युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत आइतवार सम्पन्न अधिवेशनले युविन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वम्मत चयन गरेको छ । प्रवास नेपाली सम्पर्क विभाग राष्टृय स्वतन्त्र पार्टीको प्रवास संगठन हो।
नयाँ समितिको उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्। सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सन्दिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्।
अधिवेशनमा बिभागका प्रमुख डम्बर सुब्बाको अध्यक्षता र रास्वपा केन्द्रिय सदस्य तथा विदेश विभाग उप प्रमुख प्रविन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोरियामा सकृय राजनितिक , सामाजिक संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।