Advertisement
SKIP THIS

दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने


नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ ।  आगामी सेप्टेम्बर  १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ ।

मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष  तुला घरतीमगरले फोनिज कोरियालाई  जानकारी दिएका हुन् ।  

“प्रदर्शन बाट प्राप्त रकम मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ प्रयोग गरिनेछ ।” अध्यक्ष  मगरले बताए । “सामाजिक उदेश्यले गर्न लागेको यस् वृत्तचित्र प्रदर्शनमा हेर्न नभ्याउने टाढा टाढा रहेका सबैले टिकट लिई सहयोग गर्नुहोला ।” उनले अनुरोध गरे ।

पूर्वी रोल्पाको ससुनछहरी गाउँपालिका ७ जेल्बाङको फलामखानी माथिको कथा वस्तुमा बनाएको यस् वृत्तचित्र मगर जातिको पुर्खौली पेशा खानीमा आधारित रहेरको जनाएको छ ।

वृत्तचित्रमा कथा हाल दक्षिण कोरियामा नै रहेका कवि विष्णु पुन सन्नयासको रहेको छ । निर्देशन भने अनिल बुढा मगरले गरेका छन् । निर्देशक मगर आदिवासी फिल्म फेस्टिवल अमेरिकाबाट ३ उत्कृष्ट पुरस्कारद्वारा सम्मानित भैसकेको छ ।

विमर्श कार्यक्रमका लागि वक्ताको रुपमा निर्देशक अनिल बुढा मगर दक्षिण कोरिया आउने जनाएको छ । कार्यक्रमलाई सहजीकरण भने नवीन सारु मगरले गर्नेछ ।

वृत्तचित्र आग्रेको ३९ देशको फिल्म फेस्टिबलहरुमा प्रदर्शन भाईसकेको छ । साथै दर्जनभन्दा बढी पुरस्कारबाट सम्मानित समेत भएको जनाएको छ ।

कार्यक्रम:

मिति : १० सेप्टेम्बर २०२३

समय : मध्यान्ह १२:०० बजे

स्थान : 수원시  팔달구 행궁로88번지

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...