नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन हुने भएको छ। महाधिवेशन २०२६ जनवरी ४ आइतवार हुने अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन्। साथै नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ।
नेपाली राजनीतिमा उदाउँदै गरेको ‘जेन-जी’ (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने विश्वास दिलाएका छन्।
प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभव जोड्ने संगम स्थलको रूपमा मनाउने तयारी गरेको छ। 
समितिले महाधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन कार्यतालिका, निर्वाचन समिति, विधान मस्यौदा समिति र विभिन्न क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिहरूको नामावली निम्न अनुसार सार्वजनिक गरेको छ:
१) अधिवेशन कार्यतालिका
महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न देहाय बमोजिमको मिति र समय निर्धारण गरिएको छ:
क) क्रियाशील सदस्यता वितरण (अन्तिम मिति): सन् २०२५ डिसेम्बर १४ (राति १२ बजेसम्म)।
ख) क्रियाशील सदस्यता जाँचबुझ तथा छानबिन: सन् २०२५ डिसेम्बर १७ सम्म।
ग) क्रियाशील अन्तिम नामावली केन्द्रमा पठाउने: सन् २०२५ डिसेम्बर १८।
घ) साधारण सदस्यता वितरण (अन्तिम मिति): सन् २०२५ डिसेम्बर २१ सम्म।
ङ) क्षेत्रीय अधिवेशन: सन् २०२५ डिसेम्बर २८।
च) केन्द्रीय महाधिवेशन: सन् २०२६ जनवरी ०४ (सउल)।
२) निर्वाचन समिति
निष्पक्ष र धाँधलीरहित नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरिएको छ:
संयोजक: डा. ईश्वर धामी
सदस्य: हिरा लामा
(एक जना सदस्य निर्वाचन समितिले पछि मनोनित गर्ने)
३) विधान समिति
संगठनको नीति र नियमलाई समयसापेक्ष बनाउन विधान समिति चयन गरिएको छ:
संयोजक: डा. ज्ञानराज कोइराला
सदस्य: डा. संगिता कार्की
(एक जना सदस्य विधान समितिले पछि मनोनित गर्ने)
४) कार्य विभाजन तथा जिम्मेवारी (क्षेत्रीय अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि)
डिसेम्बर २८ मा हुने क्षेत्रीय अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाइएको छ:
क्षेत्र नं १ (सउल): प्रेम सागर पौडेल
क्षेत्र नं २ (उइजम्बु): प्रकाश थापा, यामु थापा
क्षेत्र नं ३ (इन्छन): सुरेश उप्रेती
क्षेत्र नं ४ (सुवन आनसान): चन्द्र राना
क्षेत्र नं ५ (छनान फेन्तेक): दिल बहादुर मडौ
क्षेत्र नं ६ (थेगु): नविन्द्र दाहाल, गोविन्द अधिकारी
क्षेत्र नं ७ (बुसान): हिमाल पौडेल
क्षेत्र नं ८ (जिन्छन): खेमराज देवकोटा
नेपाली जनसम्पर्क समितिले कोरियामा रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूलाई तोकिएको समयभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिई ‘जेन-जी’ युग सुहाउँदो आधुनिक र गतिशील संगठन निर्माणमा सहभागी हुन हार्दिक अपिल गरेको छ।