Advertisement
SKIP THIS

कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन


कोरियामा रहेका कवि पराजित पोमूको कविता संग्रह ‘मद्धारा मेरो निर्माण’ विमोचन भएको छ । आइतबार भएको विमोचित कविता संग्रहमा ३८ वटा कविता संग्रहीत छन् ।
तीन वटा खण्डमा बाँडिएको पुस्तकमा विचार, जीवन भोगाई र दर्शनलाई छोएर लेखिएका कविताहरु रहेका छन् । फिनिक्स बुक्सले प्रकाशन गरेको ‘म द्धारा मेरो निर्माण’को कवि मोमूको दोस्रो कविता संग्रह हो । यस अघि उनले ‘लेप्मुहाङको डुङ्गा’ नामक कविता संग्रह प्रकाशन गरेका थिए ।
पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ कोरियाका कार्यवाहक अध्यक्ष बिशन राईले आदिवासीहरुको आवाज कवितांश भएर आउनु सकारात्मक भएको बताए । इतार अभियान र आदिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण कोरियाको आयोजित पुस्तक सार्वजानिक तथा परिचर्चामा वक्ताहरू केरुङ हाङसेङ, जीवन खत्री, शकुन आँसु, विष्णु सन्यास, ह्यारी बोण्ड, आरएन अधिकारी, सुष्मा रानाहँमा, सेसेफुङ, दिपा मेवाहाङ राईले कृति माथि चर्चा, सुझाव र त्रृटि बारे सुझाए । साथै कृतिको एक–एक कवितासमेत वाचन गरेका थिए ।
कवि पोमूले वक्ताहरूले दिएको सुझावलाई धन्यवाद दिदै पुस्तकमाथिको टिप्पणीलाई सकरात्मक रूपमा बुझिदिनु अनुरोध गरे । त्यस्तै कविताहरूमा पहिचान मुद्धा र सिमान्तकृतको आवाज बोलेको जनाकारी दिए । त्रृटिपूर्ण शब्द र सम्पादनलाई आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
इतर अभियान नामक साहित्यका अभियन्ताका रुपमा समेत रहेका कवि पोमूलाई सम्मान समेत गरिएको थियो । पुस्तक सार्वजानिक तथा परिचर्चामा कार्यक्रमको सभापति कवि सुष्मा रानहँमा गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...