैफुर्सदमा

जय भोलि

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ । मानिस जतिजतिफुर्सदमा

नयाँ बर्ष

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक……ट्वाक……..ट्वाक……..ट्वाक निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार पारेर बेमौसमको बर्षात बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहर हैजे पानी पिएर ट्वाँ सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन् हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु मध्यान्ह दिन चर्को घाम सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन् फेरि एकचोटि नयाँफुर्सदमा

ताजा अपडेट

ईपिएस

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...