Advertisement
SKIP THIS

उत्तम खजुम

 

दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया

  कोरियाको इक्सान शहरमा ‘दोश्रो नेपाल सुपर कप’ को सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष ब्रो तमुले जानकारी दिएका छन्। नोभेम्बर १६ तारिख नेपाल फूटबल महासंघले प्रतियोगिताको आयोजना गर्दैछ। प्रतियोगिताको बिजेताले ५० लाख वन दोश्रो हुनेले २५ लाख वन , सेमिफिनालिस्टले ५ लाख वन र अनुशासित टिमलाई १ लाख वन प्रदान गरिने छ। साथमा मेडल ट्रफ्री र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट खेलाडीले १ लाख वन र अन्य विधामा उत्कृष्ट हुनेहरुले पनि १/१ लाख वन प्राप्त गर्नेछन्। उक्त दिन महिलाका लागि पनि फुटसल टुर्नामेन्ट आयोजना हुनेछ। महिलाका लागि भने इन्ट्रीफुर्सदमा


नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै

कोरियाको सुवन शहरमा चलचित्र “मैझारो” प्रदर्शन हुने भएको छ। भोजपुर परिवार दक्षिण कोरिया को कोष अभिबृद्धी गर्ने उदेश्य सहित नोभेम्बर १६ तरिक सुवनको मेगाबक्समा चलचित्र प्रदर्शन गर्न लागेको हो। चलचित्रको अग्रीम बूकिङ पनि खुलेको हुनाले 010-5035-5831 मा सम्पर्क गरेर सिट सुरक्षित गर्न सकिने छ। चलचित्र दिउँसो १२ बजेदेखि प्रदर्शन हुने आयोजकले जनाएको छ। सुवन स्टेसनको गेट ११ बाट हिँडेर वा गेट ९ बाट ११,१३,३५,४६ नम्बरको बस चढेर 팔달문 स्टपमा ओर्लिएर हल पुग्न सकिने छ। चलचित्रमा नायक धिरज मगर, नायिका मिरुना मगरको मुख्य भुमिका रहेको छ भने सुनिल थापा , विजयफुर्सदमा


चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै

दक्षिण कोरियामा डिसेम्बर ७ तारिख आइतबारका दिन चासोक तङनाम मनाइने भएको छ। उक्त दिन चुम्लुङ कोरिया सौल केन्द्रले चासोक मनाउने भएको हो। यस वर्षको चासोक तङमान दोङ्देमुन स्थित 동대문구 청량리동 774 버지 मा मनाइने छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। चासोक तङनाममा कोरियामा रहेका गायक पेपराज माबोहाङ, भीमसागर मादेम्बा, इन्द्र सम्बाहाङ्फे, मिथुन तुम्बापो र मन्दिरा नेम्बाङको सांगीतिक प्रस्तुति रहनेछ भने केलाङ र धान नाच समेत रहने छ। चासोक सेवा अनुष्ठान गर्ने कार्यक्रम सँगै लिम्बू मौलिक परिकार याङ्बेन, तिते,फुर्सदमा


नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष

विश्वका आदिवासी जनजाति एक हौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९औँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट शुभराज भोम्जन निर्विरोध रूपमा अध्यक्ष पदमा चयन भएका छन्। नोभेम्बर ९ आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा महाधिवेशन सम्पन्न भएको थियो। नव निर्मित समितिको वरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू र उपाध्यक्षमा पूर्ण बहादुर पुन चयन हुँदा सचिवमा राम प्रकाश चौधरी कोषाध्यक्षमा गंगा पुन मगर, सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन रहेका छन्। नव गठित समितीलाई निर्वाचन मण्डलका संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ गराएका थिए। नव–निर्वाचितफुर्सदमा


पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत

  पाँचथर सेवा समाज दक्षिण कोरियाले पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक गरेको छ। आज दोङ्देमुन स्थित गोर्खा ग्रील्सको हलमा एक कार्यक्रम गरि ‘आयव्यय सार्वजनिक ” गरेको हो। संस्थाले छुसकको अवसरमा अक्टोबर ५ तारिख सुजन चापागाई एन्ड द इन्फिनिटी, गायक नोगेन लिम्बू र श्रेया राईको साथमा वृहत सांगितिक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमबाट संस्थाले २ करोड ४१ लाख २६ हजार ३ सय ५८ वन वचत गर्न सफल भएको छ। सो कार्यक्रममा संस्थाले १३ करोड ७१ लाख ७२ हजार ८ सय ८७ वन आय गरेको थियो भने ११फुर्सदमा


कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’

  बहु प्रतिक्षित चलचित्र जारी २ कोरियाको विभिन्न शहरमा आक्रमक रुपले प्रदर्शन हुने भएको छ। बल्क बस्टर चलचित्र जारीको सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रलाई कोरियामा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले वितरणको जिम्मा लिएको छ। चलचित्र जारी २ नोभेम्बर ८ तारिख नोसान र इक्सानमा साथै नोभेम्बर ९ तारिख फाजु, सुवन , बुसान, किम्पो र मोक्पोमा प्रदर्शन हुने भएको छ। यसैगरी जिन्छनमा नोभेम्बर १६ मा प्रदर्शन हुँदैछ भने जोछिवनमा नोभेम्बर २३ मा प्रदर्शन हुने मिति तय भएको छ। अन्य सहर देगु, सौल, आन्सान , ओन्याङ ओन्छन, जेजु, फुयमा भने मिति तयफुर्सदमा


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा

दक्षिण कोरियाको जातीय समुदायको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ तारिख आइतबार हुने भएकाे छ । महाधिवेशन दोङ्देमुन स्थित सेमाउल सभाहलमा दिउँसो १२ बजेदेखि हुने अध्यक्ष विशन राईले जानकारी गराएका छन्।   सन् २००८ मा स्थापना भएको महासंघ कोरियाको पुरानो संस्था मध्यमा पर्छ । अहिले कोरियामा रहेका १२ वटा जातीय समुदायको छाता संगठनको रूपमा हरेका महासंघले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कोरियामा रहेका आदिवासी समुदायलाई उपस्थित भै कार्यक्रम सफ्ल गरिदिनको लागि आयोजकले आग्रह गरेको छ ।


नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’

  नेपालमा प्रदर्शन भैरहेको हिट चलचित्र रिमै कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ। नोभेम्बर २ तारिख तमुधीं कोरियाको आयोजनामा शौल ग्राण्ड शो हुदैँछ भने मुगुक शो पनि नोभेम्बर २ मा नै हुने भएको छ। यसैगरी नोभेम्बर ९ तारिख तमुधीं थेगु शाखाको आयोजनामा थेगुमा र माजन एफ सीको आयोजनामा माजनमा दोश्रो हप्ताको शो हुने तय भएको छ। यसैगरी नोभेम्बर १६ मा छुङ्जुमा छुङ्जु नेपाली समाजद्वारा प्रदर्शन गरिने भएको छ। यसपछि पनि अन्य शहरमा प्रदर्शन गरिने वितरकले जनाएको छ।   तमू जातिको संस्कार र संस्कृतिमा आधरित चलचित्र “रिमै” मा एक दशकफुर्सदमा


कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले कोरियामा रहेको दुइ समानान्तर एनआरएनएबीच एकता हुनसक्ने संकेत गरेका छन्। अक्टोबर २५ मा रिक्त पदमा पदपूर्ती गरिएको जानकारी गराउने कार्यक्रममा उक्त विषयमा उनले खुलेर कुरा राखेका थिए। साथै कार्यक्रममा संस्थामा भएको महासचिव विवाद बारे स्पष्टिकरण, आर्थिक पारदर्शिता र संस्थाले गरेको सामाजिक कार्यको पनि जानकारी गराइएको थियो। सल्लाहकार एवम कोरियामा रहेका संस्थाहरुको पनि NRN एकता बारे सुझावलाई सकारात्मक लिँदै उनले अर्का NRNA अध्यक्ष पार्वती मोक्तानसँग एकल साथै समिती बनाएर एकताको छलफल अगाडी बढाउन सकिने बताएका थिए। यसैगरी उनले दुइ NRNA मिलेर अघिफुर्सदमा


देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले वृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। अक्टोबर २६ आइतवारका दिन ह्वासङ विदेशी कल्याणकारी केन्द्रको हलमा कार्यक्रम आयोजना गरेको थियो। तिहारको झल्को दिएर नेपालको याद दिलाउने उक्त कार्यक्रममा नेपाली मौलिक परिकार सेलरोटी, विभिन्न अचार, तरकारी आदि मिष्ठान्न भोजन रहेको थियो। कार्यक्रममा सानी नानी केल्बिना खत्रीको नृत्यले सबैको मन जितेको थियो। यसैगरी ह्वासङ साँस्कृतिक टोलीले पनि आफ्नो प्रस्तुती दिएका थिए। सामूहिक देउसी भैलो खेलेर माहोल निकै तिहारमय बनेको थियो। अन्तमा द यात्री व्याण्डले आफ्नो नयाँ गीत सहित अन्य नेपाली चर्चित गीतहरु पस्केर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...