Advertisement
SKIP THIS

उत्तम खजुम

 

पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न

पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रम सम्पन्न गरेको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि दोङ्देमुन स्थित गोर्खा ग्रील्सको सभा हलमा आयोजना गरिएको थियो। तिहार विशेष कार्यक्रममा विभिन्न नेपाली परिकारहरु राखिएका थिए। रात्रीभोज सँगै अन्तमा सामूहिक देउसी भैलो समेत खेलिएको थियो।एम टि यू अध्यक्ष उदय राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना आदानप्रदान एवम् विशेष देउसी भैलो कार्यक्रममाफुर्सदमा


गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त

बिपिन गुरुङ नेतृत्वको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले महासचिव पदमा नरेश शर्मालाई नियुक्त गरेको छ। तत्कालिन महासचिव अजय सोडारी कोरिया बसाईलाई बिट मारि स्वदेश फर्किएपछि उक्त पद रिक्त रहेको थियो। यसैगरि सचिवमा अनन्त आचार्य यूवा संयोजकमा खगेन्द्र जोशि र सदस्यमा सञ्जीव जंग कार्कीलाई चयन गरेको छ।   अक्टोबर २५ तारिख दोङ्देमुन स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिक्त पद पदपूर्तीको जानकारी साथै हेल्प डेस्क सञ्चाल अघि र पछि संस्थाले गरेका सामाजिक कार्यहरु सार्वजनिक गरिएको थियो। कार्यक्रममा आर्थिक आयव्यव समेत प्रस्तुत गरिएको थियो। वरिष्ठ उपाध्यक्षले बाहिर आएको आर्थिक अपचलनकोफुर्सदमा


सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा

तमू धीं दक्षिण कोरियाले चलचित्र ‘रिमै’ प्रदर्शन गर्ने भएको छ। चलचित्र नोभेम्बर २ तारिखका दिन दिउसो १२ बजेदेखि दोङ्देमुन स्थित 종로구민회관 को हलमा प्रदर्शन हुनेछ। दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट हिँडेरै हलसम्म पुग्न सकिने छ। संस्थाले “अक्षयकोष स्थापना गरी नेपालमा गरीब तथा जेहन्दार तमू बिधार्थीहरुलाई आर्थिक सहयोगार्थ” चलचित्र प्रदर्शन गर्न लागेको अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन्। तमू जातिको संस्कार र संस्कृतिमा आधरित चलचित्र “रिमै” मा एक दशक पछि दर्शकले कलाकार दयाहाङ राई र रिश्मा गुरुङलाई एकसाथ देख्न पाउनेछन्। चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय हेर्न सकिने छ। उपेन्द्रफुर्सदमा


एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित

  एभरेस्ट एफ सीले आयोजना गर्न लागेको एभरेस्ट कप स्थगित हुने भएको छ। छोटो समयमा तयारी गर्न कठिन भएको साथै दर्ता टिम पनि न्युन (१५ टिम) रहेकोले प्रतियोगिता आयोजना गर्न नसकिने अध्यक्ष राजु लिम्बूले जानकारी गराएका छन्। प्रतियोगिता अक्टोबर २६ तारिख ख्यङ्साङबुक्दोको गुमीमा आयोजना हुन लागेको थियो। यस प्रतियोगितालाई आगामी मे २४ तारिख आयोजना गरिने पनि जानकारी दिएका छन्। अहिले प्रतियोगिताको तालिका खालि नभएको र कोरियामा जाडो बढेका कारण अर्को महिनादेखि फूटबल नै स्थगित हुने भएकोले अर्को वर्षको मे महिनाको २४ तारिख आयोजना गरिने मिति तय भएको बताएका छन्। तोकिएकोफुर्सदमा


गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त

  गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले अजय सोडारी (पूर्ण वहादुर वुढा) लाई महासचिवको जिम्मेवारीबाट तत्काल प्रभावका साथ बर्खास्त गरेको छ। संस्थाले अध्यक्ष विपिन गुरुङको हस्ताक्षर रहेको प्रेस विज्ञप्ति जारी यो विषय जानकारी गराएको हो। “संघको कार्यसमितिद्वारा २०२५ अक्टोबर १६ मा श्री अजय सोडारी (पूर्ण वहादुर वुढा), महासचिवलाई हाल सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा चर्चित गतिविधि र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। सो पत्र प्राप्त भएको २४ घण्टाभित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिइए तापनि तोकिएको समयसीमा भित्र स्पष्टीकरण नआएको कारण उक्तफुर्सदमा


नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण

दक्षिण कोरियामा रहेका दुई राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता भएको छ। अक्टोबर १९ आइतवार दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा एकता घोषणा सभा आयोजना गरी नेकपा(माओवादी केन्द्र) को प्रवास संगठन र नेकपा एकीकृत समाजवादीका प्रवास संगठन एक भएका हुन् । अहिलेका लागि संगठनको नाम ‘ नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया’ नै रहने भएको छ। पछि पार्टी केन्द्रको थप बहस, छलफल र सर्कुलरबाट नाम टुङ्गो लगाउने बताइएको छ। यि दुइ संगठन लामो छलफल र वार्तापछि आपसी उच्च सम्मानका साथ समान अधिकार र समान आधारमा एकिकरण भएकोफुर्सदमा


एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै

  एभरेस्ट एफ सीले एभरेस्ट कप आयोजना गर्ने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगिता अक्टोबर २६ तारिख ख्यङ्साङबुक्दोको गुमीमा आयोजना हुनेछ। यस प्रतियोगिताको विजेताले ४० लाख र दोश्रो हुनेले २० वन पुरस्कार साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट खेलाडी, गोल किपर, मिडफिल्ड, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्ट्राइकरले पनि १/१ लाख वन पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागिता जनाउनालाई ४ लाख वन इन्ट्री फी तोकिएको छ, अक्टोबर १८ तारिखसम्म टिम दर्ता हुनेछ भने अक्टोबर १९ तारिख दोङ्देमुन  स्थित न्यु कटेजमा टाइसिटका लागी ड्रफुर्सदमा


पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै

पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका कार्यबाहक अध्यक्ष डम्बर बिक्रम मुखियाले जनाएका छन्। निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ। कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना आदानप्रदान एवम् विशेष देउसी भैलो कार्यक्रममा उपस्थित भइदिनफुर्सदमा


नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन

  कोरियाको महान चाड छुसकको अवसरमा मैत्रीपूर्ण तेक्वान्दो खेलको प्रदर्शन गरिएको छ। अक्टोबर ५ आइतबारका दिन दक्षिण कोरियाको गाङ्नाम स्थित कुक्किवनमा कोरिया र नेपालको मैत्रीपूर्ण तेक्वादो प्रदर्शन गरिएको थियो। केङमिन विश्वविद्यालयको प्रदर्शन टोलीको खेलको कौशलता प्रदर्शन गरेका थिए। नेपालको प्रतिनिधित्व गर्दै नविना बुढाथोकी मगरले सहभागी नेपालीहरुलाई आधारभूत तेक्वान्दो कला सिकाएकी थिइन्। नेपाल र कोरियाको मित्रतालाई थप गाढा बनाउँदै साँस्कृतिक मेलमिलापको लागि तेक्वान्दो प्रस्तुत गरिएकोआयोजकले जनाएको छ। तेक्वान्दो कार्यक्रम कोरियाली एकीकृत शिक्षा परामर्श विकास संस्थान (주)한국통합교육상담개발원द्वारा आयोजना गरिएको थियो। तेक्वान्दो प्रदर्शन पश्चात पाँचथर सांगितिक सौगात मार्फत विभिन्न साँस्कृतिक प्रस्तुती साथै सुजनफुर्सदमा


नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने

  दक्षिण कोरियामा रहेका दुइ राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने भएको छ। एकता घोषणा अक्टोबर १९ तारिख दोङ्देमुन स्थित सेमाउल हलमा गरिने भएको छ। अक्टोबर ६ तारिख संयुक्त पत्रकार सम्मेलन आयोजना गरि एकता हुने जानकारी गराएका थिए। सञ्चारकर्मीको प्रश्नमा दुवै संगठनबाट यो एकता केन्द्रबाट निर्देशन नभएर एकताका लागि विद्रोह जस्तै भएको जवाफ दिएका थिए। नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादीको प्रवास संगठन र प्रवासी नेपाली एकता मञ्च एकपा एकिकृत समाजवादीको प्रवास संगठन हो। यि दुइ संस्थामा क्रमश जीवन खतिवडा र राजु राई नेतृत्वमा छन्।फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...