कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय

तुल्सी पुन मगरलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा कम्पनी मालिक र टोली प्रमुख दोषि ठहरिका छन्। आज मोक्पो अदालतले दुवैलाई दोषि ठहर गरि फैसला सुनाएको छ। अदातलले बङुर फर्म मालिकलाई २ बर्ष जेल सजाय र १० लाख वोन जरिवाना अनि टोलि प्रमुखलाई ८ महिना जेल सजाय गर्ने फैसला तोकेको प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईले जानकारी गराएका छन्।
गत फेब्रुअरीमा मगरले आत्महत्या गरेको थियो त्यसपछि एमटियूले कम्पनी मालिक र टोली प्रमुख विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो। कोरियामा नेपाली टोली प्रमुखले नयाँ श्रमिकलाई काममा पेल्ने, अनावश्यक मानसिक यातना दिने गुनासो सुन्ने गरेको पाइन्छ।
MTU अध्यक्ष उदय राईको फेसबूक स्टाटस
गत फेब्ररि महिनामा यङाम (영암)स्थिति बङुर फर्म मालिकको सताई कुटपिटको कारण तुल्सि पुन मगर आत्माहत्या गर्न बाध्ये भएको थियो। आत्माहत्या गर्न बाध्ये गराउने दोषि फर्ममालिक र मतियार टोलि प्रमुखलाई कडा सजायको लागि अदालतमा एमटियुले मुद्दा दायर गरेको थियो।त्यो मुद्दा उपर आज अगष्ट २० मा मोक्पो अदातलले बङुर फर्म मालिकलाई २ बर्ष जेल सजाय ,१० लाख वोन जरिवाना अनि टोलि प्रमुखलाई ८ महिना जेल सजाय गर्ने फैसला गरेको छ ।लामो दबाब मुलक गतिबिधिको कारण मालिक र टोलि प्रमुख कानुनि सजायको भागिदार बनेकोछ्। कार्यस्थल परिबर्तन लगायत सबै अधिकार कारखाना लगायतको मालिकलाई दिएको कारण प्रवासि श्रमिक ले मालिकको अभद्र ब्याबहार ,कुटपिट भोग्न ,नजुक कार्यस्थलमा काम गर्न ,भेदभाब भोग्न ,आत्माहत्या गर्न बाध्ये छन्।मलिकले त सताउने गर्छ नै त्यसमा पनि आफ्नै सहकर्मिले (प्रवासि श्रमिकले प्रवासि श्रमिकलाइ नै )सताउने ,कुटपिट गर्ने ,हेप्ने गरेको छ्। जजस्ले यस्तो गैर कानुनि गतिबिधि गर्दै हुनु हुन्छ यो गतिबिधि गर्न बन्द गर्नु होला । नत्र तपाईहरु ले पनि कानुनि सजाय भोग्नु पर्ने हुन्छ ।प्रवासि श्रमिक बिभाजित हुने होइन सबै एक जुट हौ । सेप्टेम्बर २१ तारिक आईतबार २ बजे MTU ले सउल श्रम बिभाग कार्यलय अगाडि गर्ने प्रवासि श्रमिक राष्टृय जुलुसमा सबै सहभागि हौ ।