तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत

अगस्ट २४/ सौल
तमू धीं दक्षिण कोरियाको ११ औँ महाधिवेशनले तेज बहादुर गुरुङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। आज दोङ्देमून स्थित सेमाउल हलमा भएको अधिवेशनले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ।
यसैगरी नयाँ समितिको प्रथम उपाध्यक्षमा याद बहादुर गुरुङ र उपाध्यक्षमा सवनम गुरुङ ,सरोज गुरुङ , रेशमलाल गुरुङ र जमन सिंह गुरुङ लाई लाई चयन गरिएको छ । महासचिवको जिम्मेवारी सुनिल गुरुङलाई दिइएको छ भने , सचिवमा सन्तोष गुरुङ र लिलू गुरुङ लाई चयन गरिएको छ। यसैगरी कोषाध्यक्षमा उर्मिला गुरुङ र सह कोषाध्यक्षमा सृजना गुरुङ रहेका छन्। सदस्यहरुमा रन्जित गुरुङ, कृतिका गुरुङ , चन्द्र बहादुर गुरुङ , प्रभा गुरुङ , मनोज गुरुङ, दिल्ली गुरुङ, भुवन गुरुङ र सरोज गुरुङ रहेका छन्।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विधा मार्फत संस्थालाई सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको थियो। यसैगरी तमू धीं कोरियाको आजिवन सदस्यहरुलाई सदस्यता पत्रपनि वितरण गरिएको थियो।
आफू गुरुङ समुदायको न्युन जनसंख्या भएकोक्षेत्रबाट आएर संस्थामा जोडिन पाएकोमा गर्व गर्दै संस्थालाई योगदान गर्ने अग्रजहरुलाई निवर्तमान अध्यक्ष रुपा गुरुङले धन्यवाद व्यक्त गरेकी थिइन्। अधिवेशनमा बुसान तथा थेगु शाखा साथै विभिन्न जातिय, राजनैति संगठन, क्षेत्रीय संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो।